महिला पुर्नस्थापना केन्द्र, ओरेकले हरेक महिना झै पुष महिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ६२ प्रतिशत १४६ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । महिलाहरु महिला भएकौ कारणले विभिन्न हिंसा खेप्न वाध्य भएका छन् । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोँच र सोही अनुरुप विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यसमा पनि महिलाहरु धेरैजसो घरपरिवार, आफन्त र समाजका मानिसहरुबाटनै बढी हिंसामा परेका छन् । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन् भएको छ ।
विषयवस्तु :
पुष महिनामा ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (२०६) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (२९) तथ्याङ्कका आधारमा २३५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन भएको छ ।
क) हिंसाको प्रकार
ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा पुष महिनामा १४६ वटा (६२ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २७ वटा (११ प्रतिशत) सामाजिक हिंसाको घटना, २४ वटा (१० प्रतिशत¬¬¬) बलात्कारको घटना संकलन भएको छ । त्यसैगरी १८ वटा (८ प्रतिशत) यौन दुव्र्यवहारको घटना त्यस्तै ९ वटा (४ प्रतिशत) हत्याको घटना, त्यसैगरी ६ वटा (२.६ प्रतिशत) मानव वेचविखन जस्तो जधन्य अपराधको घटना संकलन भएको छ । त्यस्तै ४ वटा (१.७ प्रतिशत) मध्ये २ वटा साईवर अपराधको घटना, १ वटा हराएको अवस्थामा फेला परेको घटना, १ वटा आर्थिक अवस्था कमजोर भएर सुरक्षा आवासमा बसि सिप मुलक तालिम लगि रहेको र १ वटा (०.४ प्रतिशत) आत्महत्याको तथ्याँक संकलन भएको छ ।
ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण
उमेरको आधारमा विश्लेषण गर्दा पुष महिनामा मात्रै सबैभन्दा धेरै ७५ जना (३२ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु बढी हिंसमा रहेको पाइएको छ । त्यसैगरी हिंसामा पर्ने सबै भन्दा बढी ६९ जना (२९ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समुहका युवा महिलाहरु रहेका छन् । त्यस्तै ३७ जना (१६ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २८ जना (१२ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, त्यस्तै ९ जना (४ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका महिलाहरु रहेका छन भने त्यसैगरी ९ जना (४ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु र ८ जना (३ प्रतिशत) उमेर समुह थाहा नभएका महिलाहरु हिंसाको जोखिममा रहेको पाइएको छ ।
ग) प्रभावितको आरोपितसँगको सम्बन्ध
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा पुष महिनामा सबैभन्दा बढी १०० वटा (४३ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ५५ वटा (२३ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यवाट भएको छ । ३६ वटा (१५ प्रतिशत) छिमेकीबाट भएको छ, त्यस्तै १६ वटा (७ प्रतिशत) हिंसा प्रेमिबाट त्यसैगरी १२ वटा (५ प्रतिशत) हिंसाको घटना साथिबाट त्यस्तै ११ वटा (५ प्रतिशत) हिंसाको घटना अपरिचित व्यक्तिबाट र ५ वटा (२ प्रतिशत) हिंसा सेवा प्रदायकबाट भएको पाईएको छ ।
घ) आरोपित र उमेर
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा पुष महिनामा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ५८ जना (२४ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ५१ जना (२१ प्रतिशत) ३६ देखि ४५ बर्ष उमेर समुहका पुरुषहरु छन्, ४५ जना (१९ प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका युवाहरु रहेका छन त्यस्तै ३९ जना (१६ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु छन्, २८ जना (१२ प्रतिशत) उमेर समुह थाहा नभएका युवा तथा पुरुषहरु छन् भने १६ जना (७ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र २ जना (१ प्रतिशत) १६ वर्ष मुनिका किशोरहरु हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।
निश्कर्षः
यसरी यो महिनाको घटनाको विश्लेषण गर्दा समग्र तथ्यांकको ४३ प्रतिशत १०० जना श्रीमानबाट र २३ प्रतिशत ५५ जनामाथि परिवारको सदस्यहरुबाट हिंसाका घटना भएको पाइएको छ । घर परिवार जहाँ महिलाले सबैभन्दा बढी सुरक्षा पाउनु पर्ने हो त्यस ठाउँ नै सबैभन्दा बढी असुरक्षित देखिएको छ । यसरी हुने हिंसाले महिलाहरु जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गर्दछ । अर्थात महिलाहरुको लागि सुरक्षित स्थान छैन । जहाँ हिंसा खेप्न नपरोस् । यो आफैमा चुनौतीपूर्ण विषय हो । त्यसकारण घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र महिला हिंसा अन्त्यका लागि समाज र परिवारभित्र रहेको महिला र पुरुषविचको असमान शक्ति सम्बन्धलाई परिवर्तन गर्नु अनिवार्य छ । त्यसैप्रत्येक नागरिकले हिंसारहित वातावरणमा जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो ।
लुभराज न्यौपाने
कार्यकारी निर्देशक
ओरेक