पदपूर्ति
पद: सुरक्षा आवास इन्चार्ज
संस्था: महिला पुनस्थार्पन केन्द्र (ओरेक)
स्थान: मोरङ्ग, विराटनगर
रिपोर्ट: जिल्ला संयोजक , ( मोरङ)
जिम्मेवारीहरु:
- सुरक्षित आवासमा सुरक्षा आवास निर्देशिका अनुसार समग्र रुपमा व्यवस्थापन गर्ने
- सुरक्षा आवास र त्यहाँ बसिरहेका महिलाको सुरक्षाको प्रत्याभुति गर्ने ।
- सुरक्षाको लागी आवश्यक परे नेपाल सरकारको सुरक्षा निकायको सहयोग लिन समन्वय गर्ने ।
- सुरक्षित आवासको दैनिक÷साप्ताहिक÷मासिक कार्ययोजना तथा दैनिक क्रियाकलापको कार्य/समय तालिका बनाई काम गर्ने ।
- सुरक्षा आवासमा प्रवेश गर्न, भेटघाट गर्न आउने आगन्तुकलाई निरुत्साहित गर्ने ।
- सम्बन्धित निकाय (कानून तथा स्वास्थ्य संस्थाहरु तथा संघसंस्थाहरु) संग समन्वय गरी प्रभावितहरुको न्यायमा पहुँच पु¥याउन सहयोग गर्ने
- सुरक्षा आवासलाई स्वच्छ, सफा राख्ने र हिंसा प्रभावित महिला, किशोरी तथा बालिका मैत्री वातावरण सिर्जना गर्ने । साथै लामो समय देखि सुरक्षा आवासमा बस्दै आएका प्रभावितहरुलाई दैनिक क्रियाकलापमा सहज रुपमा सहभागी हुन अभिप्रेरित गर्ने।
- सुरक्षित आवाससँग सम्बन्ध विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने । संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा घटना सम्प्रेषण भएर आउने सरकारी तथा गैरसरकारीसंघ संस्थामा भेटघाट गरि जानकारी प्रदान गर्ने । अस्पताल, प्रहरी प्रसाशन, संघसंस्था तथा विभिन्न संजालसंग आवश्यकता अनुरुप समन्वय गर्ने ।
- हिंसा प्रभावितहरुको आवश्यकता अनुसार घटनामा उचित तरीकाले सहयोग गर्ने ।
- आवश्यकता अनुसार मनोपरामर्श दिने र आत्मवल बढाउन सहयोग गर्ने ।समस्या भोगीरहेका व्यक्तिहरुसंग कुरा गरि मैत्रीपूर्ण वातावरण सृजना गर्ने ।
- प्रभावितहरुको बारेमा गोपनियता कायम राख्ने ।
- सुरक्षा आवासका कर्मचारीहरु तथा सुरक्षित आवासमा बस्ने प्रभावित व्यक्ति, आगन्तुक तथा तालिममा सहभागीहरुलाई आवश्यकता अनुसारले खाना, खाजा तथा वासको व्यवस्थापन गर्ने ।
- खाना वा खाजा खानेहरुको रकर्ड राम्रो संग राख्ने र लेखा शाखामा बुझाउने ।
- कार्यालय व्यवस्थापन तथा सुरक्षा आवास संचालनका लागि आवश्यक सर–सामानहरु खरिद गर्न माग फाराम भरि सम्बन्धित निकायमा स्वीकृती लिई खरिद गर्ने ।
- खरिद गरिएका सामाग्रीहरुको विल भौचर दुरुस्त राख्नुका साथै दैनिक रुपमा रजिष्टर व्यवस्थापन गर्ने । सम्बन्धित निकाय लेखा तथा प्रशासन शाखामा बुझाउने
- सुरक्षा आवासको जिन्सी सामानको रेकर्ड व्यवस्थित तरीकाले राख्ने ।
- सुरक्षा आवासमा दैनिक रुपमा प्रयोग गरीने फरम्याटहरुको सही तरीकाले उपयोग गर्न .
- हानिकारक परम्परागत अभ्यास विरुद्धको अभियानमा सवयं व्यवहारीक रुपमा परीवर्तन हुँदै समुदायलाइई परीचालन गर्ने गराउने ।
- साप्ताहिक, मासिक र त्रैमासिक प्रतिवेदन तयार गरी सम्बन्धित कार्यक्रम अधिकृतलाई बुझाउने ।
- संस्थाको सुरक्षित आवास सञ्चालन निर्देशिका, घटना व्यवस्थापन निर्देशिकामा भएका व्यवस्थाहरुको अनिवार्य कार्यान्वयन गर्ने र सुरक्षित आवासमा कार्य गर्दा अपनाउनुपर्ने आंचारसंहिताको पुर्ण पालना गर्नुपर्ने ।
- कार्यरत अवधिमा एक अर्कालाई असर पर्ने गरी अश्लिल शब्द, भिडियो म्यासेज जस्ता यौन शोषण तथा दुव्र्यवहार जन्य कार्य गर्न पाईने छैन यदी संस्थामा सो गतिविधी भएमा नियमानुसार कारवाही प्रक्रिया हुनेछ । यसमा शुन्य सहनशिहलताको निती लागु हुनेछ ।
- संस्थाप्रती बफादार भएर ईमान्दारीता, गोपनियताको साथै उत्तरदायित्व वहन गर्ने ।
- संस्थाको आवश्यकताको आधारमा दिईएको जिम्मेवारी पुरा गर्ने ।
आवेदन प्रक्रिया
आफ्नो बायोडाटा र आवेदन पत्र २२ जनवरी २०२६ सम्ममा vacancy@worecnepal.org इमेलमा पठाउनुहोस्।
नोट: यो पद महिलाहरूको लागि मात्र हो र आवेदन प्रक्रियामा पछाडी पारिएका /सीमान्तकृत समुदायका महिलाहरूलाई उच्च प्राथमिकता दिइनेछ।