प्रेश विज्ञप्ती
सामाजिक, राजनैतिक, आर्थिक रुपान्तरण सहित लैंीगक समानता र सामाजिक न्यायको अभियानमा विगत ३२ वर्षदेखि कार्यरत महिलावादी गैरसरकारी संस्था महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्नो स्थापना दिवसको अवसरमा संस्थाद्धारा समुदाय तहदेखि सम्पन्न गरेका गतिविधिहरुको संगालो प्रदर्शनी गरीे ३२ औ वार्षिकोत्सव कार्यक्रम संस्थाको कार्यालय बालकुमारीमा आज अप्रिल २, २०२३ का दिन सम्पन्न गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा ओरेकले हालसम्म महिला अधिकारको आन्दोलन र सामाजिक रुपान्तरणको अभियानमा स्थानीय तथा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा गरेका गतिविधि, प्रभाव, उपलब्धी र सिकाईहरुको श्रव्यदृष्यका साथै तथ्यगत प्रदर्शनी गरेको छ । यस संगालो प्रदर्शनीमा सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, महिला अधिकार सुनिश्चितताको अभियानमा अभियानरत अभियन्ताहरु, युवाहरु, लगायत विभिन्न समुह, सञ्जालका पदाधिकारीहरुको सहभागिता रहेको थियो । एकदिने संगालो प्रदर्शनी कार्यक्रममा जम्मा ९७ जनाले कार्यक्रम तथा अभियान प्रदर्शनीको अवलोकन गरी संस्थाले गरेका उल्लेखनीय योगदानको कदर गर्दै आगामी दिनमा सामाजिक रुपान्तरणको अभियानमा थप शसक्त भएर निरन्तर लागि पर्न पृष्ठपोषण प्रदान गरेका थिए । तथा सहजीकरण गरेका थिए ।
यसै क्रममा संस्थाद्धारा संचालित अभियानमा आधारित सामाजिक न्याय र रुपान्तरण सम्बन्धी सम्पन्न गतिविधिको भिडियो, ग्यालरी तथा फोटो प्रदर्शनी गरिएको थियो । ग्यालरी प्रदर्शनमा संस्थाले गरेका महिला हिंसा विरुद्धको अभियान, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अभियान र मानव अधिकार तथा सामाजिक न्यायको अभियान अन्तर्गत सम्पन्न भएका गतिविधिहरु र यसका झलकहरु तथ्यमा आधारित भएर प्रदर्शनी भएको थियो । यसका साथै सरोकारवालाहरुलाई आर्थिक बर्ष २०७८/७९ को संस्थागत वित्तिय विवरण, कर्मचारी संरचना, नीतिगत व्यवस्था समेतको जानकारी गराएको थियो । यसका साथै ओरेकको यस संगालो प्रदर्शनीमा विगतमा गर्दै आएका अभियानबाट विषयगत क्ष्ोत्रमा फड्को मारेको कुरालाई पनि प्रदर्शन गरिएको थियो । जुन संस्थाको पञ्चवर्षिय रणनैतिक योजना अन्तर्गत रहेको व्यहोरा संस्थाको तर्फबाट अवगत गराईयो । जसमा संस्थाका चारवटा विषयगत क्षेत्रहरु : मानव अधिकार तथा सामाजिक न्याय, पर्यावरणिय न्याय र महिला नेतृत्व, गुणस्तरीय सेवा र ज्ञान व्यवस्थापन रहेका छन् ।
महिलाको विविधता सहित महिलाहरुलाई खाद्य, स्वास्थ्य तथा रोजगारीका अधिकार प्राप्त गर्न सहजिकरण गर्ने संस्थाको रणनैतिक उद्देश्य अनुरुप यस वार्षिकोत्सव समारोहमा ओरेकसंग आवद्ध भएका उद्यमशिल महिलाहरुले उत्पादन गरेका खाद्यान्न सामाग्री, सेनिटरी प्याड, हस्तकलाका सामाग्रीहरुको स्टलराखी प्रर्दशनी गरिएको थियो ।
एउटा बेचविखनबाट प्रभावित किशोरीको कथाबाट प्रभावित भै स्थापना भएको संस्था ओरेकले हरेक बर्ष आफ्नो बार्षिक उत्सव मनाउँदै आएको छ । महिलाको विविधता र पहिचानसहित महिलालाई खाद्य, स्वास्थ्य तथा रोजगारीका अधिकार प्राप्त गर्न सहजिकरण गर्ने, लैङ्गिक उत्तरदायी समावेशी शासनका लागि उपयुक्त वातावरण सृजना गर्ने, महिला तथा किशोरीहरुको क्षमता विकासमा सहजीकरण गरी आफ्नो स्वनिर्णयको अधिकार र आफ्नो शरीर माथिको अधिकारका लागि निर्णय गर्न सक्ने क्षमता विकास गर्ने रणनीति लिएको छ । सोही रणनीति अनुरुप संस्थाले आफुलाई सामाजिक आन्दोलनका लागि एक महिलावादी स्रोत केन्द्रको रुपमा स्थापना गर्दै अघि बढाउने र समान उद्देश्य भएका स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मका संघ संस्था तथा संजालहरुसंग सहकार्य र उनीहरुमा रहेको ज्ञान तथा सीपको प्रभावकारी प्रयोग गर्दै आएको छ । महिला अधिकारका सवालहरुलाई स्थापीत गर्नका लागि आगामी दिनमा पनि कटिवद्ध भएर अघि बढ्ने विश्वास दिलाउँदै सामाजिक रुपान्तरणको अभियानमा सरोकारहरुको साथ सहयोग र ऐक्यवद्धताका लागि संस्था प्रतिबद्ध छ ।