ओरेक नेपाल परियोजना कार्यालय सिरहा २०६० सालमा सिरहाको वस्तीपुरमा स्थापना भई ३ वटा गाविस वस्तीपुर, पडरिया र गोबिन्दपुरमा सामुहित सशक्रिकरणद्वारा दिगो विकाश कार्यक्रम अन्तरगत दलित तथा सिमान्तकृत समुदायमा विभिन्न समूह महिला, पुरुष, युवा र वालसमूहहरु गठन गरी कार्यक्रमहरु संचालन गर्दै आइरहेको क्रममा पछि ६ वटा गाविस धनगढी, विष्णुपुरकट्टी, हनुमाननगर प्र.ध, पुलकाहाकट्टी, नहरा रिगौल र भगवतीपुर तामासुइया गरी जम्मा ९ वटा गाविसमा महिला सशक्तिकरण गर्ने उद्देश्यले ३ वटा अभियानमा रही काम गर्न थालेको ‘महिला हिंसा विरुद्धको अभियान, आर्थिक सामाजिक सांस्कृति अभियान, मानवअधिकार र समाजिक न्याय अभियान अन्तर्गत कार्य गर्दै आइरहेको छ ।
समग्रमा महिलाको अवस्था विश्लेषण गर्ने हो भने राजनैतिक रुपमा महिलाहरुको पहुँच पहिलाका तुलनामा सुधार हुदै गएको छ । गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा २ जना महिला सदस्य अनिवार्य र प्रमुख र उपप्रमुख दुई मध्ये कुनै एक अनिवार्य महिलानै उम्मेदवार हुनु पर्ने नयाँ व्यवस्थाका कारण पनि हरेक स्थानीय तहमा महिला जनप्रतिनिधीहरुको उल्लेखनीय सहभागिता भएको छ ।
हानीकारक परम्परागत अभ्यासका घटनाहरु समाजमा दिनहु जसो नै घटिरहेका हुन्छन् । यस अवधिमा १९ वटा घटनाहरु यस अन्तर्गत्त घटेका छन् । संस्थामा भएको सुचनाका आधारमा १२ वटा बालविवाह, २ वटा दाइजो लिई भएको विवाह, ४ वटा बहु विवाह र १ वटा बोक्सीको आरोपमा महिला हिंशाका घटना भएको थियो । बालविवाहका घटना निकै भइरहेको हामी समक्ष सुचना आइरहेता पनि विवाह रोकाउने प्रयासमा भने प्रहरी र प्रशासनको कृयाशीेलता कमि नै देखएिको छ । यद्दपप् यसै अवधिमा ओरेक नेपालको पहलमा ४ वटा बाल विवाहलाई प्रहरीको सहयोगमा रोकाउन सफल भइएको छ ।
कार्यक्षेत्रमा गरिएको वडा भेला तथा अभिमुखिकरण कार्यक्रमहरुका कारण स्थानीय जन प्रतिनिधीहरु बाल विवाह र दहेज प्रथा विरुद्ध योजना बनाई अभियान संचालन गर्ने गरि प्रतिवद्ध भएका छन् भने केही स्थानीय तहको लक्षित वर्गहरुबाट महिला सशक्तिकरण तथा हानीकारक परम्परागत अभ्यास (कुप्रथा) विरुद्ध सचेतनामुलक तालिम तथा अन्तक्र्रिया कार्यक्रम संचालन भइरहेको अवस्था छ । विष्णुपुर गाउँपालिका, सिरहा नगरपालिका र धनगढीमाई नगरपालिकामा स्थानीय तहसंगको सहकार्यमा नै हानीकारक परम्परागत अभ्यास (कुप्रथा) विरुद्ध सचेतनामुलक तालिम तथा अन्तक्र्रिया कार्यक्रमको आयोजक भई कार्यक्रम गर्न सफल भइएको छ । संगै जिल्ला प्रहरी कार्यालय, सिरहाको सहकार्यमा ३ महिने जबरजस्ती करणी नियन्त्रणका लागि सचेतनामुलक अभियान समेत नेतृत्व लिई संचालन गरिएको थियो ।
हाल देशको अवस्था परिवर्तन भए अनुसार साविकमा काम गर्दै आइरहेको गाविसहरु स्थानिय तहमा गाभिदा जम्मा ३ वटा गाउँपालिका र २ वटा नगरपालिका गरी जम्मा ५ वटा स्थानिय तहमा आफ्नो कार्यक्रमहरु संचालन गर्ने क्रममा जनवरी २०१८ देखी जुन ३१, २०१८ सम्म सम्पन्न गरेको गतिविधिीहरुको प्रतिवेदन तल उल्लेख गरिएको छ । हाल परियोजना कार्यालय, सिरहामा सात जना कर्मचारीहरु तथा एक जना इन्र्टन कार्यरत रहेका छन् ।
हाल देशको अवस्था परिवर्तन भए अनुसार साविकमा काम गर्दै आइरहेको गाविसहरु स्थानिय तहमा गाभिदा जम्मा ४ वटा गाउँपालिका र ४ वटा नगरपालिका गरी जम्मा ८ वटा स्थानिय तहमा आफ्नो कार्यक्रमहरु संचालन गरिएको छ ।
Working Areas:
Lahan Municipality
DhangadiMai Municipality
Siraha Municipality Rural Municipality
Naraha Rural Municipality
Bhagwanpur Rural Municipality