Newsroom

५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी

५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी

५१ प्रतिशत बालिका तथा किशोरी यौन हिंसाबाट प्रभावित : विद्यालयमै सुरक्षित छैनन बालिका तथा किशोरी

पछिल्लो केही समययता देशमा महिला तथा किशोरीमाथि हिंसाका घटनाहरु सार्वजनिक हुनेक्रम बढेको छ । आफुलाई भएको हिंसा बारे खुलेर भन्दा आफ्‌नै चरित्र माथि लाञ्छना भोग्नुपर्ने हाम्रो सामाजिक परिपाटिले गर्दा अझ धेरै घटनाहरु बाहिर आउन सकेका छैनन् । ओरेकले चैत्र २०७८—वैशाख २०७९ सम्म कार्यालयमा अभिलेखिकरण भएका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (३७ वटा) तथ्याङ्क गरी ३९० वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ । संस्थामा यो अवधिमा संकलन भएका घटनालाई बिश्लेषण गर्दा सबै भन्दा बढि ५१ प्रतिशत किशोरीहरुमाथि यौनजन्य हिंसा भएको पाईएको छ । जसमा ३० प्रतिशत (२३ जना ) किशोरीहरु को बलात्कार र ७ प्रतिशत (६ जना) को बलात्कार को प्रयास र १४ प्रतिशत किशोरीहरु (१२ जना) माथि यौन दुर्व्यवहार भएको छ ।

क) बालिका तथा किशोरीमाथि भएका हिंसाको प्रकार (चैत्र २०७८—वैशाख २०७९)

केहि प्रतिनिधिमुलक घटनाहरु :

घटना  १ : सुन्दरी प्रतियोगितामा ८ वर्ष अघि सहभागी भएकी एक किशोरीले आफुलाई सञ्चालकले बेहोस बनाएर बलात्कार गरेको तथ्य सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । त्यो बेला आफुलाई कसैले पनि सहयोग नगरेको भन्दै उनले आफ्‌नो घटना सुनाएपछि उनको पक्षमा स्वतः फूर्तरुपमा समर्थन जुटेको छ । उनले सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेपछि सदनको निर्देशनमा प्रहरीले पीडकलाई पक्राउ पनि गरेको छ ।

घटना २ : नवलपरासीको गैँडाकोट नगरपालिकाका एक शिक्षकले १२ कक्षामा अध्ययनरत छात्रालाई अश्लिल भिडियो देखाएर यौनदुर्व्यवहार गरेको आरोप लागेको छ । २०७८ चैत्र २८ गते शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । घटनालाइ मिलाउने प्रयत्न भएको थाहा पाएपछि आरोपित शिक्षकलाई कार्वाहीको माग राखि विद्यार्थीहरुले प्रर्दशन गरेपछि मात्र शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटना ३ : नाबालिक छात्रालाई यौनदुर्व्यवहार गरेको आरोपमा गुल्मीमा प्रहरीले दुइजना शिक्षकलाई पक्राउ गरेको छ । गुल्मीको एक विद्यालयकी छात्रालाई सोही विद्यालयका दुई जना शिक्षकले पटकपटक यौनदुर्व्यवहार गरेको छात्राले प्रहरीलाई बयान दिएकी छिन् । दुवै शिक्षक माथी अहिले अनुसन्धान भइरहेको छ ।

घटना ४ : सुनसरी जिल्लाको इटहरी स्थित एक विद्यालयका प्रिन्सीपलले २०७२/७३ मा दुइ वर्ष लगातार बलात्कार गरेको भनेर एक किशोरीले घटना सार्वजनिक गरेकी छिन् । उक्त घटनामा प्रहरीमा उजुरी गरेपनि ८ वर्ष सम्म प्रहरीले बलात्कारीलाई पक्राउ नगरेको उनले गुनासो गरेकी छिन् । होस्टलमा बस्ने उनलाई छातीमा समस्या देखिएकोले बुवाले विदेशबाट प्रिन्सीपलको नाममा पैसा पठाएर उपचार गरिदिनु भनेको बेला प्रिन्सीपलले उनलाइ होटेलमा लगेर बलात्कार गरेको र त्यसको भिडियो बनाई, त्यसैको आडमा एसइइ परीक्षा नसकिदा सम्म निरन्तर दुइ वर्ष बलात्कार गरेको बताएकी छिन् । एसइइ सकेर घर गएपछि किशोरीले घरमा सबैकुरा बताएपछी दोषि माथी कारवाहीको लागि कानुनी प्रकृया शुरु गरेपनि अझै सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

घटना ५ : काठमाण्डौको चावहिल स्थित सेन्ट लरेन्स कलेजका छात्राहरुले विद्यालयका कोअर्डिनेटर र शिक्षकले छात्राहरुलाई यौनदुर्व्यवहार गरेको भन्दै आन्दोलन गरेपछि प्रहरीले आरोपित दुबैलाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध कक्षा ११ मा अध्ययनरत तीनजना छात्राहरुले जाहेरी नै दिएका छन् । अन्य दुइजना छात्राले पनि आफु माथी दुर्व्यवहार भएको बताएका छन् । दुवै जना शिक्षकले छात्राहरुलाई संवेदनशिल अंगहरुमा छुने, टिप्पणी गर्ने, आफ्‌नो घरमा बस्न र यौन सम्पर्कको प्रस्ताव राख्ने गरेको छात्राहरुले बताएका छन् ।

घटना ६ :

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला नौगड गाँउपालिकाको एक विद्यालयका शिक्षकले छात्रालाई बलात्कार र यौनदुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । आरोपित ्‌शिक्षकले  विद्यालयमा अध्ययनरत १७ बर्षिया किशोरीलाई गत फागुनमा बलात्कार गरि भिडियो बनाएको प्रहरीले जनाएको छ ।  सोही भिडियोले ब्ल्याकमेल गर्दै शिक्षकले किशोरीलाई निरन्तर बलात्कार गरेको युवतीले बताएकी छिन् । उक्त भिडियो ती शिक्षकले अर्को शिक्षकलाई फेसबुक मेसेन्जरमा सेयर गरेपछि उनले अर्कोलाई शेयर गरेका थिए । उक्त भिडियोलाई भारतको बैंगलोरबाट एकजनाले फेसबुकमा सार्वजनिक गरेपछि प्रभावित किशोरीले शिक्षकको विरुद्ध बलात्कार, हाडनाता करणी र साइबर अपराधको मुद्धा हालेकी छिन् । शिक्षक प्रभावित किशोरीको नातामा दाई पर्छन ।

माथि उल्लेख गरिएका घटनाहरु प्रतिनिधिमुलक मात्र हुन । यसरि सार्वजनिक हुन नसकेका घटनाहरु कति छन् आंकलन गर्न गाहे छ ।

ख) हिंसा प्रभावित बालिका तथा किशोरीहरुको उमेर समूह र आरोपित संगको सम्बन्ध

बालिका तथा किशोरीहरु माथि हुने हिंसामध्ये २२ प्रतिशत १९ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी माथि भएको पाइएको छ । धेरैजसो हिंसाका लागि जिम्मेवार परिवारकै सदस्य, प्रेमी, छिमेकी र शिक्षकहरु देखिन्छन् ।

क) महिला हिसाको प्रकार

पितृसत्तात्मक संरचनाले ग्रसित हाम्रो समाजले महिलाको अस्तित्वलाई स्वीकार गरेको छैन । महिलाको शरिरलाई नियन्त्रण गरि जसरि पनि प्रयोग गर्न सकिन्छ भन्ने सोचले गर्दा महिला बिरुद्धको हिंसाका घटनाहरु नियन्त्रण हुन सकिरहेका छैनन् । हिंसाका घटनामा प्रभावितलाई नै जिम्मेवार बनाउने हाम्रो जस्तो समाजमा आफुमाथि भएको हिंसात्मक घटनाहरु सहजै र तत्कालै बाहिर ल्याउन ठुलै साहस जुटाउनुपर्छ । नेपालको कानुनले बलात्कारका घटनाको उजुरि दिने हदम्याद एक बर्ष तोकेको छ । हिंसाको लागि प्रभावितलाई नै दोषी ठान्ने हाम्रो जस्तो समाजमा हिंसा भएकै समयमा हिंसा प्रभावितले आफुमाथि भएको घटनालाई बाहिर ल्याएर कानुनी प्रक्रियामा जान सक्ने सम्भावना कम हुने कुराको पुष्टि अहिले सार्वजनिक भएको घटनाले समेत गर्दछ ।

तसर्थ हिंसा प्रभावितहरुले विभिन्न चुनौतिका बाबजुद पनि बाहिर ल्याएका घटनाका दोषिलाई उचित कारवाहि गर्ने संयन्त्रको ब्यवस्था हुन नसकेको खण्डमा दण्डहिनताले प्रश्रय पाउने र हिंसा प्रभावितको न्यायप्रतिको विश्वास गुम्नेछ । जसले गर्दा पीडकहरुको मनोवल बढि हिंसाको घटनाहरु अझ बढ्ने अनुमान सहजै गर्न सकिन्छ । तसर्थ प्रभावितमुखि दृष्टिकोणबाट हेर्दा बलात्कार जस्तो जघन्य अपराधको घटनामा प्रभावित महिला तथा किशोरीले घटनाबारे आफुलाई सहज लागेको समयमा बाहिर ल्याउने वातावरण सिर्जना गरि कानुनी रुपमा न्याय माथिको पहुँचको ब्यबस्था सुनिश्चित गर्नु राज्यको दायित्व हो । यसका लागि बलात्कार तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी घटनामा हदम्यादको प्रावधानलाई हटाई ऐन परिमार्जन गर्न आवश्यक देखिएकाले हामी नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौं ।

Related Posts

आग्रणी राष्ट्रिय सम्मेलन २०८२- घोषण पत्र

“रूपान्तरण सम्भव छ, हामी गर्छौँ” भन्ने मूल सन्देशका साथ २०८२

Quarterly press release (Jan to March ) 2025