Newsroom

आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र

आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र

“रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२ साल मंसिर १३ र १४ गते काठमाडौँमा सम्पन्न अग्रणी सम्मेलन ले हिंसा प्रभावित महिलाहरूको सामूहिक आवाजलाई राष्ट्रिय रूपमा स्थापित गरेको छ। ३४औँ महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान तथा महिला मानव अधिकार रक्षक दिवसको अवसरमा आयोजना गरिएको यस सम्मेलनमा सातै प्रदेशबाट १०० भन्दा बढी हिंसा प्रभावित महिलाहरूको सहभागिता रहेको थियो। सम्मेलनले महिलालाई केवल प्रभावितको रूपमा होइन, परिवर्तनका संवाहक र नेतृत्वकर्ताको रूपमा अगाडि ल्याउँदै १२ बुँदे अग्रणी घोषणापत्र २०८२ पारित गरेको छ। यस घोषणापत्रले महिला हिंसा अन्त्य, समानता र स्वतन्त्र पहिचानको व्यवहारिक कार्यान्वयन, न्यायमा पहुँच र अधिकारमा आधारित सेवा प्रणाली स्थापना गर्न राज्यको स्पष्ट जिम्मेवारी माग गरेको छ। अग्रणी सम्मेलन एक कार्यक्रम मात्र नभई, हिंसा प्रभावित महिलाहरूको नेतृत्वमा अघि बढेको संरचनागत असमानता, असमान शक्ति सम्बन्ध र विभेदकारी सामाजिक–सांस्कृतिक मूल्य मान्यताविरुद्धको संगठित प्रतिरोध र परिवर्तनको स्पष्ट उद्घोष हो, र यी विभेदकारी सामाजिक संरचनाहरू परिवर्तन नभए सम्म हाम्रो संघर्ष निरन्तर रहने प्रतिबद्धता पनि सम्मलेनले घोषणा गरेको छ।

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि