Newsroom

नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय ।

नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय ।

मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) लाई पारीत गरेकोमा हामी सरकारको यस कदमको प्रशसा गर्दै बधाई व्यक्त गर्दछौं ।

मानव बेचबिखन तथा ओसार पसार एक संगठित अपराध हो । नेपालमा मानव बेचबिखन तथा ओसार पसार मानव अधिकारको गम्भिर सवालको रुपमा रहेको छ भने पछिल्ला वर्षहरुमा यसका स्वरुप व्यापक हुँदै आएको छ । यस सन्दर्भमा मानव बेचबिखन तथा ओसार पसारको परिभाषालाई व्यापक बनाई, नीति कानुन लगायत मुलुकमा विद्यमान बेचबिखनविरुद्धका गतिविधिहरुलाई संस्थागत र सुदृढीकरण गर्न, बेचबिखन प्रभावितहरुको सहयोग, संरक्षण र मानव अधिकारको सम्मानका लागि र यी उद्देश्यहरु पुरा गर्न राज्यहरुबीच सहकार्य प्रबद्र्धन गर्न यस प्रोटोकलको विशेष भुमिका रहन्छ ।

स्थापना कालदेखि नै यस संस्था महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले मानव बेचबिखनलाई मानव अधिकारको प्रमुख सवालका रुपमा लिई यस विरुद्ध समुदायस्तरदेखि कार्य गर्दै आएको छ । मानव अधिकारको निकृष्ट अपराधको रुपमा रहेको मानव बेचबिखनलाई मानव अधिकारको अन्तराष्ट्रिय सिद्धान्तका आधारमा सम्बोधन हुने वातावरण तयार गर्न र मानव बेचबिखन संगठित गिरोहबाट सञ्चालित अन्तराष्ट्रिय समस्या भएकोले यसका समाधानका लागि अन्तराष्ट्रिय सहयोग र सहकार्य आवश्यक रहेको ध्यानाकर्षण गराउँदै यू एन प्रोटोकल (इच्छाधिन आलेख) लाई अनुमोदन गर्नका लागि समुदायस्तरबाट पैरवी गर्दै आएको थियो । यसर्थ सरकारले गरेको यो सकारात्मक निर्णयको कदर गर्दै, यस प्रोटोकलले गरेका प्रावधानहरुप्रति सरकार गम्भिर भई यसको प्रभावकारी कार्यान्वयका लागि प्रतिबद्ध छ भन्नेमा हामी विश्वस्त छौं ।

मानव बेचबिखन जस्तो जघन्य र गम्भिर अपराध विरुद्धको यस अभियानमा संस्था सधैं प्रतिबद्ध छ ।

धन्यवाद ।

लुभराज न्यौपाने
कार्यकारी निर्देशक

मिति ः २०७६ फाल्गुण २२

Related Posts

१६ वर्षीया दलित बालिका माथि भएको बलात्कार पछि हत्या घटना प्रति गम्भीर ध्यानकर्षण

ओरेक सुर्खेत जिल्ला, वीरेन्द्रनगर–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिसा

“महिलाका मौलिक अधिकार सुनिश्चितताका लागि न्यायमा पहुँच :अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२६ को अवसरमा शान्तिपूर्ण सडक प्रदर्शन”

प्रेस विज्ञप्ति महिलाको सामाजिक, आर्थिक, सास्कृतिक तथा राजनैतिक उपलब्धिहरूको समीक्षा