बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि ध्यानाकर्षण

Click here for the English version पृष्ठभुमि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको कारण विश्व पुनः आतंकित अवस्थामा रहेको छ । यस महामारीले सबै जाति, उमेर, वर्ग, लिङ्ग, विकसित, अल्पविकसित राष्ट्र सबैलाई प्रभाव पारेको छ । विश्व महामारीको अवस्थाबाट गुज्रिएको अवस्थामा सबैको ध्यान कसरी यस महामारीबाट बच्ने र बचाउने भनेर केन्द्रित हुनु स्वभाविक हो । […]
ओरेकको ३० औं वार्षिकोत्सवको अवसरमा छलफल तथा अनुसन्धानको प्रतिवेदन सार्वजनिकरण कार्यक्रम सम्पन्न

प्रत्येक नागरिकले शारीरिक, मानसिक, सामाजिक र भावानात्मक रुपले स्वस्थ रही उत्पादनसिल र गुणस्तरीय जीवन यापन गर्न पाउने व्यवस्था मौलिक हकको रुपमा सविधानले मान्यता प्रदान गरीसकेको छ । हाल विश्वव्यापि विकास लक्ष्य प्राप्त गर्नको लागि मानसिक स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा मानसिक स्वास्थ्य दिगो विकास लक्ष्यमा समावेश भए संगै नै प्रस्ट हुन्छ । डिप्रेसन […]
फागुन महिनामा १६७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क

६ चैत्र, २०७७ । हिंसारहित सुरक्षित वातावरणमा स्वतन्त्र र आत्मसम्मानपूर्वक वाँच्न पाउने प्रतेक नागरिकको नैसर्गिक अधिकार हो । तर यथार्थमा महिलाले अहिले पनि दोस्रो दर्जाको नागरिकको भूमिकामा रहनु परेको छ, न त उनीहरुमाथि मानवीय व्यवहार नै भएको छ । घरदेखि सार्वजनिक स्थलमा समेत बढिरहेका हिंसाका घटनाले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मानमा र समाजमा पनि प्रत्यक्ष […]
महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन,माघ २०७७

५ फागुन २०७७, महिला महिला भएको कारणले विभिन्न हिंसा खेप्न बाध्य बनाइएका छन् । परिवार र समाजमा स्थापित पितृसत्तात्मक सोँच र सोही अनुरुपको विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यसमा पनि महिलाहरु धेरैजसो घरपरिवार, आफन्त र समाजका मानिसहरुबाटनै बढी हिंसामा परेका छन् । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न […]
नेपाली महिलाका लागि जारी गर्दै आएको भ्रमण भिसा सम्वन्धि प्रावधान संसोधन गर्ने प्रस्तावप्रति ध्यानाकर्षण

WOREC Nepal has drawn serious attention to the proposal sent by the Department of Immigration to the Ministry of Home Affairs to amend the visit visa provision for Nepali women under the Immigration Procedure, 2065 BS. The Immigration Department has sent an amendment proposal with the provision that the consent of the family/husband and the […]
गत छ महिनामा ३६७ वटा बलात्कारका घटना अभिलेखिकरण, ७७ प्रतिशत प्रभावित १८ वर्षमुनिका बालिका र किशोरी

६ कार्तिक २०७७ । ओरेकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । यसैक्रममा बैसाख देखि असोज २०७७ सम्मको ६ महिनाको अवधीमा जम्मा १६७३ वटा महिला तथा बालिकामाथि भएको लैङ्गिक विभेदमा आधारित हिंसाका घटना ओरेकमा अभिलेखिकरण भएको छ जसमध्ये ९० प्रतिशत घटना प्रभावितको समुदाय […]
राष्ट्रिय मानव अधिकार आयोगबाट भएका सिफारिशको कार्यान्वयन अवस्थाका सम्बन्धमा ध्यानाकर्षण

गएको २० वर्षमा राष्ट्रिय मानव अधिकार आयोगबाट भएका सिफारिशको कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले हिजो सार्वजनिक गरेको प्रतिवेदनप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । गएको २० वर्षमा आयोगले मानव अधिकार हनन्का सवालमा कुल ११९५ वटा सिफारिशहरु गरेको थियो । जसमध्ये सबैभन्दा बढी जीवनको अधिकारका विषयका हत्यामा ६६० रहेका छन् । जसमा पनि द्वन्द्वसँग सम्बन्धित ९४० वटा […]
“मौनता तोडौं” – बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको अपिल

दैनिक ७ वटा बलात्कार, बलात्कारपछि हत्या, बन्दावन्दीको समयमा लैङ्गिक हिंसाका कारणले ४७ महिलाको हत्या भएका घटनाले महिला तथा बालिकामाथि हुने हिंसाको कहाली लाग्दो अवस्था हाम्रो समाजमा रहेको देखाएको छ । नेपाल प्रहरीको पछिल्लो ६ महिना (चैत २०७६ देखि भदौ २०७७) को तथ्यांकले समेत बलात्कारको संख्या १२२१ भएको देखाउँछ । पछिल्लो तथ्याँक बन्दाबन्दीको समयमा न्यायिक निकाय […]
Ordinances are a welcome development, now need effective implementation

प्रेस विज्ञप्ति १४ असोज २०७७, काठमाडौं एसिड हिंसासम्बन्धी नयाँ अध्यादेशहरू स्वागतयोग्य, अब प्रभावकारी कार्यान्वयनको आवश्यकता असोज १२ गते राष्ट्रपति विद्या देवी भण्डारीले एसिड हिंसासम्बन्धी मन्त्रिपरिषदबाट स्वीकृत गरिएका दुईवटा अध्यादेशहरूलाई प्रमाणीकरण गरी कानूनको रूपमा जारी गर्नु भयो । यी नयाँ कानूनले एसिडजन्य अपराधका पीडकलाई कडा सजायको व्यवस्था गरेको छ र साथै एसिडलगायत अन्य घातक पदार्थहरूको बिक्रिवितरणलाई नियमन गर्नका […]
भदौमा मात्र १६५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घटना

८ असोज, २०७७, ओरेकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । भदौमा ओरेकले १६५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क (मनोपरामर्शकर्ता र हटलाईन मार्फत–१३०, तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त–३५) अभिलेखिकरण गरेको छ । हिंसाको प्रकार क) महिला हिंसाको प्रकारओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण […]