मिती : २०८२ फाल्गुन २९ गते
महिला पुनस्थार्पना केन्द्र (ओरेक) ले आफ्नो स्थापना काल देखी नै महिलाहरुको हक र अधिकारका लागी निरन्तर नितीगत पैरवी गर्दै आएको छ । जसका लागि संस्थाले समुदायसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरु संकलन, व्यवस्थापन तथा अभिलेखन गरी सोही आधारमा बिश्लेषणात्म प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिइरहेको छ । संस्थाले महिला हिंसाका घटना तथा यससँग सम्बन्धित पत्रपत्रिकामा प्रकाशित घटनाहरुलाई समेत संकलन गरी यस्ता हिंसाका घटना विश्लेषणमा हिंसाका प्रकार, उमेर समुह, पेशा, पीडक, भौगोलिक रुपमा भएको प्रभावका सम्बन्धहरु समेट्ने गरेको छ । यस महिना ओरेकले जनवरी महिनामा संस्था कार्यरत विभिन्न जिल्लाहरुबाट कूल १०९ (१२ वटा पत्रपत्रिका र ९७ वटा आरेक कार्यरत जिल्लाहरुबाट) महिला हिंंसाका घटना संकलन तथा सो को बहुपक्षीय विश्लेषण गरेको छ ।
क) महिला हिंसाको प्रकार
कुल १०९ हिंसाका घटना मध्ये ५४.१३ प्रतिशत (५९ जना) घरेलु हिंसाका शीकार भएका छन् भने १७.४३ प्रतिशत (१९ जना) यौन हिंसा, ६.४२ प्रतिशत (७ जना) सामाजिक हिंसाबाट प्रभावित भएका छन् । त्यस्तैगरी, १३.७६ प्रतिशत (१५ जना)को हत्या तथा हत्याको प्रयास भएको र ०.९२ प्रतिशत (१ जना) मानव वेचविखनमा परेका छन् । त्यस्तै २.७५ प्रतिशत (३ जना) ले आत्महत्या तथा आत्म हत्याको प्रयास गरेका छन् र बाँकी ४.५९ प्रतिशत (५ जना) अन्य हिंसाका सिकार जस्तै साइबर अपराध, अलपत्र ।

ख.) प्रदेशगत विवरण
प्रदेशगत रुपमा हेर्दा, सबै भन्दा बढी हिंसाका घटना, कोशी प्रदेशमा घटेको पाइएको छ जुन कुल हिंसाको ३७.६१ प्रतिशत (४१ वटा) हो । त्यसैगरी, क्रमशः २९.३६ प्रतिशत (३२ वटा) मधेश प्रदेशमा, ३.६७ प्रतिशत (४ वटा) बाग्मती प्रदेशमा, ०.९२ प्रतिशत (१ वटा) गण्डकी प्रदेशमा १५.६० प्रतिशत (१७ वटा) लुम्बिनी प्रदेशमा, १.८३ प्रतिशत (२ वटा) कर्णाली प्रदेशमा ९.१७ प्रतिशत (१० वटा) सुदुरपश्चिमबाट, र बाँकी १.८३ प्रतिशत (२ वटाका)े प्रदेश भने नखुलेको पाइएको छ

ग) प्रभावितको उमेर
हिंसा प्रभावितको उमेर विश्लेषण गर्दा, सबै भन्दा बढी प्रभावित हुने महिला २६ देखी ३५ वर्ष उमेर समुहका रहेको पाइएको छ जस्लाई सक्रिय उमेर समुह भनेर पनि बुझिन्छ । उक्त उमेर समुहका महिला २८.४४ प्रतिशत (३१ जना) रहेका छन् । त्यसैगरी, १६.५१÷१६.५१ प्रतिशत (१८÷१८ जना), ३६ देखी ४५ वर्ष उमेर समुहका र १८ वर्ष मुनिका किशोरी रहेका छन् । १८ देखी २५ वर्ष उमेर समुहका २७.५२ प्रतिशत अर्थात ३० जना, ४६ देखी ५५ वर्ष उमेर समुहका र सो भन्दा माथिका ४.५९÷४.५९ प्रतिशत अर्थात ५÷५ जना हरेका छन् भने १.८३ प्रतिशत (२ जना) को उमेर समुह नखुलेको पाइएको छ ।

घ) प्रभावितको जातीयता
प्रभावितलाई जातिगत रुपमा विश्लेषण गर्दा सबै भन्दा बढी हिंसामा पर्ने महिला तराई जनजातिका रहेका छन् जुन हिंसाको २४.७७ प्रतिशत (२७ जना) रहेका छन् । त्यसैगरी, १५.६० प्रतिशत (१७ जना) ब्राहमण÷क्षेत्रि पहाडी, १.८३ प्रतिशत (२ जना) ब्राहमण÷क्षेत्रि तराई, १०.०९ प्रतिशत (११ जना) तराई दलित, ११.९३ प्रतिशत (१३ जना) पहाडि दलित, १.८३ प्रतिशत (२ जना) मुश्लिम, ७.३४ प्रतिशत (८ जना) पहाडि जनजाती र ४.५९ प्रतिशत (५ जना) को जातीगत अवस्था नखुलेको पाइएको छ ।

निष्कर्ण
माथिका तथ्याङ्कलाई हेर्दा अधिकाशं घटनाहरु घर भित्रै घट्ने गरेको पाईको छ । घर भित्र मात्र पनि होइन घर बाहिर पनि त्यत्तिकै असुरक्षित छन् महिला । घटनाको बहुपक्षिय विश्लेषण गर्दा सबै उमेर समुहका महिला त्यती नै जोखिम तथा हिंसामा परेको पाइएको छ । त्यस्तै आरोपित पनि कुनै एक उमेर समुह तथा एक जातीको मात्रै नभई हरेक जातीयताका छन् । माथि उल्लेख गरीएका त बाहिरिएका घटना मात्र हुन्, यस्ता थुप्रै घटना छन् जुन बाहिर आउन सकेका छैनन् । अझै घटना घटिसकेपछि प्रभावितले हिम्मत गरेर कानुनी प्रक्रियामा जान खोज्दा घटना दर्ता नहुने कुरा त कुनै नौलो होइन् जस्का कारण प्रभावितहरु विभिन्न किसिमको असरहरुबाट गुज्रिरहनु परेको छ जस्का कारण प्रभावितहरु पुन प्रभावित हुनु परेको, आत्म हत्या गर्न बाध्य भएको तथ्याङ्क पनि हामीले प्राप्त गरेका छौ ।
अहिलेको अवस्था हेर्ने हो भने, यौन हिंसाको घटना दिन प्रति दिन बढ्ढै गएको पाइएको छ । यौन हिंसा बढावा हुनुमा, न्यायीक निकाय सक्रिय नहुनु । प्रभावितलाई न्याय दिनुको साटो उल्टै आरोपितलाई संरक्षण दिने चलनले गर्दा यी र यस्ता हिंसा बढ्ढै गएको अनुमान गर्न सकिन्छ । किनभने आरेकमा आएका धेरै घटनाहरु न्यायीक प्रकियामा जान खोज्दा पनि त्यहाँ रहेका कर्मचारी अथवा सुरक्षा निकायका व्यक्तिले प्रभावितलाई नै दोषी देखाएर घटना अभिलेख नगर्ने, उजुरी गरेमा प्रभावितलाई नै समस्या हुन सक्ने जस्ता कुरा दर्र्साएर उजुरी फिर्ता लिन लगाउने जस्ता कार्य पनि भएको अनुभव आरेक आफैले पनि भोगीरहेको कुरा हो ।