Publications

अन्वेषी : महिलामाथि हुने हिंसाको विश्लेषणात्मक अध्ययन सारांश प्रतिवेदन २०७८

अन्वेषी : महिलामाथि हुने हिंसाको विश्लेषणात्मक अध्ययन सारांश प्रतिवेदन २०७८

अन्वेषीः महिलामाथि हुने हिंसाको यथार्थ
अन्वेषी नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलित, अंकित एवं विश्लेषणसहितको एक महत्वपूर्ण वर्ष पुस्तक हो। सर्वेक्षणमा आधारित यो पुस्तक ओरेकले सन् २००८ बाट वर्षेनी प्रकाशन गर्दै आएको छ । महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले ओरेकले अन्वेषी प्रकाशन, वितरण एवं प्रचारप्रसार कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आएको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।


महिलामाथि हुने अनेक प्रकारका हिंसाहरू सार्वजनिक रुपमा बाहिर आउन सकेका छैनन्। नेपालको प्रहरी प्रशासन र न्याय प्रणालीले पीडितहरूलाई पूर्णतः न्याय दिन्छ भन्ने कुराको विश्वसनीयता आर्जन गर्न सकेका छैनन्। त्यसैले पनि धेरै पीडितहरू न्यायिक प्रक्रियामा जान हिच्किचाउने गरेका छन्। हिंसाबाट मुक्त हुनका लागि प्रभावित पुग्ने पहिलो थलो न्यायिक निकाय हुन सकेको छैन ।

हिंसा भोगेका तर कानूनी प्रक्रियामा जान नसकेका वा नगएका र त्यसका अनेक प्रभावहरूसँग जुध्दै आइरहेका घटनाहरूको दस्तावेजीकरणमा अन्वेषीले विशेष भूमिका खेल्दै आएको छ । ओरेक र अन्वेषीले सोही भूमिकाको निरन्तरता यसपाली पनि कायम राखेको छ । पुस्तकमा प्रस्तुत हिंसाका तथ्य–तथ्याङ्कहरूले हाम्रो जटिल सामाजिक संरचनाभित्रका सबै पाटाहरू केलाउने पर्याप्त आधार नदिएपनि महिला हिंसाका मूल स्वरुप, प्रवृत्ति र त्यसका प्रभावहरूबारे एक तहको सूचना प्रवाह गर्न सक्षम छ भन्ने कुरामा ओरेक विश्वस्त छ । साथै महिला हिंसा रोकथाम र समाधानका निमित्त चालिनुपर्ने कदमहरू पहिल्याउनका लागि अन्वेषी एक उपयोगी दस्तावेज हुनेछ भन्ने विश्वास लिएको छ ।


घटना संकलन अवधि र क्षेत्र
पुस्तकमा समावेश गरिएका तथ्याङ्क साउन २०७७ देखि असार २०७८ सम्मको समय अवधिमा संकलन गरिएको हो। यसभित्र महिलामाथि भएका १ हजार ७ सय ७२ वटा हिंसाका घटना समाविष्ट छन्। पुस्तकमा तथ्याङ्कको विश्लेषणसमेत प्रस्तुत गरिएको छ । ओरेकले संकलन गरेको ताजा तथ्याङ्कबाहेक यसभित्र विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित घटनालाई समेत समेटिएको छ । राष्ट्रियस्तरमा प्रकाशित पत्रपत्रिकाहरूबाट जम्मा ६ सय ४१ वटा घटना संकलन गरिएको छ । साथै रुपन्देहीको कदम नेपालबाट ६८ र बाँकेको नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रबाट ३१ वटा घटना पनि यसमा समावेश गरिएको छ । महिलाका निम्ति महिला मञ्चले एक वर्षमा अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा काम गर्ने १८ जना महिलामाथिको हिंसाको घटनाको अभिलेखीकरण गरेको छ जुन तथ्याङ्क हाम्रो विश्लेषणमा समावेश छैन । साथै यस पुस्तकमा बन्दाबन्दीको समयमा हिंसा पीडित महिलालाई ओरेकले गरेको सहयोगको विवरण समेत संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । यसैगरी संकलित घटना मध्येबाट सार्वजनिक स्थानमा भएका हिंसाका घटनालाई पनि छुट्टै विश्लेषण गरिएको छ ।

Related Posts

Report of National Women’s Coalition- Secretariat for Universal Periodic Review ( UPR)

This joint submission has been prepared by the National Women’s

वार्षिक प्रतिवेदन २०८१/८२ (2024/25)

आर्थिक वर्ष २०८१/ ०८२ लाई फर्केर हेर्दा महिला पुर्नस्थापना केन्द्र