Newsroom

महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै

महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै

महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण कायमै, २५८ जना (६३ प्रतिशत) महिला तथा बालिकामाथि हिंसा, श्रीमान् र परिवारका सदस्यहरुबाट नै

संस्थाले स्थापनाकाल देखि नै महिला अधिकार सुनिश्चितताका लागि लैगिंक समानताको अभियान संचालन गर्दै आएको छ । समाजमा रहेको महिला तथा किशोरीलाई हेर्ने विभेदकारी दृष्टिकोणका कारण नेपालमा विशेषगरी महिला, किशोरी तथा बालिका माथि विभिन्न किसिमका हिंसाहरु हुदै आएका छन्। पितृसत्तात्मक संरचनाको आडमा चलिरहेको हाम्रो समाजमा महिला किशोरी तथा बालिकामाथि हुने हिंसा मध्ये घरेलु हिंसा एक प्रमुख हिंसा हो । घरेलु हिंसाका विविधरुपहरु हामीले पटक पटक देख्दै आएको छौ । महिलालाई कुटपिट गर्ने, खानलाउन नदिने, घरबाट बाहिर निस्कन नदिने, श्रीमान्‌ले जबरजस्ती यौन सम्पर्क राख्ने ( वैवाहिक बलात्कार), परिवारका सदस्यहरुले अशलिल गाली गालौच गरि मानसिक यातना दिने, सम्पतीबाट वञ्चीत गर्ने, नागरिकता विवाह दर्ता लगायतका कुरामा असहयोग गर्ने, छोरी मात्र पायो भनेर हेला गरि अर्को विवाहको मानसिक त्रास पैदा गर्ने र ज्यान नै मार्ने जस्ता अनेक घटना भित्र भित्रै भुसको आगो जस्तै सल्किरहेका छन । यती मध्ये निकै कम घटना मात्र बाहिर आउने गर्दछन । हिंसाका घटनामा कुटपिट र ज्याने जाने जस्ता घटना भए मात्र ती घटना बाहिर आउँछन । तर अन्य कतिपय हिंसाका घटना बाहिर आउन सकिरहेका छैनन् । विशेषगरि विभेदकारी सामाजिक संरचनाका कारण ति घटनालाई आफु माथि भएको हिंसाको घटनाको रुपमा बुझ्‌न नसक्नुवा स्वीकार गर्न बाध्य पारिएका छन्। बुझे पनि विविध सामाजिक कारणले ती घटना बाहिर आउन सक्दैनन । बाहिर आएका घटनामा पनि उल्टै प्रभावितलाई नै दोषि भनेर थप हिंसा हुने काम भइरहेको छ । ओरेकले असार महिनामा संस्थामा अभिलेखिकरण गरेका (२०२) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (५६) तथ्याङ्कका आधारमा जम्मा २५८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ । हरेक महिना झै असार महिनामा अभिलेखीकरण भएका घटनालाई विश्लेषण गर्दा समग्र १३९ जना (५४ प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएकोतथ्याङ्कले देखाएको छ । ५९ जना (२३ प्रतिशत ) माथि यौन हिंसा र ११ प्रतिशत माथि सामाजिक हिंसा भएको पाईएको छ । घटनालाई हेर्दा ६३ प्रतिशत हिंसा श्रीमान्‌र परिवारको सदस्यहरुबाट भएको छ । साथै २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने किशोरीहरूले तिन चौथाई (७५ प्रतिशत) घरेलु हिंसा को सामना गर्नुपरेको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्कबाट प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुनुपर्नेमा घरभित्रै महिला तथा बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेको देखाउँछ ।

s_ dlxnf tyf aflnsfdfly lx;fsf] k|sf/

यसैगरी असार महिनामा ओरेकले अभिलेखीकरण गरेको घटनाको तथ्याङ्कलाई विश्लेषण गर्दा ३६ जना (१४ प्रतिशत) महिला तथा बालबालिका माथि बलात्कार भएकोघटना तथ्याङ्ककले देखाउँछ । जसमध्येआदि भन्दा बढी २८ जना नाबालिकाको बलात्कार भएको छ । त्यस्तै ९ वटा (३ प्रतिशत) यौन दुर्व्यवहारको घटना, १० वटा (४ प्रतिशत) हत्याको घटना, र ३ वटा (१ प्रतिशत) मानव वेचविखन जस्तो जघन्य अपराधको घटना संकलन भएको छ ।

ख) विवाह गर्दा को उमेर र घरेलु हिंसाको प्रकार (आषाढ—२०७९)

यस असार एक महिनाको अवधिमा मात्र कुल १२४ विवाहित महिला तथा किशोरिहरु माथि घरेलु हिंसा भएको थियो । जसमध्ये २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने महिला र किशोरीहरूले तिन चौथाई (७५ प्रतिशत) घरेलु हिंसा को सामना गर्नुपरेको तथ्यांकले देखाएको छ ।

केही प्रतिनिधी मुलक घटनाहरु

१. छिमेकीले देखे पछि बाँचेकी रोका (नाम परिवर्तन) १८ बर्षिया रोकाले १६ वर्षको उमेरमा बिहे गरेकी थिइन । कक्षा ८ मा पढदै गर्दा १५ दिन जति फोनमा कुरा भएको केटालाइ विश्वास गरेर उनले भागेर बिहे गरेकी थिइन्। तर बिहे गरेको केही समय पछि उनको श्रीमान्‌ले दाइजो नल्याएको भन्दै कुटपिट गर्न सुरु गरे पनि उनी सहेर बसेकी थिइन् । बिहेको १ वर्ष पछि रोकाले छोरा जन्माइन्। तर आर्थिक अवस्था कमजोर भएको कारण सुत्केरीमा उनको स्याहार नपुगेर शरीर कमजोर हुदै गएको थियो । त्यसमाथि दिनदिनैश्रीमान्‌को यातना र कुटपिटले उनी कमजोर हुदै गएकी थिइन्। पटक पटक सम्झाउदा पनि दाइजो नल्याएकोले मारी दिन्छु भनेर रोका माथि उनका श्रीमान्‌ले पटकपटक कुटपिट गरिरहन्थ्यो । एकपटक बेस्सरी कुटेर मरी भनेर सिस्नोको झाडीमा श्रीमान्‌ले फालेको छिमेकीले देखेपछि रोकाको माइतीमा खबर गरिदिएका कारण उनी बाँच्न सफल भएकी थिईन्। कुटपिटबाट सक्त घाइते भएकी उनको रुकुममा उपचार हुन नसकेपछि नेपालगन्ज लगेर माइतीले उपचार गरिदिएका थिए । त्यही बेला ज्यान मार्ने उद्योगमा उजुरी गरेपछि रोकाको श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको थियो । छोरीको उपचार गर्छ कि भनेर प्रभावितकोबुवाले प्रहरीमा मिलापत्र गरेर श्रीमान्‌लाइ छुटाईदिए पनि रोकाका श्रीमान्‌ले उपचारमा सहयोग समेत गरेनन्। अहिले उनी माइतमै बस्छिन । उनको शरीरका घाउ अहिले पनि राम्रोसँग भरिएका छैनन्। रोकाकै कारण उनका बा आमाको सम्बन्ध पनि बिग्रदै गइरहेको छ । घर फर्केर जाने वातावरण छैन । उता छोराको जन्मदर्ता पनि नभएकोले पोषण भत्ता पाउनबाट पनि वञ्चीत भएकी छिन् ।

२. मनिता ( नाम परिवर्तन) को १५ वर्षको उमेरमा बिहे भएको थियो । बिहे गरेको केही समय पछि श्रीमान्‌ले कुटपिट गर्न शुरु गरे । श्रीमान्‌ले हेला गर्न सुरु गरेपछि परिवारका अन्य सदस्यले पनि गाली बेइजती र हेला गर्न थाले । त्यति मात्र नभई श्रीमान्‌ले उनलाई जर्बजस्ती यौन सम्पर्क समेत राख्न थाले । मनिताले यौन सम्पर्कको लागि नमान्दा उनलाई कुटपिट गरेर भएपनि यौन सम्पर्क राख्न खोज्थे । मनिताको महिनावारी भएकोबेला समेत उनले यौनसम्पर्कको लागि तयार हुनु पर्थ्यो । सहनै नसक्ने भएपछि उनले प्रहरी कार्यालयमा उजुरी पनि गरिन तर श्रीमान श्रीमतीको कुरा भनेर मिलापत्र गरेर पठाइयो । २०७७ को असारमा पनि त्यस्तै घटना दोहरिए पछि मनिता ओरेक नेपालको सम्पर्कमा आइन् । ओरेकले जिविकोपार्जन कार्यक्रम अन्तरगत रु २५ हजार सहयोग पाई हाल आफ्‌नै व्यवसाय सञ्चालन गरी रहेकी छिन् ।

३. अधिकारको लागि एकल महिला मेनुकाको सँघर्ष मेनुका (नाम परिवर्तन) को विवाह १९ वर्षको उमेरमा भएको थियो । विहे गरेको केही दिन पछि उनले श्रीमानको पहिले नै विहे भएको कुरा थाहा पाइन । पहिलाको श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेको भएपनि एउटा छोरा घरमै भएको उनले विहे पछि मात्र थाहा पाइन । उनकोश्रीमानको सासुसुसरासँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसैले सासु ससुरा रिसाएर भारत गएका थिए । त्यही बेला मेनुकाको छोरा जन्मियो । बच्चा जन्मिएको ५ महिना पछि उनको श्रीमान बुवा आमालाई घर फिर्ता ल्याउने र पैसा पनि कमाउछु भनेर भारत गए । तर घरबाट हिडेको तेस्रो दिननै उनकोमृत्यु भएको खबर आयो । मृत्युको खबरले मेनुका अचेत जस्तै भएकी थिइन । त्यो बेला सासु ससुराले लास बुझेर भारतमै अन्तिम संस्कार गरेर फर्के । मेनुकाको श्रीमानको के भएर मृत्यु भएको भन्ने पनि उनलाई जानकारी दिइएन । केही समय पछि मेनुकाले बच्चाको जन्मदर्ताको लागि नागरिकता मागेपछि ससुराले उनी माथि दुर्व्यवहार गर्न सुरु गरे । ससुराले रक्सी खाएर गुप्ताङ्ग देखाएर अपमान गर्ने अनि घरबाट नै निकालि दिए पछि मेनुकाले वडा कार्यालयमा जाहेरी दिएकी थिइन्। जनप्रतिनिधीहरुले कुरा मिलाउन नसकेपछि मेनुका जिल्ला प्रहरी कार्यालय सम्म पुगिन । प्रहरीमा छलफल हुदाँ ससुराले बुहारीको हिस्सा जग्गा पास गरिदिन्छु भनेर कागज बनाएका थिए । तर त्यसको तिनदिन पछि सम्बन्ध बिच्छेद भइसकेकी जेठी बुहारीको नाममा जग्गा किनबेच गरि पास गर्न लागेको फेला परेपछि मेनुकाले सो जग्गा रोक्का गराएकी छिन । श्रीमान वितेको महिना दिन पनि नबित्दै ससुराले सम्पत्तिबाट वञ्चीत गर्न खोजे पछि मेनुका अहिले जिल्ला अदालत सम्म पुगेकी छिन ।

यद्यपी धेरै हिंसाका घटनाहरु सार्वजनिक हुन सकेका छैनन्‌भने घरपरिवारका व्यक्तिहरुबाट भएका घटनाको उजुरी दिन प्रभावितहरुले नसकेको र तत्काल हिंसा प्रभावितका लागि सेवा प्रदान गर्ने सहयोगी संयन्त्रहरु पनि प्रभावित मैत्री नहुँदा न्याय पाउने विश्वास नै नभएका कारण पनि घटनाहरु बाहिर नआएको अवस्था छ ।

ग) हिंसा प्रभावितको उमेरको आधारमा वर्गीकरण

असार महिनामा २५८ जना महिला तथा बालबालिका माथि हिंसा भएको छ । जसमध्ये७७ जना (३० प्रतिशत) १८ देखि २५ बर्ष उमेर समुहका छन्। त्यसैगरी ७१ जना (२८ प्रतिशत) २६ देखि ३५ बर्ष, ५० जना (१९ प्रतिशत) १८ वर्ष मुनि, ४० जना (१६ प्रतिशत) ३६ देखि ४५ बर्ष, ९ जना (४ प्रतिशत) ४६ देखि ५५ वर्ष सम्म, ७ जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथि रहेका छन् ।

घ) हिंसा प्रभावितको आरोपितसँगको सम्बन्ध

अभिलेखित तथ्याङ्ककलाई विश्लेषण गर्दा प्राय जस्तो घटना श्रीमान (४६ प्रतिशत )र (१६ प्रतिशत) परिवारका सदस्यबाट भएको पाइन्छ । त्यसै गरि २७ जना (११ प्रतिशत) छिमेकि, १७ जना (७ प्रतिशत प्रेमी), २३ जना (९ प्रतिशत) अपरिचित व्यक्ति, र ८ जना (३ प्रतिशत) समुदायका सदस्यबाट हिंसा भएको जानकारी पाइएको छ । कुनै पनि व्यक्तिको सबैभन्दा नजिकको सम्बन्ध श्रीमान/परिवार सदस्य हो। यद्यपि, तथ्याङ्क हेर्दा आधा भन्दा बढी (६३ प्रतिशत) हिंसा श्रीमान र परिवारका सदस्यहरूद्वारा प्रभावितले सामना गरिरहेका छन्। घरलाई सबैभन्दा सुरक्षित ठाँउ मानिएता पनि तथ्याङ्ककले महिलाहरु घरमै असुरक्षित रहेको प्रमाणित गरेको छ ।

निश्कर्षः

घरेलु हिंसा निवारण र बालविवाह सम्बन्धी ऐन तथा कानून कार्यान्वयन भइसके पनि प्रभावितहरुले न्याय पाउन र आफु माथि भएको घटना सार्वजनिक गर्न व्यवहारमा धेरै समस्या देखिएका छन्। महिलाले हिंसा भोग्नु नियती हो भनेर स्वीकार गर्न बाध्य पारिनुसबैभन्दा ठुलो समस्या र चुनौती हो । तसर्थ घरेलु हिंसाका घटनालाई न्युनीकरण गर्नका लागि व्यक्ति परिवार तथा समुदायस्तरमा नै व्यापक रुपमा सचेतिकरणका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । साथै कम उमेरमा हुने विवाहका हानिकारक प्रभावहरूप्रति विद्यालय स्तर देखि नै बालबालिकाहरुले बुझनु पर्ने आवश्यकता देखिन्छ । त्यसैगरी समाजका सबै वर्ग विशेष गरि महिलाहरुले हिंसा के हो ? र हिंसालाई सहनु हुदैन भन्ने कुरालाई बुझ्‌न सबै भन्दा जरुरी छ र हिंसाका घटनामा प्रभावितलाई संरक्षण र न्यायको लागि पहल गर्न पनि सबै सरोकारवालाहरुले संवेदनशील भई समन्वय र सहयोग गर्नु पर्दछ । सबै मिलि हिंसारहित वातावरणको निर्माण गर्नु सबैको दायित्व हो ।

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि