Publications

अन्वेषीः महिलामाथि हुने हिंसाको यथार्थता २०८१

अन्वेषीः महिलामाथि हुने हिंसाको यथार्थता २०८१

महिला पुनस्र्थापना केन्द्र (ओरेक) महिला मानव अधिकार तथा सामाजिक न्याय प्राप्तिका लागि तीन दशकदेखि निरन्तर क्रियाशील संस्था हो। यसले सन् २००८ देखि महिला माथि भएका हिंसाका घटनाहरूको तथ्याङ्क सङ्कलन गरी, खण्डिकृत विश्लेषण गर्दै वार्षिक रूपमा अन्वेषी प्रकाशन गर्दै आएको छ  अन्वेषी महिला माथि हुने हिंसाको यथार्थ झल्काउने तथ्यमा आधारित अनुसन्धानात्मक पुस्तक हो। ओरेकले अन्वेषी लेखन मार्फत तथ्याङ्क सङ्कलन र विश्लेषण गरी प्रमाणमा आधारित पैरवीका लागि आधार तयार गरेको छ । अन्वेषीमा आएका घटनाको अभिलेखीकरण तथा विश्लेषणबाट प्राप्त तथ्याङ्कले महिला माथि हुने हिंसाको वास्तविक अवस्था उजागर हुने हाम्रो विश्वास छ । साथै, यसले महिला विरुद्ध हुनै सबै प्रकारको हिंसा, भेदभाव, असमानता बारे गहिरो अध्ययन र विश्लेषण गर्न मद्दत पु¥याउँछ । तसर्थ, यस प्रतिवेदनको उद्देश्य तथ्याङ्क मार्पmत् सरकारी निकाय र नीति निर्माताहरूलाई जिम्मेवार बनाउँदै महिला मानव अधिकार संरक्षण गर्न नयाँ सहयोगी तथा संरचनात्मक कार्यक्रम र कानूनी सुधारहरू, हिंसा प्रभावित महिलाहरुको आवश्यकता पहिचान गर्दै हिंसा रोकथाम, प्रतिकार्य, न्यूनिकरण गर्न सरोकार निकायहरुलाई दबाब दिनु रहेको छ । 

अन्वेषी सुरुवात गर्दाको अवस्थामा महिला माथि हुने हिंसाका घटनाहरू व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने कुनै पनि सरकारी वा गैह्रसरकारी संयन्त्रहरू निर्माण भएको थिएन । त्यो परिस्थितिमा महिला माथि हुने हिंसाको घटनालाई अभिलेखीकरण तथा विश्लेषण गरी महिला हिंसाको यथार्थ अवस्था प्रस्तुत गर्न अन्वेषी कोशेढुङ्गाको रूपमा रहेको थियो र हाल पनि छ । नेपालभरि सातै प्रदेशबाट हिंसाका घटनाहरू सङ्कलन गरी विश्लेषण गर्ने क्रममा समस्त
घरपरिवार, समाज र राज्यलाई तथ्यका आधारमा महिला हिंसाको अवस्था छर्लङ्ग पार्दै संवोधनका लागि घचघच्याउने काम अन्वेषी प्रकाशनले सुरुवात कालदेखि गर्दै आएको छ । यसको निरन्तरता स्वरुप हाल अन्वेषी लेखनको यात्रा सत्राँै वर्ष पुगिसकेको छ । साथै, अन्वेषी प्रकाशनको साढे एक दशक भइसक्दा हाल भने नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग र विभिन्न गैह्रसरकारी संघसंस्थाले महिला माथि हुने हिंसाका घटनाहरू अभिलेख गरी बेला बखतमा तथ्याङ्क प्रकाशन गर्न थालेका छन् जुन कुरा स्वागतयोग्य रहेको छ । यस वर्ष ओरेकले पहिलेका वर्ष झै अन्वेषीमा वार्षिक रुपमा सङ्कलन गरिएको महिला हिंसा सम्बन्धी तथ्याङ्कका साथै मानव बेचविखनको मुद्धामा विगत लामो समयदेखि काम गर्दै आएको सुनिता फाउण्डेसन र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको कामको पहिचान र मान्यताका लागि निरन्तर संघर्षरत महिलाका निम्ति महिला मञ्च नेपालबाट प्राप्त तथ्याङ्कहरुका साथै ओरेकबाटै पनि २०८० र २०८१ सालमा महिलाका मुद्दा उजागर गर्न गरिएका सर्वेक्षणलाई समेत छुट्टै भागमा समावेश गरेको छ ।

Related Posts

Youth Forum for Democracy and Women’s Rights

Program: Campaign for Democracy, Women’s Rights and Youth ParticipationLocations: Biratnagar

सामाजिक परीक्षण प्रतिवेदन २०८२