Newsroom

ध्यानाकर्षण पत्र 

ध्यानाकर्षण पत्र 

पछिल्लो समयमा विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपाल भित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी हालसम्म २,३१,२२८ (दुई लाख एकतिस हजार दुई सय अठाइस) व्यक्तिहरुमा कोरोना संक्रमण भएको र ९,८१७ (नौ हजार आठ सय सत्र) व्यक्तिहरुको यस संक्रमण बाट मृत्यु भैसकेको छ भन्ने तथ्याँक सार्वजनिक गरेको छ । हालसम्म विश्वका अधिकांश देशहरुमा कोभिड–१९ ले मानिसहरुको दैनिकी, उनीहरुको काम, देशको पर्यटन क्षेत्र, आर्थिक स्थिति, स्वास्थ्य स्थिति, आदिमा नकरात्मक असर पारीसकेको छ ।  अधिकांश देशहरुले आफ्नो सिमा नाकाहरु बन्द गरीसकेको र कोभिडको १९ को संक्रमणको अवस्थाले वैदशिक रोजगारीमा जाने श्रमिकलाई अति जोखिमयुक्त व्यक्तिहरुको सूचीमा पारेको छ । बैदेशिक रोजगारीमा गएका केही नेपालीहरुलाई गन्तब्य मूलुकहरुले नेपालमा फर्काइदिएका छन् भने केही श्रमिकहरु संक्रमणको डरले नेपाल फर्केको समाचारहरु विभिन्न संचारमाध्यमबाट हामिलाई अवगत नै छ । विश्व स्वास्थ्य संगठन ले कोरोना भाइरसको माहामारी अव नेपाल सहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ । दक्षिण पूर्वी एसियाली देशमा कोभिड १९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने संभावना प्रति ओरेकको ध्यानाकर्षण भएको छ । 
अहिले यस प्रतिबन्धको अवस्थामा पनि केही आप्रवासी कामदारहरुले आफू बस्ने कोठा भाडाको लागि रकम तिर्न सकीरहेका छैनन् भने कति व्यवसायहरु घाटामा गएका छन् र श्रमिकहरुलाई जागिरबाट हटाउने क्रम बढेको छ । त्यस्तै, महिला घरेलु श्रमिकहरु जो घरभित्र बसेर काम गर्छन् उनीहरु कोभिड १९ को संक्रमणको उच्च जोखिम्मा रहेका छन् किनकि उनीहरु सबैखाले सूचनाको पहूँचबाट टाढा छन् । उनीहरुलाई पर्याप्त सूचना, स्वास्थ्य र सामाजिक सुरक्षाको व्यवस्था छैन । अन्तराष्ट्रिय श्रम संगठनले करीब २५ लाख व्यक्तिहरुले यस संक्रमणको असरले आप्mनो काम छोड्नुपर्ने अनुमान गरेको छ । 
यसैगरी नेपाली नागरिकहरु वैदेशिक रोजगारीको लागि खाडी मूलुक लगायत मलेशियामा श्रमिकका रुपमा कार्यरत रहेको सर्वविदितै छ । नेपालले काम गर्ने खाडीका ६ देश र मलेशियामा पनि कोभिड १९ को संक्रमितको संख्या २००० पुगेको भन्ने समाचार हालै बाहिर आएको छ । विदेशमा बस्ने हरेक नेपालीको स्वास्थ्य र सबैखाले सुरक्षा अवस्थाबारे उचित कदम चाल्नु राज्यको दायित्व हो । खासगरी, वैदेशिक रोजगारीमा गएका कामदारहरू जो हरेक हिसाबले निरुपाय छन्, जसमा पनि घरेलु श्रमिकका रुपमा कार्यरतहरूको अवस्थाबारे सरकारले विशेष चासो राख्नुपर्छ र उनीहरूलाई कुनै सहयोगको खाँचो देखिएमा आवश्यक कूटनीतिक पहल गर्नुपर्छ । त्यसैले संक्रमणबाट प्रभावित मुलुकस्थित नेपाली दूतावासहरूले त्यहाँ भइरहेका हरेक घटनाक्रमको सूचना अविलम्ब नेपाल सरकारलाई उपलब्ध गराई  सम्बन्धित देशमा रहेको नेपाली राजदुतावास र यहाँकोश्रम मन्त्रालय, बैदेशिक रोजगार विभाग, बैदेशिक रोजगार बोर्ड जस्ता तहबाटै कूटनीतिक पहलहरू यथासक्य छिटो शुरु गरियोस् ।  
सम्बन्धित निकायहरुको तपशिल बमोजिमका बुँदाहरुमा ध्यानाकर्षण होस् 

  • बैदेशिक रोजगारबाट फर्केकालाई विमानस्थल देखि आफ्नो गन्तब्य स्थल सम्म नपुग्ने अवस्था सम्म विभिन्न रोकथामका उपायहरु र कोभिड १९ संक्रमणको बारेमा सचेत गराइयोस् ।
  • संक्रमणको जोखिमलाई कम गर्न बैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने व्यवस्था स्थानीय, प्रदेश तथा संघीय सरकारबाट गरियोस् ।
  • सम्बन्धित देशमा रहेको नेपाली राजदुतावासले श्रमिकका रुपमा कार्यरत नेपालीहरुलाई संक्रमणको जोखिम र रोकथामका उपायहरुको बारेमा पर्याप्त मात्रमा पहुँचयोग्य हुने गरी सूचना प्रदान गरियोस् ।
  • वैदेशिक रोजगारबाट फर्किएकाहरुको आर्थिक भारको लेखाजोखमा गरी यस बोझलाई कम गर्न आर्थिक सहयोग प्याकेजको व्यवस्था गरियोस् । 
  • संक्रमितहरुको तथ्याँक संकलन गर्दा लैंगिक बर्गिकृत तथ्याँक संकलन तथा विश्लेषण गर्न जरुरी छ । जसमा संक्रमितको दर, भिन्न आर्थिक असर, महिलाको सेवामूलक कामको भार र यौनिक तथा लैंगिक विभेदमा आधारित हिंसाको घटनालाई पनि समावेश गरियोस् ।
  • कोभिड १९ को संक्रमणको असरलाई ध्यानमा राख्दै यौनिक तथा लैंगिक विभेदमा आधारित हिंसाको  प्रभावितलाई दिइने राहत र सुरक्षा सुनिश्चित गर्दै दण्डहिनताको अवस्था आउन नदिन र आपतकालिन अवस्थामा यस्ता घटनालाई रोकथाम तथा सम्बोधन गर्न जिम्मेवार निकायहरुबाट यस सवाललाई प्राथमिकतामा राखि विशेष व्यवस्था गरियोस् ।

Related Posts

बढ्दो मूल्यवृद्धिको प्रभाव : श्रमिक अधिकारका लागि राज्यको तत्काल सम्बोधनको माग

प्रेस विज्ञप्ति हाल मध्यपूर्वी एसियामा भइरहेको यूद्धका कारण विश्व अर्थतन्त्र

१६ वर्षीया दलित बालिका माथि भएको बलात्कार पछि हत्या घटना प्रति गम्भीर ध्यानकर्षण

ओरेक सुर्खेत जिल्ला, वीरेन्द्रनगर–१ स्थित सामुदायिक वनमा १६ वर्षीया इनिसा