Publications

‘अभियान’ ले किशोरीहरूमा ल्याएको परिवर्तन – एक अध्ययन

‘अभियान’ ले किशोरीहरूमा ल्याएको परिवर्तन – एक अध्ययन

कार्यक्रमहरूमा सहभागी हुनका लागि शुद्धोधन गाउँपालिकाकी साधना हरिजन भैरहवा र बुटवलका विभिन्न होटलहरूमा जाने अवसर पाउँथिन् । सडक नाटकमा अभिनय गर्न थालेपछि अभिनय कक्षा लिनुपर्ने भयो । अभिनय कक्षा लिनका लागि उनी काठमाडौं पनि पुगेकी छिन् । कार्यक्रम र कक्षाका दौरानमा उनी कैयौं पटक होटलका आरामदायी, ‘अट्याच बाथरुम’ सहितको कोठामा बस्ने अवसर पाएकी छिन् ।

साधनाको जीवनमा होटलले केही खास अर्थ राख्छ । चाहे कार्यक्रमको दौरानमा होस् वा बास बस्ने क्रममा । जब–जब होटलको शौचालय प्रयोग गर्नुपर्ने हुन्थ्यो साधनाको मन पीरो हुन्थ्यो । ‘ट्वाइलेट जाँदा मलाई छटपटी हुन्थ्यो । मेरो मनमा सधँै एउटै प्रश्न आउँथ्यो– किन हाम्रो घरमा शौचालय छैन?’ होटलबाट घर फर्केपछि खुला स्थानमा शौच गर्नुपर्ने बाध्यताले उनलाई पीडा हुन्थ्यो । तर, त्यही पीडाले उनलाई आँट दियो ।

सडक नाटक खेल्ने क्रममा उनले केही पारिश्रमिक पाउँथिन् । कार्यक्रमहरूमा यातायात खर्च पाउँथिन् । यसरी पाएको पैसा उनले बचाएर राख्न थालिन् । जब ४० हजार रूपैयाँ बचत पुग्यो उनले आफ्नो बुवालाई त्यो पैसाले शौचालय बनाउने प्रस्ताव राखिन् । सुरुमा उनका बुवा शौचालय बनाउन सहमत भएनन् । साधनालाई उल्टो गाली गरे, ‘गाउँमा कसैको शौचालय छैन तँलाईं मात्र फेसन चाहिएछ ? किन चाहियो शौचालय ?’ तर, साधनाले हरेश खाइनन् । किनभने उनलाई शौचालय हुनु र नहुनुको फरक थाहा थियो । त्यसैले उनले शौचालय बनाउन बुवालाई मनाउने कोसिस गरिरहिन् । साधनाका भाइहरूले पनि मद्दत गरे । फलस्वरूप साधनाको गाउँमा उनको पारिश्रमिकको बचतले पहिलो शौचालय निर्माण भयो ।

साधनाको शौचालय निर्माणको प्रसंगले गाउँका अन्य किशोरीहरूलाई उत्प्रेरणाको काम गर्‍यो । घर–घरमा किशोरीहरूले शौचालयका लागि दबाब दिन थाले । यसै क्रममा पालिकाले पनि शौचालय बनाउन सहयोग गर्न थाल्यो । घर–घरमा शौचालय बने, गाउँ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भयो ।

पुरा अध्ययनलाई पढ्न प्रकाशनलाई डाउनलोड गर्नु होला ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Towards Climate Justice Rooted in Gender Equality and Community Leadership

The climate crisis calls us to reimagine our relationships with