पृष्ठभूमि:
महिला पुर्नस्थापना केन्द्र (ओरेक) महिला अधिकार सुनिश्चितताका लागि अभियानरत एक राष्टि̭य स्तरको गैरसरकारी संस्था हो । संस्थाले हाल महिला अधिकार, लैंगिक समानता, दिगो जिविकोपार्जन, पर्यावरणीय न्याय र समग्र मानव अधिकारको सवालमा विगत ३४ बर्षदेखि काम गर्दै आएको छ । त्यसैगरी नेपालमा यस संस्थाले महिलाहरुमाथि हुने हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य समस्या, हानिकारक परम्परागत अभ्यास र यसले महिलालाई पार्ने असरको बारेमा र द्धन्द र जोखिमको अवस्थामा महिलाहरु माथि हुने असर तथा प्रभाव, विशेष अवस्थामा रहेका महिला जस्तै गर्भवती, सुत्केरी, स्तनपान गराउने महिला, बृद्ध, अपांगता भएका, किशोरी आदिको विशेष अवस्था र आवश्यकतालाई सम्बोधन गर्नका लागि सचेतना अभिबृद्धि, महिलाहरुको लागि सुरक्षित योजना, तथ्यांक तथा घटना अभिलेखिकरण सहितको मनोविमर्श र दिगो जिविकोपार्जनका लागि सहयोग कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले जस्तो अप्ठेरो परिस्थितिमा तपाईहरु एक्लो हुनुहुन्न, तपाईको यो अप्ठेरो परिस्थितिमा सहयोगका लागि हामी छौं भन्ने मान्यता अनुरुप कार्य गर्दै आइरहेको छ ।
पदनाम: जुनियर प्राविधिक सहायक (JTA)
कार्यस्थल: १ जना – धनुषा तथा महोत्तरी (दुवै जिल्लामा कार्य गर्नुपर्ने)
कार्य जिम्मेवारी तथा योग्यता (TOR)
मुख्य जिम्मेवारीहरू
- स्थानीय सरोकारवाला, राजनीतिक दल, महिला समूह, युवा समूह, विभिन्न सञ्जाल तथा समितिहरूसँग प्रभावकारी समन्वय र सम्बन्ध कायम गर्ने।
- किसान समूह दर्ता प्रक्रियामा सहजीकरण गर्ने तथा सामुदायिक स्रोत र सरोकारवालासँग पहुँच बढाउने।
- हिंसा प्रभावित महिलाको जीविकोपार्जन तथा व्यावसायिक विकासका लागि स्थानीय स्रोत तथा कोष परिचालनमा सहयोग गर्ने।
- कृषि तथा पशु सेवा सम्बन्धी तालिमका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने।
- लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरणका लागि महिला तथा किशोरीहरूलाई अभिमुखीकरण र तालिम सञ्चालन गर्ने।
- रैथाने बीउ संरक्षण, बीउ बैंक स्थापना तथा व्यवस्थापनमा सहयोग गर्ने।
- जलवायु उत्थानशील दिगो कृषि प्रवर्द्धनका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने।
- घरदैलो भ्रमण मार्फत किसानलाई प्राविधिक परामर्श दिने।
- महिला, युवा तथा किसान समूहको क्षमता तथा नेतृत्व विकास गर्ने।
- सुधारिएका गोठ निर्माण, जैविक विषादी तथा कम्पोष्ट मल सम्बन्धी प्राविधिक सहयोग गर्ने।
- पशु तथा बोटबिरुवाको प्रारम्भिक स्वास्थ्य परीक्षण, रोग पहिचान तथा सामान्य उपचार सम्बन्धी सेवा दिने।
- मानव अधिकार, सामाजिक न्याय र पर्यावरणीय न्याय प्रवर्द्धनका अभियान सञ्चालन गर्ने।
- नयाँ महिला तथा युवा समूह गठनमा सहजीकरण गर्ने।
- जैविक तरकारी तथा नगदे बाली उत्पादन प्रवर्द्धन गर्ने।
- कृषि उत्पादनको बजार प्रवर्द्धनमा सहयोग गर्ने।
- महिला उद्यमशीलता विकासका लागि व्यवसाय योजना, उत्पादन तथा बजारीकरणमा सहयोग गर्ने।
- जीविकोपार्जन कार्यक्रमको तथ्याङ्क व्यवस्थापन तथा अभिलेखीकरण गर्ने।
- साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी जिल्ला संयोजकलाई पेश गर्ने।
- कार्यक्रम योजना, बजेट, स्वीकृति तथा समयमै कार्यान्वयन सुनिश्चित गर्ने।
- कार्यालयद्वारा सञ्चालित नमुना कृषि फर्मको व्यवस्थापन गर्ने।
- महिला किसान समूहसँग नियमित अनुगमन, बैठक तथा व्यवहारिक छलफल सञ्चालन गर्ने।
योग्यता तथा सीप
- CTEVT मान्यता प्राप्त संस्थाबाट कम्तीमा १५ महिने JTA तालिम उत्तीर्ण।
- सम्बन्धित क्षेत्रमा कम्तीमा १–२ वर्षको कार्य अनुभव।
- लैङ्गिक हिंसा, महिला अधिकार तथा मानव अधिकार सम्बन्धी राम्रो ज्ञान।
- समन्वय, सञ्चार तथा संस्थागत सीप।
- विभिन्न सरोकारवालासँग सहकार्य गर्न सक्ने क्षमता।
- जैविक कृषि, पशुपालन तथा कृषि प्राविधिक ज्ञान।
- तथ्याङ्क संकलन, अभिलेखीकरण तथा प्रतिवेदन लेखन सीप।
संस्थागत मूल्यहरू
- जवाफदेहिता
- अन्तरविविधिकरण(Intersectionality)
- सशक्तीकरण
- सामाजिक न्याय
- समावेशिता
आवेदन प्रक्रिया
अरेकले विशेष गरी महिला, दलित, जनजाति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका योग्य उम्मेदवारहरूलाई सम्बन्धित जिल्लाबाट आवेदन दिन प्रोत्साहन गर्दछ। इच्छुक उम्मेदवारहरूले आफ्नो अनुभव र उत्प्रेरणा समेटिएको कभर लेटर तथा अद्यावधिक वैयत्तिक विवरण (बायोडाटा) vacancy@worecnepal.org मा प्रकाशन भएके मितिले सातदिन भित्र पठाउनुपर्नेछ।