राज्यको कमजोर जवाफदेहीताका कारण निम्तिएको नागरिक निराशा प्रति गम्भिर ध्यानाकर्षण

हालैका दिनहरूमा देशभर बढ्दै गएका आत्मदाह र आत्मदाहका प्रयासका घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध र चिन्तित बनाएको छ । राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको दुःखद निधन, सर्लाहीको गोडैता नगरपालिकामा विवेक मण्डलले गरेको आत्मदाह प्रयास, र काठमाडौंमा आश्विन राउतले घरभित्रै पेट्रोल छर्केर गरेको आत्मदाहको […]