Newsroom

मासिक प्रतिवेदन बैशाख–२०७६

मासिक प्रतिवेदन बैशाख–२०७६

नेपालको संविधानले सबै प्रकारको लैङ्गिक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । यद्यपी महिला र पुरुषलाई हेर्ने सामाजिक÷सांस्कृतिक मूल्य–मान्यतामा आधारित असमान दृष्टिकोणका कारण पुरुष सदस्यबाट महिलाहरुमाथि विभेद र हिंसा हुँदै आएको छ । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन् भएको छ ।
विषयवस्तु 
ओरेक नेपालले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१५७) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (३१) तथ्याङ्कका आधारमा बैशाख महिनामा १८८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन भएको छ ।  
                                                                             
 ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा बैशाख महिनामा १०९ वटा (जम्मा घटनाको ५८ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २१ प्रतिशत (४० वटा) यौन हिंसाका घटना, १३ प्रतिशत (२४ वटा) सामाजिक हिंसाको घटना भएको पाइएको छ । यसरी नै ६ प्रतिशत (११ वटा) हत्याका घटना छन् भने जम्मा घटनाको २ प्रतिशत घटनाहरु मथिका बाहेक अन्य प्रकारका रहेका छन् । अन्यमा ४ वटा घटना मध्ये एउटा १ जनालाई अलपत्र पारीएको र ३ वटा अनलाइन मार्फत हिंसा भएका  तथ्याङ्क प्राप्त भएको छ । यी सबै हिंसाका घटना पूरुषबाट भएको पाइएको छ । 

 
उमेरको आधारमा विश्लेषण गर्दा बैशाख महिनामा मात्रै सबैभन्दा बढी २६ देखि ३५ बर्ष उमेर समुहका महिलाहरु हिंसामा परेका छन् जो जम्मा संख्याको ३५ प्रतिशत (६६ जना) छ ।यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी १७ देखि २५ बर्ष उमेर समुहका छन् जुन ३१ प्रतिशत (५८ जना) छ । त्यसैले ३५ बर्ष भन्दा कम उमेर समुहका महिलाहरु बढि हिंसाको जोखिममा रहेको पाइएको छ ।  
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका छन् । यो उमेर समुहका ३६ प्रतिशत (६७ जना), ३६ देखि ४५ बर्ष उमेर समुहका २६ प्रतिशत (४९ जना) र १७ देखि २५ वर्ष उमेर समुहका १८ प्रतिशत (३४ जना) पुरुषहरु हिंसामा संलग्न भएको पाइएको छ । 

 
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ५४ प्रतिशत (१०२ वटा) हिंसा श्रीमानबाट भएको छ भने १६ प्रतिशत (३० वटा) हिंसाका घटना छिमेकीबाट भएको छ र १४ प्रतिशत (२६ वटा) परिवारका सदस्यवाट भएको पाइएको छ ।
निष्कर्ष 
तथ्याङ्ककलाई विश्लेषण गर्दा महिलाहरु सबैभन्दा बढी घरभित्र र चिनजानेका बाट नै असुरक्षित रहेको देखिन्छ । त्यस्तै २६ देखि ३५ वर्ष उमेर समूहका महिला माथि सोही उमेर समूहका पुरुषहरुमार्फत नै हिंसा भइरहेको पाइएको छ । यसले समाज परिवर्तनका संवाहकका रुपमा रहनु पर्ने सोही उमेर समूह नै हिंसाको लागि जिम्मेवार भइदिँदा यसले समाज परिवर्तनसंगै सामाजिक न्याय र समग्र देश विकासमा नै बाधा पु¥याउने देखिन्छ भने सोही समूहका महिलामाथि बढ्दै गएको हिंसाले महिलाको स्वतन्त्र र सम्मान पूर्वक बाँच्न पाउने अधिकार हनन् भएको छ । तसर्थ यसतर्फ सम्बन्धित सरोकारवालाहरुको समयमा नै ध्यान जान जरुरी छ । 

मिति २०७६ जेठ १३ 

Related Posts

१६ वर्षीया दलित बालिका माथि भएको बलात्कार पछि हत्या घटना प्रति गम्भीर ध्यानकर्षण

ओरेक सुर्खेत जिल्ला, वीरेन्द्रनगर–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिसा

“महिलाका मौलिक अधिकार सुनिश्चितताका लागि न्यायमा पहुँच :अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२६ को अवसरमा शान्तिपूर्ण सडक प्रदर्शन”

प्रेस विज्ञप्ति महिलाको सामाजिक, आर्थिक, सास्कृतिक तथा राजनैतिक उपलब्धिहरूको समीक्षा