Publications

निर्वाचन विशेष : भय रहित र समावेशी निर्वाचनको माग सहित मानव अधिकार रक्षकहरुको सिफारिस

निर्वाचन विशेष : भय रहित र समावेशी निर्वाचनको माग सहित मानव अधिकार रक्षकहरुको सिफारिस

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मुलुकको राजनीतिक तथा सामाजिक अवस्था संवेदनशील बन्दै गएको सन्दर्भमा ओरेकको आयोजनामा सातै प्रदेशका ६५ भन्दा बढी मानव अधिकार रक्षकहरूको सहभागितामा भर्चुअल वेवीनार सम्पन्न भयो। कार्यक्रममा निर्वाचन अवधिमा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका उम्मेदवार तथा मतदातामाथि हुन सक्ने धम्की, हेट स्पिच, गलत सूचना, दबाब तथा हिंसाको जोखिमबारे गहन छलफल गरिएको थियो। साथै, सुरक्षित र प्रमाणमा आधारित अभिलेखीकरण, जोखिमयुक्त क्षेत्रका लागि विशेष सुरक्षा योजना, पहुँचयोग्य र अनुकूल मतदान केन्द्र, डिजिटल हेट स्पिच अनुगमन प्रणाली तथा मानव अधिकार रक्षकहरूको सुरक्षा र कानुनी संरक्षण सुनिश्चित गर्नुपर्ने विषयमा मुख्य सिफारिसहरू प्रस्तुत गरिएका छन्। लोकतान्त्रिक मूल्य, समान सहभागिता र भय रहित मतदान वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।.

Related Posts

Youth Forum for Democracy and Women’s Rights

Program: Campaign for Democracy, Women’s Rights and Youth ParticipationLocations: Biratnagar

सामाजिक परीक्षण प्रतिवेदन २०८२