पदपूर्ति : मनोपरामर्शकर्ता (महिला मात्र)- २
स्थान: सर्लाही -१, उदयपुर-१

पृष्ठभूमि:
महिला पुर्नस्थापना केन्द्र ओरेक महिला अधिकार सुनिश्चितताका लागि अभियानरत एक राष्टि̭य स्तरको गैरसरकारी संस्था हो । संस्थाले हाल महिला अधिकार, लैंगिक समानता, दिगो जिविकोपार्जन, पर्यावरणीय न्याय र समग्र मानव अधिकारको सवालमा विगत ३४ बर्षदेखि काम गर्दै आएको छ । त्यसैगरी नेपालमा यस संस्थाले महिलाहरुमाथि हुने हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य समस्या, हानिकारक परम्परागत अभ्यास र यसले महिलालाई पार्ने असरको बारेमा र द्धन्द र जोखिमको अवस्थामा महिलाहरु माथि हुने असर तथा प्रभाव, विशेष अवस्थामा रहेका महिला जस्तै गर्भवती, सुत्केरी, स्तनपान गराउने महिला, बृद्ध, अपांगता भएका, किशोरी आदिको विशेष अवस्था र आवश्यकतालाई सम्बोधन गर्नका लागि सचेतना अभिबृद्धि, महिलाहरुको लागि सुरक्षित योजना, तथ्यांक तथा घटना अभिलेखिकरण सहितको मनोविमर्श र दिगो जिविकोपार्जनका लागि सहयोग कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले जस्तो अप्ठेरो परिस्थितिमा तपाईहरु एक्लो हुनुहुन्न, तपाईको यो अप्ठेरो परिस्थितिमा सहयोगका लागि हामी छौं भन्ने मान्यता अनुरुप कार्य गर्दै आइरहेको छ ।
यसै शिलशीलामा संस्थाले Possible (सम्भव) संगको आर्थिक सहयोगमो पारिवारिक सहयोग, माया र छलफल द्वारा आपसी सम्बन्ध सुदृढ गर्ने कार्यक्रम ‘‘मिलाप–ःMILAP’ र त्यसको प्रभावकारिता सम्बन्धि अध्ययनका लागि कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्ला र मदेश प्रदेशको सर्लाही जिल्लामा यस कार्यक्रम र अध्ययन संचालन भइराखेका छ । जसमा यससँग सम्बन्धित सरोकारवालाहरुसँगको समन्वय सहकार्यमा, प्रभावित तथा पिडित व्यक्ति, परिवार र समुदायको तथ्याङ्क संकलन, मनोविमर्श सेवा प्रदान गरी उनीहरुमा पैदा गरेको तनावलाई कम गर्न मनोविमर्श सेवा, लैंगिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा सुचना तथा जानकारी र हिंसा प्रभावित महिलाहरुलाई विभिन्न सेवा उपलव्ध गराउने रहेको छ । साथै यस कार्यक्रम अन्र्तगत प्रभावित तथा पीडित व्यक्तिहरुलार्ई आवश्यक सेवा तथा सुचना प्रदान गर्नु, पालिका तथा जिल्लामा रहेका विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय सहकार्य गर्ने, डाटा संकलन गर्ने, महिला मानव अधिकारका क्षेत्रका विभिन्न तथ्याकं संकलन गर्ने, प्रतिवेदन तयार गर्ने महिला हिंसा प्रभावितहरुको तथ्याकं सकंलन गर्ने, परियोजना अन्तर्गत तर्जुमा गरिएका क्रियाकलाप सञ्चालन गर्ने, अनुगमन तथा मुल्यांकनका क्रियाकलपा संचालन गर्ने जस्ता विषयमा सचेतना तथा प्रतिकार्यात्मक कृयाकलाप सञ्चालन गर्नुपर्नेछ ।
मुख्य जिम्मेवारीहरु :
हिंसा प्रभावितहरूलाई आघातको सामना गर्न, सामना गर्ने संयन्त्रहरू विकास गर्न, र उनीहरूको मानसिक स्वास्थ्य सुधार गर्न मनोविमर्शको माध्यमबाट सहयोग गर्ने,
- लैङ्गिक विभेदमा आधारीत हिंसाबाट प्रभावित महिला र किशोरीहरुको मनोसामाजिक अवस्थाको जानकारी त्रास, डर र भयबाट बाहिर ल्याई सामान्य जिवनमा फर्काउनको लागि आवश्यकता अनुसारको मनोसामाजिक विमर्श गर्ने ।
- मनोसामाजिक विमर्श पश्चात व्यक्तिगत फाईल तयार गर्ने ।
- मनोसामाजिक विमर्श गर्दा उमेर र अवस्था हेरीकन एक्लै वा समुहमा पनि गर्ने ।
- संस्थाले तयार गरेका केसविबरण फारमहरुको प्रयोग गरी सबै केसको अभिलेख राख्ने ।
- आवश्यकता अनुसार महिला तथा किशोरीहरुलाई लैंगिकतामा आधारित हिंसा, प्राथमिक मनोवैज्ञानिक सहयोग आदि विषयमा तालिम तथा अभिमुखीकरण दिने ।
- गर्भवती र सुत्केरी महिलालाई उनीहरुको अवस्था अनुसार मर्यादा सामाग्री बितरण गर्न सहयोग गर्ने,परामर्श दिने ।
- मनोविमर्श सेवा लिन चाहने व्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुसार मनोविमर्श सेवा प्रदान गर्ने ।
- मनोविमश सेवा लिन नसक्ने व्यक्तिहरुलाई समुदायमै गई मनोविमर्श सेवा प्रदान गर्ने ।
- प्रत्येक प्रभावित तथा पीडित र जोखिममा रहेको व्यक्तिहरुको घटनाहरुको व्यक्तिगत फारम तयार गरी सुरक्षीत रुपमा घटनाको दस्तावेजीकरण गरी रेकर्डहरू राख्ने जसमा घटनाको गोपनीयता र त्यसको प्रयोजनमा विशेष ध्यान दिने । आवश्यकता अनुसार त्यस किशिमका घटनाको फलोअप योजना बनाउने ।
- साप्ताहिक, मासिक प्रतिवेदन र अनुसन्धानको अवश्यकता अनुसार मनोविमर्श सेवा र रिपोर्टिङ तयार गरी जिल्ला संयोजक र अध्ययन फोकललाई बुझाउने ।
- सफलताका कथा वा अन्य घटनाको अभिलेख राख्ने ।
- संस्थाको आवश्यकताको आधारमा दिईएको जिम्मेवारी पुरा गर्ने ।
- आवश्यक शैक्षिक योग्यता तथा अनुभवः
- नेपालसरकारको स्विकृत प्राप्त शैक्षिक संस्थाबाट उच्च शिक्षा तथा प्रवीणता प्रमाण तह उत्तीर्ण गरेको
- नेपालसरकारको स्विकृत प्राप्त निकायबाट ६ महिनाको मनोविमर्शको तालिम लिएको र मनोविमर्शकर्ताको रुपमा काम गरेको ।
- लैंगिक विभेदमा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, विपद व्यवस्थापन जस्ता क्षेत्रमा काम गरेको कम्तीमा १ बर्षको अनुभव भएको ।
- सामान्यतय कम्प्युटरमा रिपोर्ट लेख्न सक्ने, (word , Excel , Powerpoint)
- स्थानीय समुदायको दलित तथा पछाडीपारिएका समुदायका महिलाहरु लाइ विषेस प्राथमिकता
आवेदन दिने अन्तिम मिति: १ मे २०२६
आवेदन दिने स्थान: Email: vacancy@worecnepal.org मार्फत पनि अनलाइन आबेदन दिन सकिन्छ ।