मिति: २०७८ श्रावण ५
निषेधाज्ञा कोे समयावधिमा ६८० जना महिला तथा बालिकामाथि हिंसा, ५० प्रतिशत हिंसा घर भित्रै
पृष्ठभुमि
महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला तथा बालिका माथि हुने हिंसाका घटनाहरुलाई संकलन तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत लैंगिक हिंसाको अवस्था सार्वजनिक गर्दै आएको छ । निषेधाज्ञाकोे समयमा पनि यसलाई निरन्तरता दिदै वैशाख १६ गते निषेधाज्ञा शुरुवात भएदेखि २०७८ असार ३१ गते सम्म ६३ जिल्लाहरुबाट ६८० जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखीकरण गरेको छ । यी घटनाहरु ओरेकद्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट अभिलेखीकरण गरिएका हुन् । यी मध्ये १६३ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन् । संस्थाले विगतका बर्षहरुदेखि नै माथि उल्लेखित स्रोत तथा संस्थाहरुको सहयोगमा घटना संकलन गर्र्दै आएको छ । गएको २ हप्तामा मात्र (असार १६ देखि असार ३१ गते सम्म) १७६ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याँकले देखाएको छ ।
निषेधाज्ञाको समयावधिमा अभिलेखिकरण भएका ६८० वटा घटनाहरुमध्ये सबैभन्दा बढी ३४१ वटा घरेलु हिंसाका घटनाको तथ्याँक संकलन भएका छन्, यसरी हेर्दा ५० प्रतिशत हिंसा घर भित्रै भएको तथ्याँकले देखाएको छ । घरेलु हिंसाका घटना मध्ये १६८ वटा शारीरिक हिंसा (४९ प्रतिशत), ५८ वटा गालीगलौज वा मानसिक हिंसाका घटना (१७ प्रतिशत), ३७ वटा चारित्रिक आरोपका घटना (११ प्रतिशत) रहेका छन् ।
यसमा घटनाका कारणहरुलाई विश्लेषण गर्दा महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाई दोषि देखाउने, गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने तथा चारित्रिक आरोप लान्छना लगाई दैनिक रुपमा शारीरिक तथा मानसिक यातना दिईएको पाइएको छ । यसैगरी २८ जना (८ प्रतिशत) हिंसा प्रभावितलाई माया ममता नदिई बेवास्ता गरिएको, २७ जना (८ प्रतिशत) हिंसा प्रभावितलाई खान लाउन नदिई घर निकाला गरी वेवास्ता गरिएको, १० जना (३ प्रतिशत) हिंसा प्रभावितको विवाह दर्ता नबनाई दिएको, ८ जना (२ प्रतिशत) हिंसा प्रभावितको नागरिकता नबनाइदिएको र ५जना (१ प्रतिशत) हिंसा प्रभावितलाई स्वास्थ्य सुविधावाट बञ्चित गरिएको पाइएको छ ।
यसैगरी यस अवधिमा संकलन भएका घटनाहरु मध्ये ६३ वटा (९ प्रतिशत) सामाजिक हिंसाका घटनाहरु, १४६ वटा (२१ प्रतिशत) बलात्कार, ७ वटा (१ प्रतिशत) बलात्कारको प्रयास, १९ वटा (३ प्रतिशत) यौन दुव्र्यवहार, ५० वटा (७ प्रतिशत) हत्या, ११ वटा (२ प्रतिशत) हत्या प्रयासका घटना संकलन भएका छन् । यसरी नै ८ वटा (१ प्रतिशत) मानव बेचविखन, ७ वटा (१ प्रतिशत) आत्महत्याका घटनाहरु, २ वटा (०.३.प्रतिशत) मानव वेचविखनको प्रयासका घटना संकलन भएका छन् । यसैगरी २६ वटा (४ प्रतिशत) अन्य प्रकारका हिंसाहरु जसमध्ये ३ वटा आत्महत्याको प्रयास, ५ वटा (एसिड आक्रमण, १७ वटा अलपत्र पारिएका र १ वटा विद्युतीय अपराधसंग सम्बन्धित घटना रहेका छन् ।
हिंसा गर्नेमा सबैभन्दा धेरै ३११ जना (४६ प्रतिशत) श्रीमान र ११८ जना (१७ प्रतिशत) परिवारका अन्य सदस्यहरु रहेका छन् । तथ्याँकलाई आधार मान्दा महिलाहरु सबैभन्दा बढी असुरक्षित घरभित्र नै छन् भन्ने कुराको पुष्टि गर्दछ । परिवार नै महिला र बालबालिकाका निम्ति सबैभन्दा सुरक्षित स्थान हुनुपर्नेमा त्यही परिवारबाट अहिलेको अवस्थामा अझ बढी असुरक्षित हुनु अत्यन्त दुःखद पक्ष हो । नेपाल सरकारले पटक–पटक निषेधाज्ञाको समय अवधि थप गरि महामारीका रुपमा फैलिएको संक्रामक रोगबाट सुरक्षित र स्वास्थ्य रहनका लागि सबै नागरिकलाई घरभित्र सुरक्षित रहन आग्रह ग¥यो । तर हाम्रो जस्तो पित्तृसत्तात्मक सामाजिक मूल्यमान्यता हावी रहेको देशमा महिला तथा बालिकामाथि हिंसा हुनका लागि यस विपदको अवस्थाले पनि थप वातावरण सिर्जना गरेको छ भन्ने कुरा तथ्याँकले पुष्टि गरेको छ ।
यसैगरी हिंसा गर्नेमा १३३ जना (२० प्रतिशत) छिमेकी, ३३ जना (५ प्रतिशत) प्रेमी मानेका व्यक्ति, १२ जना (२ प्रतिशत) आफ्नै साथी, ९ जना (१ प्रतिशत) सेवा प्रदायक व्यक्ति जसमध्ये २ जना घरमालिक, १ जना सुरक्षा गार्ड, २ जना कार्यक्षेत्रको मालिक, ३ जना गाडि चालक र १ जना स्थानिय जनप्रतिनिधबाट महिला तथा बालिकाहरु हिंसावाट प्रभावित भएको पाइएको छ । त्यस्तै ३ जना (०.४ प्रतिशत) शिक्षक, ३ जना (०.४ प्रतिशत) अविवाहित तर सँगै बसेका र ५८ जना (९ प्रतिशत) पहिचान नखुलेका आरोपित व्यक्तिवाट हिंसा भएको तथ्याँक अभिलेखीकरण भएको छ ।
हिंसा प्रभावितहरुको उमेर समूहको आधारमा हेर्दा सबैभन्दा बढी २१२ जना (३१ प्रतिशत) महिलाहरु १७ देखि २५ बर्ष उमेर समूहका हिंसाबाट प्रभावित भएको पाईएको छ । यस्तैगरी २६ देखि ३५ वर्ष उमेर समूहका २०१ जना (३० प्रतिशत) र १६ बर्षभन्दा कम उमेरका १३६ जना (२० प्रतिशत) किशोरीहरु हिंसाबाट प्रभावित भएको पाइएको छ । ३६ देखि ४५ बर्ष उमेर समूहका ७३ जना, (११ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका ३७ जना, (५ प्रतिशत) त्यस्तै ५६ बर्षभन्दा माथिका उमेर समूहका १२ जना (२ प्रतिशत) महिलाहरु विभिन्न किसिमका हिंसाबाट प्रभावित भएका छन् भने ९ जना (१ प्रतिशत) हिंसा प्रभावितको उमेर समूह खुल्न सकेको छैन ।
यस्तै, हिंसामा संलग्न आरोपित व्यक्तिहरुको उमेरको आधारमा हेर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका २४१ जना (३५ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी बराबर १३३÷१३३ जना (१९÷१९ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समुहका यवाहरु र ३६ देखि ४५ बर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । यसैगरी ७७ जना (११ प्रतिशत) आरोपितहरुको उमेर समुह खुल्न सकेको छैन, ६० जना (९ प्रतिशत) ४६ देखि ५५ बर्ष उमेर समुहका पुरुषहरु रहेका छन् भने ३९ जना ५६ वर्ष भन्दा माथि (६ प्रतिशत) उमेर समूहका पुरुषहरु र बाँकी ७ जना (१ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका युवाहरु हिंसामा संलग्न भएको पाइएको छ ।
संस्थासँग आबद्ध मनोविमर्शकर्ताहरुले टेलिफोन तथा सामाजिक संजालको प्रयोग र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट ९४१ जनालाई मनोविमर्श सेवा प्रदान गरेका छन् । जसमध्ये लैंगिक हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य ५६९ र कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ३७२ जना रहेका छन् ।
लुभराज न्यौपाने
कार्यकारी निर्देशक
ओरेक