Newsroom

साउन महिनामा २१९ जना महिला तथा बालिकामाथि हिंसाको घटना अभिलेखिकरण

साउन महिनामा २१९ जना महिला तथा बालिकामाथि हिंसाको घटना अभिलेखिकरण

विषयवस्तु:
ओरेकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । साउन महिनामा मात्र ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१७०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४९) तथ्याङ्कका आधारमा २१९ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण गरेको छ ।

क) हिसाको प्रकार

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा साउन महिनामा १३३ वटा (६१ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी ३७ वटा (१७ प्रतिशत) बलात्कारको तथ्याँक संकलन भएको छ । त्यसैगरी १८ वटा (८ प्रतिशत) सामाजिक हिंसाको घटना, १३ वटा (६ प्रतिशत) हत्याको घटना, ६ वटा (३ प्रतिशत) यौन दुव्र्यवहारको घटना त्यसैगरी ४ वटा (२ प्रतिशत) मध्ये २ वटा अलपत्र अवस्थामा फेला परेका घटना, २ वटा एसिड आक्रमणका घटना संकलन भएका छन् । त्यसैगरी ३ वटा (१ प्रतिशत) आत्महत्याको घटना २ वटा (१ प्रतिशत) मानव वेचविखन प्रयासका घटना संकलन भएका छन् त्यस्तै २ वटा (१ प्रतिशत) बलात्कार प्रयासको घटना र १ वटा (०.५ प्रतिशत) मानव वेचविखन जस्तो जधन्य अपराधके तथ्याँक संकलन भएको छ । 

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण

उमेरको आधारमा विश्लेषण गर्दा साउन महिनामा मात्रै सबैभन्दा धेरै ७४ जना (३४ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् । त्यसैगरी हिंसामा पर्ने सबै भन्दा बढी ६८ जना (३१ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका युवा महिलाहरु बढी हिंसमा रहेको पाइएको छ । त्यस्तै ३४ जना (१६ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २४ जना (११ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, त्यस्तै १० जना (५ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु रहेका छन । त्यसैगरी ६ जना (३ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका महिलाहरु रहेका छन भने ३ जना (१ प्रतिशत) उमेर समुह थाहा नभएका किशोरी तथा महिलाहरु हिंसाको जोखिममा रहेको पाइएको छ । 

ग) प्रभावितको आरोपितसँगको सम्बन्ध

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा साउन महिनामा सबैभन्दा बढी १०७ वटा (४९ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ५२ वटा (२४ प्रतिशत) परिवारका सदस्यवाट हिंसा भएको छ, ३२ वटा (१५ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ त्यस्तै १० वटा (५ प्रतिशत) हिंसा अपरिचित व्यक्तिबाट, ८ वटा (४ प्रतिशत) हिंसा प्रेमिबाट, त्यसैगरी ६ वटा (३ प्रतिशत) हिंसा साथिबाट, ३ वटा (१ प्रतिशत हिंसा सेवा प्रदायकबाट र १ वटा (०.५ प्रतिशत) शिक्षकबाट हिंसाको घटना भएको पाईएको छ ।

घ) आरोपित र उमेर

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ६३ जना (२८ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ४६ जना (२१ प्रतिशत) उमेर समुह थाहा नभएका युवा तथा पुरुषहरु, ४४ जना (२० प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका युवाहरु रहेका छन त्यस्तै ३५ वटा (१६ प्रतिशत) ३६ देखि ४५ बर्ष उमेर समुहका पुरुषहरु छन, १६ (७ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु छन्, भने १५ जना (७ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र ३ जना (१ प्रतिशत) १६ वर्ष मुनिका किशोर हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ । 

निश्कर्ष
महिला तथा किशोरीमाथि निरन्तर भइरहेको लैङ्गिक विभेदमा आधारित हिंसाका यी तथ्याकंहरुले सुरक्षा र हिंसारहित वातावरणमा बाँच्न पाउने प्रत्यक नागरिकको नैसर्गिक अधिकार सुनिश्चितता नभएको देखाउँछ । महिला माथि हुने हिंसाको अन्त्य विना देशमा सामाजिक न्याय तथा दिगो शान्ती स्थापना हुन सक्दैन त्यसैले मानव अधिकारको सम्मान गर्न, दिगो विकास र समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न महिला माथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सम्बन्धित सरोकारवालाहरुको ध्यान जान आवश्यक छ । 

लुभराज न्यौपाने
कार्यकारी निर्देशक


Related Posts

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”)

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन्