Publications

राष्ट्रिय महिला सामाजिक मञ्च नेपाल २००९, मार्च ६–९

राष्ट्रिय महिला सामाजिक मञ्च नेपाल २००९, मार्च ६–९

“सामाजिक न्याय र समानतामा आधारित लोकतान्त्रिक नेपाल सम्भव छ – हामी बनाउँछौँ” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालमा राष्ट्रिय महिला सामाजिक मञ्चको आयोजना गरियो । पहिलोपटक सन् २००९ को मार्च ६–९ (वि.सं.२०६५ फागुन २३–२६) सम्म आयोजना भएको यस मञ्चमा विभिन्न कार्यक्रमहरू समेटिएका थिए । 

१. के हो सामाजिक मञ्च ? 

सामाजिक मञ्च आवाजविहीन, दमित, पछाडि पारिएका समूहहरूको बुलन्द आवाजलाई व्यक्त गर्ने साझा चौतारी हो । ब्राजिलबाट सुरु भएको सामाजिक मञ्चको अभियान भारतको मुम्बई हुँदै पाकिस्तानको कराची, वर्मा, भेनेजुएलाको कराकास, केन्याको नैरोबी, श्रीलङ्का आदि राष्ट्रहरूमा फैलिएको छ । अब आगामी दिनमा दक्षिण एसियाली सामाजिक मञ्चको आयोजना गर्ने अवधारणा आएको छ । विश्व सामाजिक मञ्चको मूल नारा “अर्को संसार सम्भव छ” को मान्यतालाई रा.म.सा.म.ले पनि आत्मसात् गरेको छ । 

सदीयौँदेखि सामन्ती कुसंस्कारको जालोमा अल्झिएको नेपाली शासन व्यवस्थाले गरेका विभेदकारी सामाजिक, आर्थिक तथा राजनैतिक अभ्यासका कारण सीमान्तीकृत वर्गले संयुक्त रूपमा आफ्ना मुद्दाहरूमाथि छलफल गरी उपयुक्त रणनीति बनाउने थलो बनेको छ, रा.म.सा.म. । विश्वव्यापीकरण, खुला बजार तथा नवउदारवादी नीति हावी रहेको आजको सन्दर्भमा सीमान्तीकरणका मुख्य तŒवहरूका बारेमा व्यापक छलफल तथा विश्लेषण गर्ने, विश्वव्यापी सवाललाई नेपालको वास्तविकतासँग तुलना गर्ने थलोको रूपमा विकास गर्न रा.म.सा.म.को अवधारणा अघि सारिएको हो । यो मञ्चको मुख्य उद्देश्य सामाजिक न्यायका लागि सामूहिक प्रयत्न तथा समानतामुखी आवाज रहेको छ । 

२) नेपालमा सामाजिक मञ्चको अपरिहार्यता 

आम नागरिकलाई लोकतन्त्रको अनुभूति गराउन नेपाल सरकारले विभिन्न कार्यक्रमहरू तर्जुमा गरेको छ । यस्ता कार्यक्रमहरू सीमान्तीकृत वर्गलाई केन्द्रित गरी ल्याइएका हुन् । राज्यले, जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधान निर्माण प्रक्रियाद्वारा संस्थागत गर्ने प्रयासको थालनी पनि गरेको छ । तर नेपाली समाजमा दिगो रूपले जरा गाडेर बसेको सामन्ती पितृसत्तात्मक मूल्य र मान्यताका छविछाप राजनितिक पार्टीहरू र नागरिक आन्दोलनमा अझै रहेको स्थिति छ । 

नेपाली महिलाले वर्तमान राजनैतिक रूपान्तरण प्रक्रियामा अग्रणी र निर्णायक भूमिका खेलेको कुरा कसैबाट लुक्न सकेको छैन । द्वन्द्वकालीन विषम परिस्थितिमा समेत बुद्धिमत्तापूर्ण भूमिका निर्वाह गरेको, आन्दोलनलाई देशका कुनाकाप्चामा रहेका हजारौँ जनताहरूमाझ पु¥याउन, दलहरूलाई सङ्गठित हुन र आन्दोलन विस्तार गर्न सहज गराएको र युद्धको स्थितिमा पनि महिलाहरूले खेलेको शान्ति निर्माणकर्ताको भूमिकालाई कसैले बिर्सन मिल्दैन । तर हाल आएर महिलाहरूको योगदान र भूमिकालाई पछाडि पार्ने दुष्प्रयास गरिँदै छ । महिला हिंसाका घटनाहरू एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । यसले राज्य अझै पनि महिला अधिकारप्रति पूर्ण जिम्मेवार र संवेदनशील बन्न नसकेको पुष्टि गर्दछ । 

१० वर्ष लामो द्वन्द्वको समयमा विस्थापन, दुव्र्यवहार (मानसिक, शारीरिक, यौनिक) र चरम यातनाको शिकार बन्न पुगेका हजारौँ महिलाहरू अझ पनि न्यायको प्रतीक्षामा छन् । महिलासँग सम्बन्धित मुद्दाहरूलाई गौण बनाउने दुष्प्रयास गरिँदै छ । त्यसैले शान्तिलाई दिगो बनाउने र संस्थागत गर्ने हो भने महिलाहरू एकजुट भई राजनीतिक पार्टी र नागरिक समाजलाई झकझक्याउन उनीहरूले ढिलो गर्नुहुन्न । 

महिलाहरू एकजुट हुन, दवावमूलक कार्यक्रम ल्याउन एउटा थलोको आवश्यकता पर्छ । त्यो थलो हो, रा.म.सा.म. ।

रा.म.सा.म. एउटा यस्तो थलो हो जहाँ महिलाहरू आफ्नो जीवन, जीविकोपार्जन, मर्यादा, स्वतन्त्रतासँग सम्बद्ध विषयहरूमा छलफल र बहस गरी निष्कर्ष निकाल्छन् । मञ्च संविधान मस्यौदाका लागि सुझाव संकलन गर्ने प्रक्रियालाई सहजीकरण र सहयोग गर्ने थलो भएको छ । महिलाहरूको आधारभूत मानवअधिकारको सम्मान हुने गरी न्यायपूर्ण समाजको निर्माणका लागि नयाँ दृष्टिका साथ दीर्घकालीन रणनीति तर्जुमा गर्न यो मञ्चको आवश्यकता टड्कारो रूपमा देखिएको छ । 

रा.म.सा.म. आयोजनाका लागि संयोजन गर्ने सस्ंथाहरू यसप्रकार रहेका छन् ः आरआरएन, इरिकन, ओरेक, दलित महिला सङ्घ, नेपाल अपाङ्ग महिला सङ्घ, नेपाल दलित महिला उत्थान सङ्घ, नेशनल फेडरेशन अफ वमन लिभिङ्ग विथ एचआइभी, महिला अधिकार मञ्च, युथ एक्सन नेपाल, शक्ति समूह । 

३. रा.म.सा.म.का उद्देश्यहरू

रा.म.सा.म.को उद्देश्य
    महिलाका सवालमाथि छलफल गर्न, महिलाका मुद्दाहरूसम्बन्धी आवाज उठाउन र महिलासम्बन्धी विश्वव्यापी परिवेश र स्थानीय मुद्दाबीच समन्वय गर्दै सामूहिक प्रयत्न गर्ने मञ्चको उद्देश्य हो । यसका साथै यसले महिलाआन्दोलनलाई अझ सशक्त र सबल बनाउन टेवा पु¥याउने विश्वास गरिएको छ । 

विशिष्ट उद्देश्यहरू 
    सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि महिला अभियान “कृतिका” को शुभारम्भ गर्ने, 
    स्वास्थ्यसम्बन्धी अधिकार, जमिनमाथिको अधिकार, महिलामाथि हुने हिंसा र बेचबिखनविरुद्धको अभियान, वास र खानाको अधिकार तथा अपाङ्गता र एचआइभी÷एड्ससम्बन्धी विषयमा उठाइने महिलाका आवाजलाई सबल बनाउने ।
    महिला आन्दोलनका उपलब्धिको अभिलेख राख्ने ।
    दिगो शान्ति र सामाजिक तथा राजनैतिक रूपान्तरणका लागि नेपाली महिलाको व्यापक सहभागितामा सम्पन्न सफल आन्दोलनलाई उत्सवको रूपमा मनाउने ।

४. सम्पन्न भएका कार्यक्रमहरू

४ दिनसम्म सञ्चालित रा.म.सा.म.का कार्यक्रमहरू निम्नलिखित छन् ः 
    पत्रकार सम्मेलन
    उद्घाटन समारोह
    विभिन्न विषयगत मुद्दामा कार्यशाला गोष्ठीहरू
    फोटो प्रदर्शनी
    सामाजिक सांस्कृतिक रूपान्तरणका लागि महिला अभियान ‘कृतिका’ ले तयार पारेको गीति चक्का ‘वेग’ को विमोचन
    विभिन्न सूचना केन्द्रित स्टलहरू
    समापन समारोह
    घोषणापत्र जारी 
    संविधान मस्यौदा समितिहरूलाई घोषणापत्र हस्तान्तरण गर्ने 

Related Posts

UNDERSTANDING INFERTILITY THROUGH SRHR: Trends and policy obstacles in Assisted Reproduction

Executive Summary In the heart of Nepal’s Morang District, many

अदृश्य जीवन र मृत्यु : नेपाली महिला आप्रवासी घरेलु श्रमिकहरुको मृत्यु र उनीहरुको परिवारको संघर्ष

नीतिगत समिक्षा