Newsroom

महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिको घोर भत्र्सना

महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिको घोर भत्र्सना

२०७६ असार ५ गते इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिका चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा  दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समानता र सामाजिक न्यायकालागि संघर्षरत हामी सबै महिला मानव अधिकार रक्षकहरु प्रमुख चौधरीको उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दछौं ।   
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाकालागि भएका आन्दोलनमा पुरुष सहकर्मीसँग काँधमा काँध मिलाएर आन्दोलनमा होमिँदै गर्दा नेपाली महिलाले निरंकुश सामन्ती पितृसत्तात्मक सोंचमा पनि परिवर्तन आउने अपेक्षा गरेका थिए । लोकतन्त्रकालागि लडिरहँदा महिलाहरु पनि आत्मसम्मानपूर्वक बाँच्न पाउने वातावरण बन्ला र लोकतन्त्रको अनुभूति गर्न पाइएला भन्ने आसा थियो । तर लोकतान्त्रिक शासन व्यवस्थाका शासकहरुले समेत एकपछि अर्को गर्दै महिलाप्रति विभेद तथा हिंसा गर्ने सोंचलाई नै निरन्तरता दिइरहेका छन् । उपमहानगरपालिकाका नगर प्रमुख चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति यही सिलसिलाको पछिल्लो कडी हो । मेयरले अभिव्यक्त गरेका शब्दहरु आपत्तिजनक छन, अपमानपूर्ण छन् । उनको सो अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेको हाम्रो ठहर छ । उनले प्रयोग गरेको भाषा तथा शब्द कानुनी रुपमा समेत बर्जित शब्द हुन् । त्यस्ता शब्द प्रयोग गर्नेहरुलाई अविलम्ब कानुनी कारवाही गरिनु पर्दछ ।  पटक –पटक  महिलाको आत्म सम्मान माथि आँच पुग्ने गरी  सिके राउतले दिएको अभिव्यक्ति त्यसैगरी महिलालको चरित्र हत्या हुने गरी धनगढी उपमहानगरपालिका वडा नं.१८ का वडाध्यक्ष मुरारी अधिकारीले चरित्रहिन महिला हुन भनी गरिदिएको  सिफारिस जस्ता अपमानजनक व्यवहार प्रति घोर भत्र्सना गर्दछौ । बंगलादेसमा एमबिबिएस पढ्दै गरेका छात्राहरुको विषयमा विवादास्पद अभिव्यक्ति दिएकै कारणले मन्त्रीले आफ्नो पदबाट राजनीमा दिएको सन्दर्भ स्मरण गराउँदै मेयर चौधरी संलग्न पार्टीले उनलाई अबिलम्ब कारवाही गरोस् भन्ने हाम्रो माग छ । यसका साथै नेपालको कानुन अनुसार  यस्ता व्यक्तिलाई प्रशासनद्वारा कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षसँग आग्रह गर्दै महिला अस्मिताबिरुद्धका यस्ता व्यवहार बिरुद्ध आवाज उठाउन मानव अधिकारकर्मी अनुरोध गर्दछौं । 
१.महिला मानव अधिकार रक्षक संजाल
२. गैर सरकारी संस्था महासंघ
३. महिला बिकास समाज
४. दलित महिला अधिकार मंच नेपाल
५. मानव अधिकारका लागि महिला एकल महिला समुह
६. नागरिक संवाद केन्द्र
७. सिविन नेपाल
८. ओरेक नेपाल
९.ईन्सेक
१०. दलित महिला संघ
११.संघिय दलित सिल्पी मंच
१२. कमैया प्रथा उन्मुलन समाज
१३. नारी उत्थान मंच
१४.महिला स्वास्थ्य स्वयमसेविका
१५.क्रियाशिल महिला पत्रकार

Related Posts

Quarterly press release (Jan to March ) 2025

चिन्ताजनक वायु प्रदूषण र यसको स्वास्थ्य प्रभावबारे ध्यानाकर्षण ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) मानव अधिकार, सामाजिक न्याय र पर्यावरणीय