बन्दाबन्दीकोे समयावधिमा २३१ जना महिला तथा बालिकामाथि हिंसा

बैशाख ३०, काठमाडाै, बन्दाबन्दीको समयमा१  २४ वटा जिल्लाहरुमा२  २३१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । यस हप्तामा मात्र ५५ वटा महिला तथा बालिकामाथि भएको हिंसाका घटना अभिलेखिकरण भएको छ ।  यस अवधिमा अभिलेखिकरण भएका घटनाहरुमध्ये १३३ वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिसा, ३४ वटा बलात्कार, ७ वटा बलात्कारको प्रयास, १० […]

बन्दाबन्दीकोे समयावधिमा १७६ जना महिला तथा बालिकामाथि हिंसा

मिति ः २०७७ बैशाख २२  बन्दाबन्दीको समयमा१  १८ वटा जिल्लाहरुमा२  १७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ ।   महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ  । यी मध्ये ९ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन […]

बन्दाबन्दीको १ महिनाको समयावधिमा १२८ जना महिला र बालिकामाथि हिंसा

पृष्ठभुमि चैत्र ११ देखि बैशाख ११ सम्मको समयमा १२८ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ ।  महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरिएको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १५ वटा जिल्लाहरुबाट  बन्दाबन्दी शुरु भएदेखि  १२८ जना महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ७२ […]

बन्दाबन्दीमा महिला तथा बालिकामाथि भएका हिंसाको अवस्था 

बन्दाबन्दीमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र २८ जना मनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट  बन्दाबन्दी शुरु भएदेखि  ८३ वटा महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् । जसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिसा, १४ वटा […]

बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाको रोकथाम तथा सम्बोधनकालागि ध्यानाकर्षण 

पृष्ठभुमि कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापी महामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसित तथा अल्पविकसित राष्ट्रलाई प्रभाव पारेको छ । यस महामारीले हाल पारेको प्रभाव पश्चात् भविष्यमा आउन सक्ने दूरगामी असरहरुलाई लिएर हाल विश्व नै त्रसित अवस्थामा छ । यस महामारीको सम्भावित संक्रमणबाट आफुलाई सुरक्षित गर्न अहिलेको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन । […]

ओरेक २९ औ वर्ष पूरा भई ३० औ वर्षमा प्रवेश, अहिले बिपदको स्थितिमा मनोविमर्श सेवालाई प्राथमिकता दिने  ।

महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि विभिन्न आरोह अवरोह पार गर्दै, आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) २९ वर्ष पुरा भई ३० औं वर्षमा प्रवेश गरेको छ । समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, मानसीक तथा शारीरिक रुपमा स्वस्थ्य ब्यत्तिलहरु रहेको समाजको सपनालाई मूर्त रुप दिन यस संस्थाको बि. सं. २०४७ साल चैत्र १९ गते […]

ध्यानाकर्षण पत्र 

पछिल्लो समयमा विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको असरले गर्दा नेपाल भित्र जनमानसमा त्रास सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी हालसम्म २,३१,२२८ (दुई लाख एकतिस हजार दुई सय अठाइस) व्यक्तिहरुमा कोरोना संक्रमण भएको र ९,८१७ (नौ हजार आठ सय सत्र) व्यक्तिहरुको यस संक्रमण बाट मृत्यु भैसकेको छ भन्ने तथ्याँक सार्वजनिक गरेको छ । हालसम्म […]

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – ८ मार्च २०२०

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको प्रतिकका रुपमा प्रत्येक वर्ष मार्च ८ मा मनाईन्छ ।    संयुक्त राष्ट्र संघको विश्वव्यापी मानव अधिकार घोषणा पत्र (१९४८), आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (१९६६), महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन सम्बन्धि महासन्धि (१९७९), आईएलओ महासन्धि र […]

नेपाल सरकारले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजायँ गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) पारित गरेको कदम स्वागतयोग्य तथा प्रशंसनीय ।

मिति २०७६ फाल्गुण २१ गतेको प्रतिनिधीसभा बैठकले संयुक्त राष्ट्रसंघको अन्तर्देशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने यू एन प्रोटोकल (इच्छाधिन आलेख) लाई पारीत गरेकोमा हामी सरकारको यस कदमको प्रशसा गर्दै बधाई व्यक्त गर्दछौं । मानव बेचबिखन तथा ओसार पसार एक संगठित अपराध हो । […]