Newsroom

फागुन महिनामा १६७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क

फागुन महिनामा १६७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क

६ चैत्र, २०७७ । हिंसारहित सुरक्षित वातावरणमा स्वतन्त्र र आत्मसम्मानपूर्वक वाँच्न पाउने प्रतेक नागरिकको नैसर्गिक अधिकार हो । तर यथार्थमा महिलाले अहिले पनि दोस्रो दर्जाको नागरिकको भूमिकामा रहनु परेको छ, न त उनीहरुमाथि मानवीय व्यवहार नै भएको छ । घरदेखि सार्वजनिक स्थलमा समेत बढिरहेका हिंसाका घटनाले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मानमा र समाजमा पनि प्रत्यक्ष असर पारेको छ । यस्ता हिंसात्मक घटनाले मानव समाजलाई नै कलंकित बनाएको छ ।

विषयवस्तु ः

फागुन महिनामा ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१२६) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४१) तथ्याङ्कका आधारमा १६७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन भएको छ ।

क) हिसाको प्रकार

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा फागुन महिनामा ७६ वटा (४६ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २९ वटा (१७ प्रतिशत¬¬¬) बलात्कारको तथ्याँक संकलन भएको छ जसमध्ये २७ वटा बलात्कार र २ वटा सामुहिक बलात्कारको घटना भएको पाइएको छ । त्यसैगरी २५ वटा (१५ प्रतिशत) सामाजिक हिंसाको घटना, १४ वटा (८ प्रतिशत) यौन दुव्र्यवहारको घटना त्यसैगरी ७ वटा (४ प्रतिशत) हत्याको घटना, ५ वटा (३ प्रतिशत) मानव वेचविखन जस्तो जधन्य अपराधको घटना संकलन भएका छन् । त्यसैगरी ५ वटा (३ प्रतिशत) मध्ये ३ वटा अलपत्र अवस्थामा फेला परेका घटना र २ वटा विद्युतिय अपराधको घटना संकलन भएका छन् । त्यसैगरी ३ वटा (२ प्रतिशत) बलात्कारको प्रयास, २ वटा (१ प्रतिशत) हत्या प्रयास र  १ वटा (१ प्रतिशत) आत्महत्याको तथ्याँक संकलन भएको छ ।

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण

उमेरको आधारमा विश्लेषण गर्दा फागुन महिनामा मात्रै सबैभन्दा धेरै ४६ जना (२८ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । त्यसैगरी हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना (२८ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् । यसैगरी ३१ जना (१९ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २५ जना (१५ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, त्यस्तै ८ जना (५ प्रतिशत) उमेर समुह थाहा नभएका किशोरी तथा महिलाहरु रहेका छन । त्यसैगरी ६ जना (४ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका महिलाहरु प्रभावित रहेका छन् भने ५ जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु रहेका छन ।

ग) प्रभावितको आरोपितसँगको सम्बन्ध

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा फागुन महिनामा सबैभन्दा बढी ६४ वटा (३८ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ३८ वटा (२३ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ, २७ वटा (१६ प्रतिशत) परिवारका सदस्यवाट भएको छ, त्यसै गरी १६ वटा (१० प्रतिशत) हिंसा प्रेमिबाट, ९ वटा (५ प्रतिशत) अपरिचित व्यक्तिबाट त्यसैगरी ४ वटा (२ प्रतिशत) साथिबाट, ३ वटा (२ प्रतिशत) सेवा प्रदायकबाट, ३ वटा (२ प्रतिशत) शिक्षकबाट र ३ वटा (२ प्रतिशत) हिंसा अविवाहित तर सँगै बसेका पुरुषबाट भएको पाईएको छ ।

घ) आरोपित र उमेर

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ४८ जना (२९ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ३८ जना (२३ प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका युवाहरु छन । त्यस्तै २७ जना (१६ प्रतिशत) उमेर समुह थाहा नभएका युवा तथा पुरुषहरु, २१ जना (१३ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका युवाहरु रहेका छन्, भने १९ जना (११ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु, ८ जना (५ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र ६ जना (४ प्रतिशत) १६ वर्ष मुनिका किशोरहरु हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।

निष्कर्ष

तथ्याङ्ककलाई आधार मान्दा अघिल्लो महिनामा झँै महिलाहरु आफ्नो घरमा नै बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसैगरी ३५ वर्षभन्दा कम उमेर समुहका बालिका, किशोरी तथा महिलाहरु हिंसाबाट प्रभावित रहेको र १७ देखि ३५ वर्ष उमेर समुहका युवाहरु हिंसाको प्रमुख जिम्मेबार भएको पाइएको छ । यसले समाज परिवर्तनमा लाग्नुपर्ने युवाहरु नै हिंसामा संलग्न भइदिँदा समाज परिवर्तनसंगै देशको विकासमा बाधा पु¥याउने देखिन्छ । दैनिक रुपमा सार्वजनिक भइरहने यस्ता हिंस्रक घटना देशका लागि अत्यन्तै लज्जास्पद विषय हो । प्रत्येक नागरिकले हिंसारहित वातावरणमा जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो ।

धन्यवाद । 

लुभराज न्यौपाने
कार्यकारी निर्देशक
ओरेक, नेपाल

Related Posts

आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र

“रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२

Quarterly press release (Jan to March ) 2025