महिला पुनर्स्थापना केन्द्र, ओरेक उदयपुर शाखा कार्यालय, राजाबासद्वारा हिंसा प्रभावित तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका महिलाहरूको आर्थिक सशक्तिकरण र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने उद्देश्यले कृषि जूनियर प्राविधिक सहायक (JTA) तह–२ तालिम सञ्चालन गरिने भएकोले इच्छुक तथा योग्य महिलाहरूबाट आवेदन आह्वान गरिन्छ। कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त पाठ्यक्रम अनुसार सञ्चालन हुनेछ। जसले सहभागी महिलाहरूलाई व्यवहारिक कृषि प्राविधिक सीपसहित स्वरोजगार र रोजगारीका अवसरमा पहुँच प्रदान गर्नेछ।
संस्थाले २०७१ सालदेखि CTEVT सँग समन्वय गरी छोटो तथा दीर्घकालीन प्राविधिक तालिम सञ्चालन गर्दै आएको छ। हालसम्म कृषि JTA तालिमका ११ भन्दा बढी ब्याचमार्फत ५०० भन्दा बढी महिलाहरूलाई प्रशिक्षित गरिएको छ, जसले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, पोस्ट-हार्भेस्ट, प्रविधि पहुँच विस्तार, र समुदायको आर्थिक विकासमा ठोस योगदान पुर्याएको छ । WOREC द्वारा २०२४ मा गरिएको सर्वेक्षण अनुसार २७% महिलाहरूले आर्थिक सशक्तिकरण पश्चात समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको तथा आफ्ना अधिकारका लागि प्रतिरोध क्षमता वृद्धि भएको बताएका छन् । यसले प्राविधिक शिक्षाले महिला सशक्तिकरणमा प्रत्यक्ष प्रभाव पार्ने देखाउँछ । साथै सरकारको “एक गाउँ एक प्राविधिक” नीति, साथै शैक्षिक प्रणालीमा प्राविधिक शिक्षाको बढ्दो आवश्यकता, र ग्रामीण महिलाहरूको सीप विकासको मागलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम अझ आवश्यक देखिन्छ ।
तालिमको उद्देश्य
• कृषि तथा पशुपालन क्षेत्रमा प्राविधिक र व्यवसायिक सीप प्रदान गर्नु ।
• आर्थिक आत्मनिर्भरता र स्वरोजगारका अवसर सिर्जना गर्नु ।
• स्थानीय स्तरमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु ।
• हिंसा प्रभावित महिलाहरूको सम्मानित जीवन सुनिश्चितताको बातावरण निर्माण भएको हुने ।
तालिम विवरण
• तालिम: कृषि जूनियर प्राविधिक सहायक (JTA) तह–२
• अवधि: ३९० घण्टा (CTEVT पाठ्यक्रम अनुसार)
• सहभागी संख्या: २५ जना (प्रति ब्याच)
• स्थान: ओरेक तालिम केन्द्र, उदयपुर
• शुल्क: आवास सहति (८०,०००), आवास बिना (६०,०००) (तालिम अबधिभर को लागि
• प्रमाणपत्र: CTEVT बाट सीप परीक्षण पश्चात प्रदान गरिने
लक्षित समूह
• हिंसा प्रभावित महिलाहरू, र आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिलाहरू
• कृषि तथा पशुपालनमा संलग्न तर औपचारिक सीप नभएका महिलाहरू
न्यूनतम योग्यता
• कम्तिमा SEE / SLC उत्तीर्ण
• उमेर: २० वर्ष वा सो भन्दा माथि
• कृषि क्षेत्रमा रुचि भएको
• तालिम अवधिभर नियमित सहभागी हुन सक्ने
अपेक्षित उपलब्धिहरु
- कृषि जूनियर प्राविधिक सहायक (JTA) तालिमबाट प्रशिक्षित भई प्राविधिक ज्ञान र व्यवहारिक कृषि सीपमा अभिवृद्धि भएको हुने
- प्रशिक्षित महिलाहरू स्वरोजगार तथा रोजगारीका अवसरमा संलग्न भई आयआर्जनका सम्भावना विस्तार भएको हुने ।
- स्थानीय स्तरमा कृषि सेवा प्रवाह, प्राविधिक सहयोग तथा दिगो कृषि अभ्यासको विस्तार हुँदै महिलाहरूको आर्थिक सशक्तिकरण सुदृढ भई उद्यमशीलतामूलक गतिविधिमा सक्रिय सहभागिता वृद्धि हुने।
आवश्यक कागजात
• आवेदन फाराम
• SEE / SLC प्रमाणपत्रको प्रतिलिपि
• नागरिकता / उमेर खुल्ने कागज
• २ प्रति पासपोर्ट साइज फोटो
• वडा तथा पालिकाको सिफारिस पत्र (उपलब्ध भएमा)
तालिम सुविधाहरू
• सैद्धान्तिक तथा प्रयोगात्मक प्राविधिक प्रशिक्षण
• तालिम सामग्री तथा व्यवस्थापन सहयोग
• उद्यमशीलता तथा स्वरोजगार सहजीकरण
• परामर्श तथा मनोसामाजिक सहयोग
आवेदन दिने अन्तिम मिति
२०८२ चैत्र २८ गते देखि २०८३ बैशाख १२ गते सम्म
आवेदन दिने स्थान
महिला पुनःस्थापना केन्द्र (WOREC)
उदयपुर शाखा कार्यालय, राजाबास र Email: vacancy@worecnepal.org मार्फत पनि अनलाइन आबेदन दिन सकिन्छ ।
सम्पर्क: रोशनी गुरुङ
इमेल: roshanigrg@worecnepal.org
नोट: हिंसा प्रभावित तथा आर्थिक सामाजिक रुपले पछाडी पारिएका महिला हरुलाई महिलाहरूलाई विशेष प्राथमिकता दिइनेछ।