Newsroom

एकिकृत स्वास्थ्य तथा स्वहेरचाह मेला सम्पन्न

एकिकृत स्वास्थ्य तथा स्वहेरचाह मेला सम्पन्न

महिलाहरुमा मनोविमर्श तथा प्रजनन् स्वास्थ्य सेवाको आवश्यक्तालाई सम्बोधन गर्न रुकुम जिल्ला बाफिकोट गाँउपालिकाको वाड नं २ पिपलमा २०७५ कार्तिक १४ देखि १७ सम्म ५ दिने एकिकृत स्वास्थ्य तथा स्वहेरचाह मेलाको आयोजना गरिएको थियो । 
मेलामा रुकुम जिल्लाको बाफिकोट गाँउपालिका, त्रिवेणी गाँउपालिका र सिस्ने हिमाल गाँउपालिकाबाट पाठेघरको मुख सुनिएका, ग्याष्ट्रिक, पिसावको संक्रमण, उच्च रक्तचाप, महिनावारी गडबडी, पाठेघर पहिलो, दोस्रो र तेस्रो डिग्री खसेको, सेतो पानी बग्ने आदि स्वास्थ्य समस्या भएका जम्मा ४३६ जनाको स्वास्थ्य जाँच गरी निःशुल्क औषधी वितरण गरिएको थियो । जसमध्ये १५ जनालाई थप उपचारको लागि नेपालगंज, दाङ्ग र काठमाण्डौ अर्थोपेडिक अस्पतालमा रेफर गरिएको थियो भने ४४ जना महिलालाई मनासामाजिक मनोविमर्श प्रदान गरिएको थियो । साथै स्वास्थ्य मेलामा सहभागीहरुलाई लिङ्ग, लैङ्गिकता, महिला र पुरुषको बिचमा भएको प्राकृतिक तथा सामाजिक भिन्नता, लिङ्गको आधारमा गरिएको कार्यविभाजन, जसले सृजना गरेको लैङ्गिक विभेद, महिला हिंसाको अवस्था र यसबाट सृजना भएको महिलाको स्वास्थ्य समस्याको बारेमा अभिमुखिकरण गरिएको थियो । सँगसगै स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटिको प्रयोगबाट घरमा नै स्वास्थ्य समस्यालाई सामाधान गर्न सकिने बारे जानकारी दिईएको थियो । 
विशेष मनोविमर्शको आवश्यकता भएका १९ जना महिलाहरु ४ दिनसम्म योग तथा ध्यान शिविर पनि सञ्चालन गरिएको थियो । शुरुवातमा मानसिक विचलनका कारण आँखा बन्द गर्नसमेत नसकेका सहभागीहरुले अन्तिम दिनसम्म आईपुग्दा आफुलाई धेरै आनन्द अनुभुति भएको कुरा व्यक्त गरेका थिए । यसैगरी योगाको माध्यमबाट हातगोडा झमझमाउने, हातगोडा गल्ने, पाठेघरको समस्या, ढाडकम्मर दुख्ने, जीउ दुख्ने आदि समस्या भएको महिलाहरुले लाभान्वित भएको बताएका थिए । 
यसरी नै ओेरेक, तुलसीपुर उपमहानगरपालिका र महिला मानवअधिकार रक्षकहरुको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे स्वास्थ्य चौकी र ८ दूधनामा २०७५ पुष १३ देखि पुष १८ सम्म गरी जम्मा ६ दिने महिला स्वास्थ्य तथा स्वहेरचाह मेला सम्पन्न भएको थियो । हिंसा प्रभावित महिलाहरुको मानसिक स्वास्थ्यमा परेको प्रभावलाई कम गर्ने उद्देश्यले स्वहेरचाहको साथै मनोविमर्श, ध्यान र मनोरञ्जनात्मक क्रियाकलापहरु समेत गरिएको थियो । 
मेलामा प्रजनन् तथा अन्य स्वास्थ्य समस्या भएका ९५६ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य मेलाबाट तेस्रो डिग्री पाठेघर खसेका १० जनालाई अप्रेशनको लागि अञ्चल अस्पताल रेफर गरिएको थियो भने १६ जनालाई पाठेघरमा रिङ्गप्रसरी राखिएको थियो । यसैगरी २०० जना महिलाहरुले भिडियो एक्सरे सेवा समेत गराएका थिए । यस स्वास्थ्य मेला पश्चात ५ जनाको पाठेघरको नि ःशुल्क रुपमा अप्रेशन भएको छ ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय तथा पालिकाहरुको समन्वयमा सिन्धुपाल्चोकको विस्देउटार र उदयपुर जिल्लाको पात्लेवास र शाही खोलामा गरी जम्मा ५ दिन स्वास्थ्य मेला सञ्चालन गरिएको थियो । स्वास्थ्य मेलामा पिसाव पोल्ने, पाठेघर सम्बन्धी चेकजाँच, तल्लो पेट दुख्ने , सेतो पानि बग्ने, ढाड दुख्ने, हाड जोर्नी दुख्ने, ग्याष्ट्रिक आदि समस्या भएका जम्मा ६९० जनालाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सूचनामूलक सामग्रीहरुको माध्यमबाट यौन तथा प्रजनन् स्वास्थ्य, जडिबुटीको प्रयोग तथा लैङ्गिक विभेदका बारेमा जानकारी समेत प्रदान गरिएको थियो । 

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May