Newsroom

जघन्य अपराधका आरोपित व्यक्तिलाई लुम्बिनी प्रदेश सरकारको मन्त्री बनाउने निणर्य प्रति गम्भिर आपति

जघन्य अपराधका आरोपित व्यक्तिलाई लुम्बिनी प्रदेश सरकारको मन्त्री बनाउने निणर्य प्रति गम्भिर आपति

बाँके नेपालगञ्जकी निर्मला कुर्मीको हत्याको आरोप लागेका लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) काे गम्भीर आपत्ति छ । निर्मलादेवी कुर्मीको हत्याका मुख्य अभियुक्त कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्रीमा नियुक्त गर्नु यो मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला राज्यले महिला विरुद्धका जघन्य अपराधलाई कसरी सरलीकरण गर्छ र दोषीलाई संरचनात्मक रूपमा संरक्षण गर्छ भन्ने ज्वलन्त उदाहरण हो ।

यस निर्णयले हिंसा पीडितहरूको न्यायमा पहुँचको दयनीय अवस्थालाई उजागर गर्दछ, जुन कुनै पनि परिस्थितिमा अस्वीकार्य छ। लोकतन्त्रका आधारभूत मूल्यमान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारले राज्य निकायमा नियुक्त व्यक्तिहरू स्वच्छ सामाजिक छवि भएको, विवादमुक्त, उच्च नैतिक चरित्र भएको र कुनै पनि आपराधिक अभियोगमा कानुनी रूपमा दोषी नहोस् भनी निर्देशन दिन्छ।

WOREC यस निर्णयको घोर भर्त्सना गर्दछ र यस्तो विवादास्पद व्यक्तिलाई मन्त्री पदबाट तुरुन्त फिर्ता लिन माग गर्दछ। यस्ता अक्षम्य गल्तीहरू सच्याइएन भने सबै मानवअधिकारकर्मीहरू एकजुट भएर विरोधमा सडकमा उत्रन बाध्य हुनेछन् ।

Related Posts

आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र

“रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२

Quarterly press release (Jan to March ) 2025