“महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु” विषयक परामर्श गोष्ठि सम्पन्न 

महिला विरुद्ध भेदभाव उन्मूलन समितिको नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्षात्मक सुझाव कार्यान्वयनमा सरकारबाट आवश्यक पहलहरु विषयक परामर्श गोष्ठि काठमाडौंमा मिति १९ देखि २० असारमा आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अथितीका रुपमा रहनु भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननिय थममाया थापाले समाजमा रहेको महिलामाथि हुने सबै किसिमका हिंसा र विभेदलाई अन्त्य गर्न सरकार प्रतिबद्ध […]

मासिक प्रतिवेदन जेष्ठ–२०७६

मितिः १७ असार २०७६ हाम्रो समाजमा विद्यमान हानिकारक परम्परागत मूल्य, मान्यता सोँच र चिन्तनमा परिवर्तन हुन सकेको छैन । जसका कारण नेपालको संविधानको समानताको सिद्धान्त र मौलिक हकको धारा १८ ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित गरिने छैन भनी उल्लेख गरिसकेको भएपनि लैंगिक हिंसाका घटनाहरुमा कमि आउन […]

महिलाहरुको आत्मसम्मानमा चोट पुर्‌याउने गरी प्रयोग गरेको अपशब्दहरु विरुद्ध महिला अधिकारकर्मीहरुकाे संयुक्त प्रेस विज्ञप्ति

ईटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले मिति २०७६ असार ४ गते ईटहरी १६ लबिपुरमा आयोजना गरिएको एक कार्यक्रममा महिलाहरुको आत्मसम्मानमा चोट पु¥याउने गरी प्रयोग गरेको अपशब्दहरुको हामी महिला अधिकारकर्मीहरु घोर भत्र्सना गर्दछौ । नेपालको संविधान २०७२ ले व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानको अधिकारलाई सुनिश्चित गरेको छ । संविधानले सुनिश्चित गरेको संवैधानिक हकहरु कार्यान्वयन गर्नु राज्यको प्रमुख दायीत्व […]

महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिको घोर भत्र्सना

२०७६ असार ५ गते इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिका चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा  दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समानता र सामाजिक न्यायकालागि संघर्षरत हामी सबै महिला मानव अधिकार रक्षकहरु प्रमुख चौधरीको उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दछौं ।   लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाकालागि भएका आन्दोलनमा पुरुष सहकर्मीसँग […]

मासिक प्रतिवेदन बैशाख–२०७६

नेपालको संविधानले सबै प्रकारको लैङ्गिक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । यद्यपी महिला र पुरुषलाई हेर्ने सामाजिक÷सांस्कृतिक मूल्य–मान्यतामा आधारित असमान दृष्टिकोणका कारण पुरुष सदस्यबाट महिलाहरुमाथि विभेद र हिंसा हुँदै आएको छ । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन् भएको छ ।विषयवस्तु ओरेक नेपालले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१५७) तथा […]

मासिक प्रतिवेदन चैत्र–२०७५

समाजमा विद्यमान पितृसत्तात्मक संरचनाका कारण महिला र पुरुषवीचको शक्ति सन्तुलन असमान छ, जसले गर्दा लैङ्गिक असमानता अझ कायमै छ । लैङ्गिक समानताका लागि जनचेतना फैल्याउने प्रयास भएपनि  लैङ्गिक विभेदमा आधारित हिंसा न्यूनीकरण भएको छैन ।  विषयवस्तुओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त तथ्याङ्कका आधारमा चैत्र महिनामा ११८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क […]

२८ औं बार्षिक उत्सबको अवसरमा महिला आन्दोलनका सवालहरु र अबको बाटो विषयक प्यानल छलफल

महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज संस्था २८ वर्ष पुरा भई २९ औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, स्वास्थ्य समाजको सपनालाई मूर्त रुप दिन यस संस्थाको उदय भएको  थियो । २८ औं बार्षिक उत्सबको अवसरमा महिला सशक्तिकरणका लागि महिला आन्दोलनका सवालहरु र अबको […]

मासिक प्रतिवेदन फाल्गुण–२०७५

पृष्ठभुमिनेपालको संविधानले सबै प्रकारको लैगिंक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । संविधानको समानताको सिद्धान्त र मौलिक हकको धारा १८ ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ । यद्यपी समाजमा व्याप्त पित्तृसत्तात्मक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलालाई […]

गरिबी विरुद्धको महिला ईजलास

मिति ः २०७४ मंसिर ४ गते  ।  ओरेक लगायत महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, महिला पुनस्र्थापना केन्द्र (ओरेक), महिलाका निम्ति महिला मञ्च, महिला अधिकार मञ्च, पौरखी, शक्ति समूह, नेपाल अपाङ्ग महिला सङ्घ, नेपाल महिला एकता समाज, होमनेट, शक्ति मिलन समाज लगायतका १० भन्दा बढी संघसंस्थाको संयुक्त आयोजनामा गरिबी विरुद्धको महिला ईजलास मिति २०७४ मंसिर […]