Click here for English version
पृष्ठभुमि
ओरेकले यस निषेधाज्ञाको समयमा ३७१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाएको छ । गएको २ हप्तामा (जेठ १६ देखि जेठ ३१ गते सम्म) १७१ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याँकले देखाएको छ ।
यस अवधिमा संकलन भएका हिंसाका घटना मध्ये ७३ जना महिला/बालिका/किशोरी बलात्कार भएको पाइएको छ, जसमध्ये ३ वटा सामूहिक बलात्कार र १ वटा बैवाहिक बलात्कार रहेका छन् ।
बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरु मध्ये सबै भन्दा बढी ३६ प्रतिशत (२६ जना) महिला तथा बालिका छिमेकीबाट बलात्कृत भएका छन् भने १९ प्रतिशत (१४ जना) बलात्कारका घटना आफ्नै परिवारका सदस्यहरु ( जसमध्ये ५ वटा बुवावाट, १ वटा मामाबाट, २ वटा ससुराबाट, १ वटा जेठाजुबाट र ५ वटा परिवारका अन्य सदस्यबाट) बाट भएको तथ्याँक अभिलेखीकरण गरिएको छ । यसैगरी १४ वटा प्रेमी ठानिएका व्यक्तिवाट, १ वटा शिक्षकबाट र १८ वटा घटना अन्जान व्यक्तिवाट भएको पाइएको छ ।
अभिलेखीकरण भएका घटनालाई हेर्दा सबैभन्दा बढी ४७ प्रतिशत (३४ जना) १६ बर्षभन्दा कम उमेरका बालिकाहरु रहेका छन् । यसैगरी १७ देखि २५ बर्ष उमेर समुहका ३२ प्रतिशत ( २३ जना), २६ देखि ३५ वर्ष उमेर समूहका ९ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका २ जना, र ५ जना उमेर समूह थाहा नभएका बालिकाहरु बलात्कृत भएको तथ्याँक संकलन भएको छ ।
संकलन भएका घटनालाई हेर्दा निषेधाज्ञाको समयमा नै जेठ १२ गते कञ्चनपुरकी ४ बर्षीया बालिकामाथि ५३ बर्षीय आफ्नै छिमेकीले बलात्कार गरे घटना पश्चात प्रभावितको स्वास्थ्यमा गम्भीर समस्या देखिएकोले ओसिएमसीमा उपचार भइरहेको छ भने आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ । यसैगरी उदयपुरकी १५ बर्षीय किशोरीलाई यही जेठमा आफ्नै बाबुले बलात्कार गरेको घटना सार्वजनिक भयो । घटना बाहिर आए पश्चात समुदायका व्यक्तिहरु मिलेर घटनालाई ढाकछोप गरी मेलमिलाप गराउने प्रयास गरियो तर परिवारको सदस्यलाई नै उक्त कुरा चित्त नबुझेपछि परिवारले महिला मानव अधिकार रक्षक सञ्जालसंगको समन्व्यमा प्रहरीमा घटनाको उजुरी दिए । अहिले आरोपित प्रहरीको नियन्त्रणमा आइसकेको र हाडनाता करणीमा मुद्धा प्रक्रिया अघि बढेको छ । साथै जेठ महिनामा नै सिरहा जिल्लाकी ८ बर्षीय बालिकालाई नातामा मामा पर्ने व्यक्तिले बलात्कार गरेको घटनाको बारेमा प्रभावितले परिवारलाई जानकारी गराए लगत्तै प्रहरीमा उजुरीका लागि जाँदा प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरे । त्यसपश्चत महिला मानव अधिकार रक्षक तथा ओरेकको समन्व्यमा ठूलै संघर्ष पश्चात घटना दर्ता भएको छ भने, यसरी नै कैलाली जिल्लामा ३१ बर्षीय महिलालाई ६५ बर्षीय उनका श्रीमानले आफ्नो इच्छा विपरित दिनमा ८, ९ पटक भन्दा बढी यौन सम्बन्ध राख्न बाध्य बनाएको वैवाहिक बलात्कारको घटना पनि यस अवधिमा घटेको पाईएको छ । यसरी महिला र वालिकामाथि भएका यी त केवल प्रतिनिधिमूलक घटनाहरु मात्रै हुन् । बलात्कृत भएका महिला तथा वालिकाहरुलाई नै घटनाको दोषि देख्ने सामाजिक दृष्टिकोण र घटनापश्चात महिला तथा वालिकाहरुलाई उनीहरुका परिवारलाई समेत गरिने दुव्र्यवहार तथा सामाजिक लाञ्छनाका कारण पनि बलात्कारका धेरै घटनाहरु बाहिर आउँदैनन् ।
यो अवस्थाले बलात्कार गर्ने व्यक्तिको मनोबललाई उच्च बनाउन र प्रभावितलाई यस्ता घटना विरुद्ध खुलेर बोल्न साथै न्यायका लागि लड्न निरुत्साहित गरेको छ । समाजमा महिलालाई पुरुषको उपभोग्य बस्तु वा श्रीमानको सम्पत्तिको रुपमा प्रयोग गरिनु, परिवारको ईज्जत प्रतिष्ठासंग जोडिनुका कारण कारण महिलाको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण नभएको स्थिति सिर्जना भएको छ र महिलाको शरीर जसले, जसरी र जुन बेला पनि प्रयोग गर्न सक्छ भन्ने सोचको विकास गरेको छ । यहि स्थिती र महिलाप्रति रहेको असमान सोचले छोरी, श्रीमती, बहिनी, बुहारी प्रेमीकामाथि समेत बलात्कार गर्न पुरुषलाई मनोबल प्रदान गरेको छ । बलात्कार जस्तो निकृष्ट मानव अधिकार हनन्का घटनामा पनि पीडित÷प्रभावितको परिवारले घटना दर्ता गर्न संघर्ष गर्नुपर्ने स्थिती छ, साथै शक्ति र सत्ताका आडमा कैयौं बलात्कृत महिला तथा वालिकाहरु अन्याय सहन बाध्य पारिएका छन् र घटनाको उजुरी समेत हुन नसक्ने स्थिति सिर्जना भएको छ । प्रभावितलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार अमानविय र निन्दनीय छ, साथै दण्डहिनता मौलाएको छ, यसतर्फ सरकार तथा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।
यसैगरी यस अवधिमा १८६ (५०%) जना महिलाहरुमाथि आफ्नै श्रीमान र परिवारका सदस्यहरुबाट घरेलु हिंसा भएको तथ्याँकले देखाएको छ । यस्तै, ४२ वटा सामाजिक हिंसा, ७१ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, ११ वटा यौन दुव्र्यवहार, २० वटा हत्या, ९ वटा हत्या प्रयास, ५ वटा आत्महत्या, ६ वटा मानव बेचविखन, १९ वटा अन्य प्रकारका हिंसा ( जसमध्ये ३ वटा आत्महत्या प्रयास, १ वटा एसिड आक्रमण र १५ वटा अलपत्र पारिएका) संग सम्बन्धित घटना अभिलेखिकरण भएका छन् ।
संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ३८४ र १६५ लैंगिक हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य गरी ५४९ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, २३ मनोविमर्शकर्ता, विभिन्न जिल्लामा रहनु भएका महिला मानव अधिकार रक्षकहरु, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट यी घटनाहरु अभिलेखिकरण गरिएका हुन् । यी मध्ये ७० वटा घटनाहरु सञ्चार माध्यम घटनाबाट संकलन गरिएका हुन् । संस्थाले विगतका बर्षहरुदेखि नै माथि उल्लेखित स्रोतहरुको प्रयोग गरि घटना संकलन गर्र्दै आएको छ ।
समाजमा रहेका महिला तथा किशोरीहरूलाई हेर्ने विभेदकारी दृष्टिकोण रहेसम्म हाम्रा समाजका महिला र किशोरीहरूमाथि हुने यौनजन्य दुव्र्यवहार र बलात्कारका घटनाहरूमा कमी आउने छैनन । त्यसैले लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्य गर्दै लैङ्गिक समतामूलक समाजको निर्माणमा जुट्न सबै सरोकारवालाहरूलाई हार्दिक अपिल गर्दछौँ
लुभराज न्यौपाने
कार्यकारी निर्देशक