Career at WOREC

Social Mobilizer

Social Mobilizer

1. पृष्ठभूमि (Background)

महिला पुनर्स्थापना केन्द्र (ओरेक) सन् १९९१ मा स्थापना भई विगत ३५ बर्षदेखि महिला मानवअधिकारको क्षेत्रमा काम गर्नुको साथै मानवअधिकार प्रति समर्पित एवम् सामाजिक न्यायका निम्ति संघर्षरत एक राष्ट्रिय गैर सरकारी संस्था हो । यसले मानव अधिकार तथा सामाजिक न्याय, पर्यावरणीय न्याय र महिला नेतृत्व, गुणस्तरीय सेवा र महिलावादी ज्ञान व्यवस्थापन तथा सञ्चारका क्षेत्रमा विभिन्न अभियानहरु समुदाय स्तरदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म सञ्चालन गर्दै आइरहेको छ । साथै यस संस्थाले महिला तथा सिमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरण गर्दै उनीहरुको अधिकार र सामाजिक न्यायमा पहुँच सुनिश्चित गर्न पहल गर्दै आएको छ ।

संस्थाले आफ्‌नो स्थापना कालदेखिनै विभिन्न समुदाय स्तरमा  लैङ्गिक हिंसा रोकथाम न्यूनिकारण, प्रतिकार्य  र प्रेषणका कार्यहरु गर्दै आएको र प्रभावितहरुका लागि मनोविमर्शसेवाका साथै घरदैलो कार्यक्रम, परिवार तथा सामुदायिक सचेतना समेत गर्दै आएको र यस्ता कार्यक्रमहरुको  प्रभावकारी कार्यान्वयन तथा समुदायस्तरमा समन्वयलाई सुदृढ बनाउदै लैजानका लागि  ओरेकले मधेश प्रदेशको सिराहा जिल्लाका लागि समुदाय संयोजक पद खुल्ला गरेको छ  ।

पदः समुदाय- परिचालक- १ (महिला मात्र)

कार्यस्थल  :- लहान, सिराहा

मुख्य जिम्मेवारीहरू

  • संस्थाको आचारसंहिता अनुसार रही कार्य सम्पादन गर्ने।
  • स्थानीय समुदायमा रहेका समूह/सञ्जालसँग सहकार्य गरी लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरूलाई उपलब्ध सेवाहरूबारे घरदैलोमै पुगेर जानकारी गराउने।
  • आवश्यक सेवाका लागि सम्बन्धित सेवा प्रदायक वा अध्ययनकर्तासँग समन्वय गरी प्रेषण (referral) गर्ने।
  • समुदायमा आधारित स्थापित संरक्षण संयन्त्रहरूसँग समन्वय गर्ने।
  • फिल्ड तहमा महिला तथा युवा उद्यमीहरूसँग घरभेट (home visit) गर्दै सक्रिय रूपमा संलग्न हुने।
  • मार्गदर्शन (mentoring), तालिम सत्रहरूका लागि सहभागीहरूलाई परिचालन गर्ने।
  • उद्यमीहरूलाई सहयोग गर्ने वातावरण सुदृढ बनाउन अभिभावक तथा समुदायस्तरीय संवाद सञ्चालन गर्ने।
  • बजार पहुँच विस्तार गर्न बैंक, सहकारी तथा स्थानीय व्यवसायहरूसँग सम्बन्ध र समन्वय स्थापना गर्ने।
  • उद्यमको प्रगति अनुगमन गर्ने र फिल्डस्तरको आवश्यक तथ्यांक संकलन गर्ने।
  • सफलताका कथाहरू, केस स्टडी तथा सिकाइहरू अभिलेखीकरण गर्न सहयोग गर्ने।
  • लैङ्गिक हिंसा (GBV) प्रभावितहरूलाई आधारभूत परामर्श तथा आवश्यक सेवामा सिफारिस (referral) गर्ने।
  • कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि फिल्ड संयोजक तथा परियोजना टोलीसँग समन्वय गर्ने।
  • आफूले सम्पादन गरेका कार्यहरूको साप्ताहिक, पाक्षिक, मासिक वा त्रैमासिक प्रगति प्रतिवेदन तोकिएको ढाँचामा तयार गरी जिल्ला/अध्ययन फोकल व्यक्तिलाई पठाउने।
  • आयोजना हुने बैठकहरूमा नियमित रूपमा सहभागी हुने तथा समुदायस्तरमा सम्पादन गर्नुपर्ने अन्य कार्यहरू गर्ने।
  • हानिकारक परम्परागत अभ्यास विरुद्ध समुदायमा व्यवहारिक परिवर्तन ल्याउन पहल गर्ने।
  • जीविकोपार्जन, कानुनी तथा मनोसामाजिक सहयोग सेवाका लागि सरोकारवालासँग समन्वय गर्ने।
  • संस्थाको आवश्यकता अनुसार अन्य जिम्मेवारीहरू पूरा गर्ने।

5. आवश्यक योग्यता (Application Requirements)

शैक्षिक योग्यता: – न्यूनतम कक्षा १२ (१०+२) उत्तीर्ण वा सो सरह  

  • कम्तीमा  ०१ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव
  • मनोसामाजिक परामर्श सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ
  • कम्प्युटर सम्बन्धी ज्ञान (MS Word, Excel, PowerPoint) भएकोलाई बिशेस प्राथमिकता दिइनेछ

Application Submission

Interested candidates are requested to submit their applications by 18 April 2026 in Vacancy@worecnepal.org  Applications received after the deadline will not be considered.

इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन १८ अप्रिल २०२६ भित्र Vacancy@worecnepal.org मा पठाउन अनुरोध गरिन्छ।

Related Posts

कृषि जूनियर प्राविधिक सहायक (JTA) तह–२ तालिमको लागि आवेदन आब्हान

महिला पुनर्स्थापना केन्द्र, ओरेक उदयपुर शाखा कार्यालय, राजाबासद्वारा हिंसा प्रभावित

Social Mobilizer

1. पृष्ठभूमि (Background) महिला पुनर्स्थापना केन्द्र (ओरेक) सन् १९९१ मा