संयुक्त प्रेस विज्ञप्ति
२९ असार २०७८
काठमाडौं, नेपाल
Click here for the English version
नेपाल : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरू सर्वोच्च अदालतको आदेशबमोजिम कानून संशोधन नगरी सङ्क्रमणकालीन न्याय आयोगहरूको कार्यावधि थपिएमा ती निकायहरूसँग सहकार्य नगर्ने आफ्नो अडान पुनः दोहो¥याउँदै सर्वोच्च अदालतको आदेशअनुरुप ऐन संशोधन गर्न माग गर्छन् ।
त्रुटिपूर्ण बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ अन्तर्गत गठित र सञ्चालनमा रहेका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि थप्ने प्रक्रिया कहिले पनि नटुंगिएको विषयमा हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ । यस ऐनले गम्भीर मानवअधिकार उल्ल्ङ्घनका घटनामा संलग्न रहेका व्यक्तिलाई क्षमादान दिने एवं गम्भीर ज्यादतीका घटनामा समेत पीडित र पीडकबीच मेलमिलाप गर्ने व्यवस्था गरेको छ भने यसको कानूनी पक्ष तथा वैधतामाथि पीडित, नागरिक समाज र सर्वोच्च अदालतले समेत प्रश्न उठाएका छन् ।
न्यायमा पीडितहरूको पहुँचलाई रोक्नु, न्याय प्रक्रियामा ढिलासुस्ती गरेर पीडितहरूलाई निराश बनाउनु र दण्डहीनतालाई थप सुदृढ गर्नु यी निकम्मा आयोगहरूलाई निरन्तरता दिनुपछाडिका रणनीति हुन् भन्ने हाम्रो विश्वास छ । साथै योे करदाताहरूमाथिको बोझ पनि हो ।
६ वर्षभन्दा बढीको अवधि विना उपलब्धि बिताइसकेका सङ्क्रमणकालीन न्याय निकायहरूले एउटा पनि उजुरी किनारा लगाएका छैनन् । द्वन्द्वकालमा भएका मानवअधिकार उल्ल्ङ्घनका घटनाको सम्बोधन गर्नका लागि भनी गठित आयोगले न्यायमा पीडितहरूको पहुँचमा बाधा पु¥याइरहेका छन् । द्वन्द्वकालमा गरिएका गम्भीर मानवअधिकार उल्ल्ङ्घनका घटनाको अनुसन्धान तथा अभियोजन सङ्क्रमणकालीन न्याय संयन्त्रहरूको क्षेत्राधिकारमा पर्ने तर्क गर्दै राज्यले यी घटनालाई नियमित न्याय प्रणालीअन्तर्गत प्रक्रिया अघि बढाउन अनुमति दिइरहेको छैन । तर गम्भीर मानवअधिकार उल्ल्ङ्घनका कुनै पनि आरोपमा अनुसन्धान गर्न असमर्थ हुने गरी यी संयन्त्रहरू गठन गरिएका छन् । यिनले अभियोजन, परिपूरण तथा अपराध नदोहोरिने विषयमा प्रत्याभूति दिलाउने आदि निकै टाढाको कुरा हो ।
यी दुई आयोगका आयुक्तहरूको पदावधि यही आषाढ मसान्तमा टुंगिदैछ । यी आयोगहरू गठनका लागि बनाइएको ऐनलाई संशोधन गर्न सर्वोच्च अदालतले छ वर्षअघि नै आदेश दिएको र हामी नागरकि समाज र पीडितलगायतका सरोकारवालाहरूले पनि यस विषयमा वर्षौंदेखि निरन्तर आवाज उठाइरहँदा पनि सरकारले ऐन संशोधन नगरिकनै यी संयन्त्रहरूको कार्यावधि थपिरहने काम गरेको छ ।
तसर्थ हामी तपसिलका हस्ताक्षरकर्ता नागरिक संस्थाहरू यी आयोगहरूसँग कुनै सहकार्य नगर्ने हाम्रो अडानलाई पुनः दोहो¥याउँदछौं र सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउनका लागि देहायका कदम तत्काल चाल्न माग गर्छौं ः
- ऐन संशोधनपश्चात् मात्र पारदशीै रूपमा आयुक्तहरूको छनोट गर्ने,
- व्यापक सार्वजनिक परामर्शपश्चात् ऐन संशोधन गर्ने,
- परामर्श तथा संशोधनका लागि समयरेखा बनाएर सार्वजनिक गर्ने तथा त्यसलाई पालन गर्ने,
- ऐन संशोधनपश्चात् गठन गरिएका नयाँ सङ्क्रमणकालीन न्याय संयन्त्रहरूकोे कार्यसञ्चालनमा निष्पक्षता तथा स्वतन्त्रता सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्रसंघलाई प्राविधिक सहयोग उपलब्ध गराउन आह्वान गर्ने,
व्यापक परामर्शपश्चात् सर्वाेच्चको पैmसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल संशोधन गरिएको ऐनअन्तर्गत आयोग गठन नहुन्जेल सङ्क्रमणकालीन न्याय निकायलाई समर्थन र सहकार्य नगर्न संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय निकायलाई पनि हामी आह्वान गर्दछौं ।
हस्ताक्षर गर्ने संस्थाहरू:
राष्ट्रिय संस्थाहरू | |||
| 1 | जवाफदेहिता निगरानी समिति (एडब्ल्यूसी) | 2 | वकालत मञ्च नेपाल (एएफ) |
| 3 | अलायन्स फर सोसल डायलग (एएसडी) | 4 | एम्नेस्टी इन्टरनेसनल नेपाल |
| 5 | नीलहीरा समाज नेपाल | 6 | सेन्टर फर लिगल स्टडीज (सिएलएस) |
| 7 | सिभिल राइट्स एसोसिएसन नेपाल | 8 | शान्तिका लागि साझा अभियान (कोक्याप) |
| 9 | द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल | 10 | द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल |
| 11 | द्वन्द्वपीडित साझा चौतारी | 12 | न्यायका लागि द्वन्द्वपीडित समाज |
| 13 | लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डीएफएआरआई) | 14 | डिग्निटी मिडिया |
| 15 | बहिर्गमित जनमुक्ति सेना नेपाल (डी–प्लान) | 16 | व्यक्तिको अधिकार रक्षा मञ्च नेपाल |
| 17 | नेपाल पुनरस्थापकीय न्याय मञ्च | 18 | महिला कानून तथा विकास मञ्च (एफडब्ल्यूएलडी) |
| 19 | महिला पत्रकार तथा सञ्चार मञ्च (सञ्चारिका समूह) | 20 | गणेश उज्जन स्मृति प्रतिष्ठान |
| 21 | मानव अधिकार तथा न्याय केन्द्र (एचआरजेसी) | 22 | न्यायका लागि मानव अधिकार |
| 23 | राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फोन) | 24 | मानव अधिकार संगठन (हुरोन) |
| 25 | अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) | 26 | मानवअधिकार, वातावरण तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (इन्हुरेड इन्टरनेसनल) |
| 27 | जागरण मिडिया सेन्टर (जेएमसी) | 28 | न्याय तथा अधिकार संस्था (ज्युरी–नेपाल) |
| 29 | सामाजिक न्यायका लागि कानून तथा नीति मञ्च (ल्यापसोज) | 30 | कानूनी सहायता तथा परामर्श केन्द्र नेपाल (एलएसीसी) |
| 31 | मैना बाल विकास समिति | 32 | शहीद तथा बेपत्ता लडाकू परिवार प्रतिष्ठान |
| 33 | नागरिक आवाज | 34 | महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल |
| 35 | अपांग द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल | 36 | बेपत्ता परिवारको राष्ट्रिय सञ्जाल |
| 37 | नेपाल कानून तथा नीति केन्द्र | 38 | नेपाल पीस बिल्डिङ इनिसिएटिभ |
| 39 | पीस एन्भिजनरर्स | 40 | सार्वजनिक प्रतिरक्षक समाज नेपाल (पीडीएस–नेपाल) |
| 41 | संकल्प | 42 | तरङ्गिणी फाउन्डेशन |
| 43 | तराई मानवअधिकार रक्षक संजाल (टीएचआरडी अलायन्स) | 44 | द स्टोरी किचन |
| 45 | बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ–नेपाल) | 46 | भ्वाइसेस अफ वुमन मिडिया (भाओ मिडिया) |
| 47 | मानव अधिकारका लागि एकल महिला (डब्लु एच आर) | 48 | महिला पुनःस्थापना केन्द्र (ओरेक) |
| 49 | हिम राइट्स | ||
| अन्तर्राष्ट्रिय संस्थाहरू | |||
| 50 | एसियन अलायन्स अगेन्स्ट टर्चर | 51 | एसियन जस्टिस एण्ड राइट्स (एजेएआर) |
| 52 | एसियन ह्युमन राइट्स कमिसन (एएचआरसी) | 53 | इन्टरनेशनल कमिसन अफ ज्यूरिस्ट (आईसीजे) |
| 54 | इन्टरनेशनल फेडरेशन फर ह्युमन राइट्स | 55 | ओधिकार |
| 56 | ट्रन्जिशनल जस्टिस एसियन नेटवर्क | 57 | बेपत्ता पर्ने कार्य बिरुद्ध अन्तर्राष्ट्रिय संजाल – इकाएड |