Career at WOREC

Field Coordinator

Field Coordinator

1. पृष्ठभूमि (Background)

महिला पुनर्स्थापना केन्द्र (ओरेक) सन् १९९१ मा स्थापना भई विगत ३५ बर्षदेखि महिला मानवअधिकारको क्षेत्रमा काम गर्नुको साथै मानवअधिकार प्रति समर्पित एवम् सामाजिक न्यायका निम्ति संघर्षरत एक राष्ट्रिय गैर सरकारी संस्था हो । यसले मानव अधिकार तथा सामाजिक न्याय, पर्यावरणीय न्याय र महिला नेतृत्व, गुणस्तरीय सेवा र महिलावादी ज्ञान व्यवस्थापन तथा सञ्चारका क्षेत्रमा विभिन्न अभियानहरु समुदाय स्तरदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म सञ्चालन गर्दै आइरहेको छ । साथै यस संस्थाले महिला तथा सिमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरण गर्दै उनीहरुको अधिकार र सामाजिक न्यायमा पहुँच सुनिश्चित गर्न पहल गर्दै आएको छ ।

संस्थाले आफ्‌नो स्थापना कालदेखिनै विभिन्न समुदाय स्तरमा  लैङ्गिक हिंसा रोकथाम न्यूनिकारण, प्रतिकार्य  र प्रेषणका कार्यहरु गर्दै आएको र प्रभावितहरुका लागि मनोविमर्शसेवाका साथै घरदैलो कार्यक्रम, परिवार तथा सामुदायिक सचेतना समेत गर्दै आएको र यस्ता कार्यक्रमहरुको  प्रभावकारी कार्यान्वयन तथा समुदायस्तरमा समन्वयलाई सुदृढ बनाउदै लैजानका लागि  ओरेकले मधेश प्रदेशको सिराहा जिल्लाका लागि समुदाय संयोजक पद खुल्ला गरेको छ  ।

पदः समुदाय संयाेजक -१  (महिला मात्र)

कार्यस्थल  :- लहान, सिराहा

मुख्य जिम्मेवारीहरू

  • संस्थाको आचारसंहिता अनुसार रही कार्य सम्पादन गर्ने।
  • नगरपालिका, वडा कार्यालय, स्थानीय निकाय तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी महिला तथा किशोरीहरूलाई लैंगिकतामा आधारित हिंसा विरुद्ध तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने।
  • कार्यक्षेत्रमा महिला हिंसा सम्बन्धी घटनाहरू संकलन गर्ने।
  • संस्थाले तयार गरेका केस विवरण फारमहरूको प्रयोग गरी सबै केसहरूको अभिलेख राख्ने।
  • टोल तथा वडा स्तरीय कार्यक्रम सम्पन्न भएपछि हाजिरी रेकर्ड, बिल भर्पाई तयार गरी एक हप्ताभित्र लेखा शाखामा बुझाउने।
  • स्थानीय स्रोत साधनको पहिचान तथा परिचालनमा सहयोग गर्ने।
  • सफलताका कथा (Success Stories) तथा अन्य घटनाहरूको अभिलेख राख्ने।
  • विभिन्न वडाहरूमा गई वस्तुस्थिति अध्ययन गर्ने, घटनाहरू संकलन गर्ने तथा आवश्यक परेमा मनोसामाजिक परामर्श तथा अन्य सेवाका लागि सम्बन्धित निकायमा रिफर गर्ने।
  • साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी जिल्ला कार्यक्रम अधिकृतलाई बुझाउने।
  • स्थानीय सरोकारवाला तथा महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालको मासिक बैठकमा सहभागी हुने।
  • स्थानीय सरोकारवाला, राजनीतिक दल, महिला समूह तथा विभिन्न सञ्जालहरूसँग समन्वय तथा सहकार्य गर्ने।
  • महिला तथा युवा समूहहरूको नियमित बैठक सञ्चालन गर्ने तथा उनीहरूको आवश्यकता पहिचान गरी क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गर्ने।
  • हानिकारक परम्परागत अभ्यास विरुद्ध समुदायमा व्यवहारिक परिवर्तन ल्याउन पहल गर्ने।
  • सम्बन्धित सेवा प्रदायकहरूसँग समन्वय गर्दै GBV पीडितहरूलाई आधारभूत परामर्श सेवा तथा आवश्यक सिफारिस प्रदान गर्ने।
  • महिला तथा युवा उद्यमीहरूको व्यवसाय वृद्धि तथा दिगोपनका लागि नियमित अनुगमन तथा सहयोग गर्ने।
  • तालिम, मार्गदर्शन (Mentoring) कार्यक्रम सञ्चालन तथा सहजीकरण गर्ने।
  • बजार पहुँच (Market Linkage) विकास गर्ने तथा वित्तीय संस्था, सहकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने।
  • परिवार, समुदाय तथा स्थानीय सरोकारवालासँग बैठक आयोजना गरी सहयोगी वातावरण निर्माण गर्ने।
  • व्यवसायको प्रगति अनुगमन गर्ने, सूचकहरू ट्र्याक गर्ने तथा फिल्ड स्तरको डाटा संकलन गर्ने।
  • प्रगति प्रतिवेदन, केस स्टडी तथा GBV सम्बन्धी दस्तावेज तयार गर्ने।
  • परियोजना गतिविधिहरू समयमै तथा प्रभावकारी रूपमा कार्यान्वयन सुनिश्चित गर्ने।
  • जीविकोपार्जन, कानुनी तथा मनोसामाजिक सहयोग सेवाका लागि सरोकारवालासँग समन्वय गर्ने।
  • संस्थाको आवश्यकता अनुसार अन्य जिम्मेवारीहरू पूरा गर्ने।

5. आवश्यक योग्यता (Application Requirements)

शैक्षिक योग्यता: – न्यूनतम कक्षा १२ (१०+२) उत्तीर्ण

  • कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव
  • मनोसामाजिक परामर्श सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ
  • कम्प्युटर सम्बन्धी ज्ञान (MS Word, Excel, PowerPoint)  भएको

Application Submission

Interested candidates are requested to submit their applications by 18 April 2026 in Vacancy@worecnepal.org  Applications received after the deadline will not be considered.

इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन १८ अप्रिल २०२६ भित्र Vacancy@worecnepal.org मा पठाउन अनुरोध गरिन्छ।

Related Posts

कृषि जूनियर प्राविधिक सहायक (JTA) तह–२ तालिमको लागि आवेदन आब्हान

महिला पुनर्स्थापना केन्द्र, ओरेक उदयपुर शाखा कार्यालय, राजाबासद्वारा हिंसा प्रभावित

Social Mobilizer

1. पृष्ठभूमि (Background) महिला पुनर्स्थापना केन्द्र (ओरेक) सन् १९९१ मा