Publications

Annual Report 2074 Nepali

Annual Report 2074 Nepali

ओरेकले महिलाहरूको घरदेखि गाउँ हुँदै जिल्ला र राष्ट्रसम्मको अगुवाइ तथा नेतृत्व क्षमता अभिवृद्धिमा सहजीकरण र महिला सशक्तीकरणको माध्यमबाट विभिन्न नीति निर्माण, परिमार्जन तथा कार्यान्वयनका लागि सशक्त रुपमा पैरवी गर्दै आइरहेको छ । संस्थाले समुदायमा सामाजिक, राजनैतिक तथा आर्थिक रुपमा पछाडि पारिएका महिला, किशोरीहरू, सीमान्तकृत, दलित, अपाङ्गता भएका महिलाहरूको अधिकार हनन् भएको तथ्याङ्कका आधारमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उचित सम्बोधनको लागि निरन्तर रुपमा दबाब समेत दिँदै आएको छ । शिक्षा, स्वास्थ्य, पोषण, रोजगार लगायत अन्य क्षेत्रमा महिला र बालबालिकामाथि गरिने भेदभाव र मानव बेचबिखन÷ओसारपसार आदिका कारणले महिलाहरूको आधारभूत मानव अधिकारको हनन् भएकाले त्यसको अन्त्यका लागि महिलाहरूका विशिष्ट अधिकारहरू सुनिश्चित गरि नुपर्दछ भन्ने मान्यता यस संस्थाको रहेको छ ।

Related Posts

Youth Forum for Democracy and Women’s Rights

Program: Campaign for Democracy, Women’s Rights and Youth ParticipationLocations: Biratnagar

सामाजिक परीक्षण प्रतिवेदन २०८२