Newsroom

अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिबश मे २८

अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिबश मे २८

मे २८, नेपालले २०२० सम्म मातृ मृत्युदर प्रति लाख २२५ मा घटाउने लक्ष्य राखेको थियो भने हाल नेपालको  मातृमत्यु दर प्रति लाख २३९ रहेको छ । यो हेर्दा खेरी हामी २०२० को लक्ष्य प्राप्तीको लागि पहिले नै चुकिसकेका छौं । अहिले कोभिड १९ को बन्दाबन्दीको अवस्थामा, गर्भवती र सुत्केरी महिलाको अबस्था झन् बढी जोखिममा रहेको र धेरैको ज्यान समेत गएको अबस्था छ । बन्दाबन्दी सुरु भए देखि ज्येष्ठ १३, २०७७ सम्म मातृमृत्यु ३० र २५० शिशुको आमाको कोख भित्रै र जन्मेको एक हप्ता भित्र ज्यान गएको छ (स्रोतः परिवार कल्याण महाशाखा) । यो तथ्यांकले महिला र नवजात शिशुको स्वास्थ्य सबैभन्दा बढि जोखिममा छ भन्ने देखाउँछ ।
हाल स्वास्थ्य संस्थाहरुले नियमित सेवा दिन नसक्नु, सवारी साधनको अभावले महिलाहरु सजिलै स्वास्थ्य संस्थामा पुग्न नसक्नु र पुगे पनि जटिल अवस्था भए पछि मात्र पुग्नुले महिला र नवजात शिशुको ज्यान गएको छ । कतिपय स्वास्थ्य संस्थाले आफूसँग कोभिड १९ को सक्रमण रोकथामको लागि आवश्यक पि.पि.ई सेट र ¥यापिड परिक्षण गर्नको लागि परिक्षण किट नभएका, छुट्टै उपचार कक्षको अभाबको कारणले  सेवाहरु दिन सकिरहेका छैनन् । त्यस्तै गरेर महिलाहरुले परिवार नियोजन र गर्भपतनको सेवाबाट पनि बन्चित हुन परेको छ । परिवार नियोजन र गर्भपतनको सेवा बेलैमा नपाउदा भविष्यमा यसले झनै जटिल समस्या ल्याउन सक्छ । अहिले कतिपय गर्भवती र सुत्केरी महिलाहरु पनि क्वारेन्टाईनमा बसिरहनु भएको छ र उहाहरुलाई विशेष सुविधाको व्यवस्था छैन ।
महिलाको प्रजनन सेवा भनेको अति नै संबेदनशिल सेवा र कुनै पनि हालतमा अवरुद्घ हुन नहुने सेवा हो । तसर्थ, ओरेक नेपालले बन्दाबन्दीको बेला महिलाको प्रजनन् अधिकार सुनिश्चितताको लागि निम्न कुराको माग गर्दछः

  • सबै किसिमका प्रजनन् सेवाहरु तुरुन्त सुचारु गर्नु पर्ने ।
  • प्रसबमा रहेको महिला र सुत्केरी महिलाको लागि निशुल्क हवाई एम्बुलेन्स, एम्बुलेन्स वा अन्य यातायातको सेवा २४ घण्टा र सहजरुपले उपलब्ध हुनुपर्ने ।
  • स्वास्थ्य संस्थाहरुमा परिवार नियोजन र गर्भपतनको सेवा सुचारु हुनुपर्ने ।
  • संचार प्रबिधिको प्रयोग गरि गर्भवती र सुत्करी महिलाहरुलाई परामर्शको सेवा दिनुपर्ने ।
  • बर्थिङ सेन्टर लगायत अन्य स्वास्थ्य सेवाकेन्द्र र संस्थाहरुमा कोभिड सक्रमण परिक्षण किट र स्वास्थ्य कर्मीहरुलाई सुरक्षका साधन (पि.पि.ई सेट) को अविवार्य उपलब्धता र तालिम उपलब्ध हुनुपर्ने ।
  • प्रसवमा रहेका महिला र सुत्केरी महिलालाई विशेष ध्यानमा राखि उनीहरुलाई पर्ने हरेक किसिमका जटिलतालाई मध्यनजर गरि सोही अनुसारको सेवाहरु उपलब्ध गनुपर्ने ।
  • साथै क्वारेन्टाईनमा बसिरहेका सुत्केरी तथा गर्भवतीहरुको लागि उनीहरुको आवश्यकता अनुसारको विशेष पोषणयुक्त खाना, बस्ने व्यवस्था र स्वस्थ्य जाँचको सेवा उपलब्ध गराउनुपर्ने ।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s