Psychosocial Counselor
Job Title: Psychosocial Counselor |
Department: Program |
Reporting To: WFS manager |
Location: Doti and Bajura |
महिला पुर्नस्थापना केन्द्र ओरेक महिला अधिकार सुनिश्चितताका लागि अभियानरत एक राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । संस्थाले हाल महिला अधिकार, लैंगिक समानता, दिगो जिविकोपार्जन, पर्यावरणीय न्याय र समग्र मानव अधिकारको सवालमा नै विगत ३२ बर्षदेखि काम गर्दै आएको छ । त्यसैगरी नेपालमा गएको २०६८ को कोशीबाढी देखि नै विपदको अवस्थामा महिलाहरुमाथि हुने हिंसा, यौन तथा प्रजनन स्वास्थ्य समस्या, हानिकारक परम्परागत अभ्यास र यसले महिलालाई विपदको अवस्थामा पनि पारेको असर तथा प्रभाव, विशेष अवस्थामा रहेका महिला जस्तै गर्भवती, सुत्केरी, स्तनपान गराउने महिला, बृद्ध, अपांगता भएका, किशोरी आदिको विशेष अवस्था र आवश्यकतालाई सम्बोधन गर्नका लागि सचेतना अभिबृद्धि, महिलाहरुको लागि सुरक्षित स्थल, राहत वितरण तथा अल्पकालीन आश्रय सहितको मनोविमर्श र दिगो जिविकोपार्जनका लागि सहयोग कार्यक्रम संचालन गर्दै आएको छ । यस कार्यक्रमलाई संस्थाले विपद जस्तो अप्ठेरो परिस्थितिमा तपाईहरु एक्लो हुनुहुन्न, तपाईको यो अप्ठेरो परिस्थितिमा सहयोगका लागि हामी छौं भन्ने मान्यता अनुरुप कार्य गर्दै आईरहेको छ ।
यसै शिलशीलामा संस्थाले संयुक्त राष्ट̭संघीय जनसंख्या कोष (युएनएफपीए) संगको आर्थिक तथा प्राविधिक सहयोगमा सुदुर पश्चिमका भुकम्प प्रभावित जिल्लाहरु डोटी र बाजुराका ३ वटा पालिकामा लक्षित गरी स्नेह केन्द्र (महिलामैत्री स्थल) संचालन गर्न लागेको छ । स्नेह केन्द्र संचालन गर्नुको उद्देश्य भुकम्प तथा अन्य प्रकृतिका विपदको अवस्थामा महिलाहरुलाई सुरक्षित र आराम गर्ने महिला मैत्री स्थल प्रदान गरी भुकम्प जस्ता प्राकृतिक विपत्तिले उनीहरुमा पैदा गरेको तनावलाई कम गर्न मनोविमर्श सेवा, लैंगिक हिंसा, वेचविखन तथा यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा सुचना तथा जानकारी र हिंसा प्रभावित महिलाहरुलाई अल्पकालिन आश्रयस्थल सहितको सेवा उपलव्ध गराउने रहेको छ । साथै यस कार्यक्रम अन्र्तगत स्नेह केन्द्रमा आई मनोविमर्श सेवा लिननसक्ने अवस्थाका व्यक्तिहरुलाई घरदैलोमै गई आवश्यक सेवा तथा सुचना प्रदान गर्नु, महिला मैत्री स्थलमा आउने व्यक्तिहरुलाई मनोविमर्श सेवा प्रदान गर्नु मनोविमर्शकर्ताको मुख्यकाम हुनेछ । साथै मनोविमर्शकर्ताले भुकम्प प्रभावित क्षेत्रका सवै टोल तथा बस्तीहरुमा प्राथमिक मनोवैज्ञानिक सहयोग जस्ता विषयमा सचेतना अभिबृद्धि पनि गनुपर्नेछ ।
मुख्य जिम्मेवारीहरु ः
cfjZos z}lIfs of]Uotf tyf cg'ejM
Qualified candidates may send cover letter detailing their experience and motivation for the current position with an updated CV to vacancy@worecnepal.org by 14 th June 2023.
The application without cover letter and CV will not be considered for the position. Please write the name of Position in the subject/Head of email to which position you are applying.
Only the shortlisted candidates will be called for written test and interview..