Newsroom

महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन,माघ २०७७

महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन,माघ २०७७

५ फागुन २०७७, महिला महिला भएको कारणले विभिन्न हिंसा खेप्न बाध्य बनाइएका छन् । परिवार र समाजमा स्थापित पितृसत्तात्मक सोँच र सोही अनुरुपको विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यसमा पनि महिलाहरु धेरैजसो घरपरिवार, आफन्त र समाजका मानिसहरुबाटनै बढी हिंसामा परेका छन् । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन् भएको छ ।
विषयवस्तु ः
माघ महिनामा ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१०४) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (३३) तथ्याङ्कका आधारमा १३७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन भएको छ ।

हिंसाको प्रकार  
क) महिला हिंसाको प्रकार                                
ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा माघ महिनामा ५५ वटा (४० प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २५ वटा (१८ प्रतिशत¬¬¬) बलात्कारको तथ्याँक संकलन भएको छ जसमध्ये २२ वटा बलात्कार र ३ वटा सामुहिक बलात्कारको घटना भएको पाइएको छ । त्यसैगरी २१ वटा (१५ प्रतिशत) सामाजिक हिंसाको घटना, ११ वटा (८ प्रतिशत) हत्याको घटना संकलन भएका छन् । त्यस्तै ८ वटा ६ प्रतिशत) यौन दुव्र्यवहारको घटना, ५ वटा (४) प्रतिशत मानव वेचविखनका घटना त्यसैगरि ५ वटा (४ प्रतिशत) आत्महत्याको घटना, ४ वटा (३ प्रतिशत) बलात्कारको प्रयास त्यसैगरी २ वटा (१ प्रतिशत) २ जना किशेरी वेपत्ता भएको घटना र १ वटा (१ प्रतिशत) हत्याको प्रयास भएको तथ्याँक अभिलेखिकरण भएको छ । 

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण
 उमेरको आधारमा विश्लेषण गर्दा माघ महिनामा मात्रै सबैभन्दा धेरै ४० जना (२९ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । त्यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ३९ जना (२८ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् । यसैगरी ३१ जना (२३ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, १४ जना (१० प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, त्यस्तै ७ जना (५ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका प्रभावित रहेका छन्, त्यसै गरी ४ जना (३ प्रतिशत) उमेर समुह थाहा नभएका महिलाहरु रहेका छन् भने २ जना (१ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु रहेका छन् ।

ग) प्रभावितको आरोपितसँगको सम्बन्ध
 प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ५० वटा (३६ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ३७ वटा (२७ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ, २३ वटा (१७ प्रतिशत) परिवारका सदस्यवाट भएको छ, त्यसै गरी १५ वटा (११ प्रतिशत) अपरिचित व्यक्तिबाट, ६ वटा (४ प्रतिशत) हिंसा प्रेमिबाट, ३ वटा (२ प्रतिशत) सेवा प्रदायकबाट, त्यसैगरी २ वटा (१ प्रतिशत) साथिबाट र १ वटा (१ प्रतिशत) हिंसा अविवाहित तर सँगै बसेका पुरुषबाट भएको पाईएको छ ।

घ) आरोपित र उमेर
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ३८ जना (२८ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ३२ जना (२३ प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका युवाहरु छन । त्यस्तै ३१ जना (२२ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका यवाहरु रहेका छन्, भने १९ जना (१४ प्रतिशत) उमेर समुह थाहा नभएका पुरुषहरु, १२ जना (९ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु, ५ जना (४ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र १ जना (१प्रतिशत) १६ वर्ष भन्दा  मुनिका युवा हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ । 

निष्कर्ष 
यसरी यो महिनाको घटनाको विश्लेषण गर्दा समग्र तथ्यांकको ३६ प्रतिशत श्रीमानबाट, र १७ प्रतिशत परिवारको सदस्यहरुबाट हिंसाका घटना भएको पाइएको छ । घर परिवार जहाँ महिलाले सबैभन्दा बढी सुरक्षा पाउनु पर्ने हो त्यस ठाउँ नै सबैभन्दा बढी असुरक्षित देखिएको छ । यो अवस्थाले अहिलेसम्म महिला र पुरुषलाई हेर्ने विभेदकारी दृष्टिकोण रहेको स्पष्ट देख्न सकिन्छ । त्यसैले महिला हिंसा अन्त्यका लागि समाज र परिवारभित्र रहेको महिला र पुरुषविचको असमान शक्ति सम्बन्धलाई परिवर्तन गर्नु अनिवार्य छ । 

Related Posts

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”)

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन्