Newsroom

घरेलु हिंसाबाट पीडित महिलाहरु

घरेलु हिंसाबाट पीडित महिलाहरु

घरेलु हिंसाबाट पीडित महिलाहरु

तुलसीपुर, २० जेठ । दाङमा घरेलु हिंसाबाट महिलाहरु पीडित छन् । तीन महिनामा भएका ३१ वटा लैंगिक हिंसाका घटना मध्ये २५ वटा घटना घरेलु हिंसाका रहेका छन् ।

महिला पुनस्र्थापना केन्द्र(ओरेक) दाङका कार्यक्रम संयोजक कल्पना चौधरीका अनुसार ८१ प्रतिशत महिलाहरु यसरी घरेलु हिंसाबाट पीडित रहेका हुन् । जनवरी २०२५ देखि मार्चसम्मको तथ्यांक अनुसार घरेलु हिंसाको अबस्था यस्तो देखिएको हो ।

तीन महिनाको तथ्यांकलाई हेर्दा अधिकांस महिलाहरु बालविवाह गरेका महिलाहरु नै रहेको उहाँको भनाई छ । सानै उमेरमा विवाह गरेका महिलाहरु अहिले घरेलु हिंसाबाट पीडित रहेको उनले बताईन् । “सानै उमेरमा विवाह गरेका महिलाहरुमा बढि यो समस्या छ”,उनले भनिन् “छोराछोरी जन्मिसकेका हुन्छन्, तर, श्रीमानले राम्रो मान्न छोड्छन्, अनि घरेलु हिंसा भएका घटनाहरु धेरै छन् ।”

महिलाहरु सुरक्षाको अपेक्षित स्थान मानिने घरबाट नै हिंसा हुनु नै चिन्ताको विषय भएको समेत उनको भनाई छ । त्यस्तै परिवारका सदस्यहरुबाट १९ प्रतिशत, छिमेकीबाट १० प्रतिशत, मुख्य स्याहारदाता र अपरिचित ब्यक्तीबाट ६ /६ प्रतिशत घरेलु हिंसा भएको पाइएको छ ।

घरेलु हिंसाबाट पीडित महिलाहरु

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May