Newsroom

सर्वोच्च अदालतको आदेशअनुरुप ऐन संशोधन गर्न माग ।

सर्वोच्च अदालतको आदेशअनुरुप ऐन संशोधन गर्न माग ।

संयुक्त प्रेस विज्ञप्ति

२९ असार २०७८

काठमाडौं, नेपाल

Click here for the English version

नेपाल : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरू सर्वोच्च अदालतको आदेशबमोजिम कानून संशोधन नगरी सङ्क्रमणकालीन न्याय आयोगहरूको कार्यावधि थपिएमा ती निकायहरूसँग सहकार्य नगर्ने आफ्नो अडान पुनः दोहो¥याउँदै सर्वोच्च अदालतको आदेशअनुरुप ऐन संशोधन गर्न माग गर्छन् ।

त्रुटिपूर्ण बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ अन्तर्गत गठित र सञ्चालनमा रहेका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि थप्ने प्रक्रिया कहिले पनि नटुंगिएको विषयमा हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ । यस ऐनले गम्भीर मानवअधिकार उल्ल्ङ्घनका घटनामा  संलग्न रहेका व्यक्तिलाई क्षमादान दिने एवं गम्भीर ज्यादतीका घटनामा समेत पीडित र पीडकबीच मेलमिलाप गर्ने व्यवस्था गरेको छ भने यसको कानूनी पक्ष तथा वैधतामाथि पीडित, नागरिक समाज र सर्वोच्च अदालतले समेत प्रश्न उठाएका छन् ।

न्यायमा पीडितहरूको पहुँचलाई रोक्नु, न्याय प्रक्रियामा ढिलासुस्ती गरेर पीडितहरूलाई निराश बनाउनु र दण्डहीनतालाई थप सुदृढ गर्नु यी निकम्मा आयोगहरूलाई निरन्तरता दिनुपछाडिका रणनीति हुन् भन्ने हाम्रो विश्वास छ । साथै योे करदाताहरूमाथिको बोझ पनि हो ।

६ वर्षभन्दा बढीको अवधि विना उपलब्धि बिताइसकेका सङ्क्रमणकालीन न्याय निकायहरूले एउटा पनि उजुरी किनारा लगाएका छैनन् । द्वन्द्वकालमा भएका मानवअधिकार उल्ल्ङ्घनका घटनाको सम्बोधन गर्नका लागि भनी गठित आयोगले न्यायमा पीडितहरूको पहुँचमा बाधा पु¥याइरहेका छन् । द्वन्द्वकालमा गरिएका गम्भीर मानवअधिकार उल्ल्ङ्घनका घटनाको अनुसन्धान तथा अभियोजन सङ्क्रमणकालीन न्याय संयन्त्रहरूको क्षेत्राधिकारमा पर्ने तर्क गर्दै राज्यले यी घटनालाई नियमित न्याय प्रणालीअन्तर्गत  प्रक्रिया अघि बढाउन अनुमति दिइरहेको छैन । तर गम्भीर मानवअधिकार उल्ल्ङ्घनका कुनै पनि आरोपमा अनुसन्धान गर्न असमर्थ हुने गरी यी संयन्त्रहरू गठन गरिएका छन् । यिनले अभियोजन, परिपूरण तथा अपराध नदोहोरिने विषयमा प्रत्याभूति दिलाउने आदि निकै टाढाको कुरा हो ।

यी दुई आयोगका आयुक्तहरूको पदावधि यही आषाढ मसान्तमा टुंगिदैछ । यी आयोगहरू गठनका लागि बनाइएको ऐनलाई संशोधन गर्न सर्वोच्च अदालतले छ वर्षअघि नै आदेश दिएको र हामी नागरकि समाज र पीडितलगायतका सरोकारवालाहरूले पनि यस विषयमा वर्षौंदेखि निरन्तर आवाज उठाइरहँदा पनि सरकारले ऐन संशोधन नगरिकनै यी संयन्त्रहरूको कार्यावधि थपिरहने काम गरेको छ ।

तसर्थ हामी तपसिलका हस्ताक्षरकर्ता नागरिक संस्थाहरू यी आयोगहरूसँग कुनै सहकार्य नगर्ने हाम्रो अडानलाई पुनः दोहो¥याउँदछौं र सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउनका लागि देहायका कदम तत्काल चाल्न माग गर्छौं ः

  • ऐन संशोधनपश्चात् मात्र पारदशीै रूपमा आयुक्तहरूको छनोट गर्ने,
  • व्यापक सार्वजनिक परामर्शपश्चात् ऐन संशोधन गर्ने,
  • परामर्श तथा संशोधनका लागि समयरेखा बनाएर सार्वजनिक गर्ने तथा त्यसलाई पालन गर्ने,
  • ऐन संशोधनपश्चात् गठन गरिएका नयाँ सङ्क्रमणकालीन न्याय संयन्त्रहरूकोे कार्यसञ्चालनमा निष्पक्षता तथा स्वतन्त्रता सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्रसंघलाई प्राविधिक सहयोग उपलब्ध गराउन आह्वान गर्ने,


व्यापक परामर्शपश्चात् सर्वाेच्चको पैmसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल संशोधन गरिएको ऐनअन्तर्गत आयोग गठन नहुन्जेल सङ्क्रमणकालीन न्याय निकायलाई समर्थन र सहकार्य नगर्न संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय निकायलाई पनि हामी आह्वान गर्दछौं ।

हस्ताक्षर गर्ने संस्थाहरू:



                                                                                     राष्ट्रिय संस्थाहरू
1जवाफदेहिता निगरानी समिति (एडब्ल्यूसी)2वकालत मञ्च नेपाल (एएफ)
3अलायन्स फर सोसल डायलग (एएसडी)4एम्नेस्टी इन्टरनेसनल नेपाल
5नीलहीरा समाज नेपाल6सेन्टर फर लिगल स्टडीज (सिएलएस)
7सिभिल राइट्स एसोसिएसन नेपाल 8शान्तिका लागि साझा अभियान (कोक्याप)
9द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल10द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल
11द्वन्द्वपीडित साझा चौतारी12न्यायका लागि द्वन्द्वपीडित समाज
13लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डीएफएआरआई)14डिग्निटी मिडिया
15बहिर्गमित जनमुक्ति सेना नेपाल (डी–प्लान)16व्यक्तिको अधिकार रक्षा मञ्च नेपाल
17नेपाल पुनरस्थापकीय न्याय मञ्च18महिला कानून तथा विकास मञ्च (एफडब्ल्यूएलडी)
19महिला पत्रकार तथा सञ्चार मञ्च (सञ्चारिका समूह)20गणेश उज्जन स्मृति प्रतिष्ठान
21मानव अधिकार तथा न्याय केन्द्र (एचआरजेसी)22न्यायका लागि मानव अधिकार
23राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फोन)24मानव अधिकार संगठन (हुरोन)
25अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)26मानवअधिकार, वातावरण तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (इन्हुरेड इन्टरनेसनल)
27जागरण मिडिया सेन्टर (जेएमसी)28न्याय तथा अधिकार संस्था (ज्युरी–नेपाल)
29सामाजिक न्यायका लागि कानून तथा नीति मञ्च (ल्यापसोज)30कानूनी सहायता तथा परामर्श केन्द्र नेपाल (एलएसीसी)
31मैना बाल विकास समिति32शहीद तथा बेपत्ता लडाकू परिवार प्रतिष्ठान
33नागरिक आवाज 34महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल 
35अपांग द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल36बेपत्ता परिवारको राष्ट्रिय सञ्जाल
37नेपाल कानून तथा नीति केन्द्र38नेपाल पीस बिल्डिङ इनिसिएटिभ
39पीस एन्भिजनरर्स40सार्वजनिक प्रतिरक्षक समाज नेपाल (पीडीएस–नेपाल)
41संकल्प42तरङ्गिणी फाउन्डेशन
43तराई मानवअधिकार रक्षक संजाल (टीएचआरडी अलायन्स)44द स्टोरी किचन
45बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ–नेपाल)46भ्वाइसेस अफ वुमन मिडिया (भाओ मिडिया)
47मानव अधिकारका लागि एकल महिला (डब्लु एच आर)48महिला पुनःस्थापना केन्द्र (ओरेक)
49 हिम राइट्स
                                                                                  अन्तर्राष्ट्रिय संस्थाहरू
50एसियन अलायन्स अगेन्स्ट टर्चर51एसियन जस्टिस एण्ड राइट्स (एजेएआर)
52एसियन ह्युमन राइट्स कमिसन (एएचआरसी)53इन्टरनेशनल कमिसन अफ ज्यूरिस्ट (आईसीजे)
54इन्टरनेशनल फेडरेशन फर ह्युमन राइट्स55ओधिकार
56ट्रन्जिशनल जस्टिस एसियन नेटवर्क 57बेपत्ता पर्ने कार्य बिरुद्ध अन्तर्राष्ट्रिय संजाल – इकाएड

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि