Newsroom

७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस सम्पन्न

७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस सम्पन्न

लहान, २५ मंसिर ।
७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवशका अवसरमा मानव अधिकार प्रर्वद्धनमा न्यायिक समितिको जवाफदेहिता विषयमा अन्तरक्रिया कार्यक्रम मंसिर २४ मा लहानको राममन्दिरको प्राँगनमा सम्पन्न भएको छ । ओरेक नेपाल सिरहा, मुक्ति नेपाल गोलवजार, समग्र जन उत्थान केन्द्र लहान, मानव अधिकार रक्षक संजाल सिरहा, महिला अधिकार रक्षक संजाल सिरहा, अपाङ्ग पुर्नस्थापना केन्द्र सिरहा, इन्सेक, जिल्ला प्रहरी कार्यालय, दलित जन कल्याण लहान लगायतका मानवअधिकारका क्षेत्रमा कार्य गर्ने संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । मानव अधिकार संरक्षण संजालकी संयाजक र ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. २ का माननिय सभासद लगनलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यलयका एसपी, सशस्त्र प्रहरीका डिएसपी, लहान नगरपालिकाका प्रमुख, उपप्रमुख, नरहा गाउँपालिकाकी उपप्रमुख लगायत मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, संचारकर्मी लगायत १२५ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने अपाङ्ग पुर्नस्थापना केन्द्रको अध्यक्ष संजय अग्रवाल, संचारकर्मी शम्भु यादव, महिला अधिकारकर्मी गिता साह र दलितका क्षेत्रमा काम गर्ने सतिलाल सदाय लगायत चार जनालाई सम्मान गरेको थियो ।
मानवअधिकार संरक्षण संजाल सिरहाका २०२० को संयोजक सहयोगी हातहरुका दुर्गा परियार र सचिवालय अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष संजय अग्रवालले जिम्मेवारी पाउनु भएको छ । कार्यक्रममा १६ जनाले रक्तदान गरेको थियो भने मानव अधिकारलाई कसरी बुझिन्छ ? त्यसका लागि युवाहरुले चित्र कोरेको थियो । कार्यक्रमको समापन सँगै मुक्ति नेपालका तर्फबाट बाल बिवाह तथा दहेज प्रथा विषयक सडक नाटक प्रर्दशनी गरेको थियो ।

Related Posts

From home to support system: How Patriarchy shapes violence and response

What is the worth of a women’s life and who

घरेलु हिंसाबाट पीडित महिलाहरु

घरेलु हिंसाबाट पीडित महिलाहरु तुलसीपुर, २० जेठ । दाङमा घरेलु हिंसाबाट