Newsroom

डा. अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ सुरु

डा. अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ सुरु

काठमाडौँ- लोकतन्त्रमा महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिनका लागि ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’को सुरुवात गरिएको छ ।

गणतन्त्र दिवसको सन्दर्भ पारेर लोकतन्त्रका पक्षधर ३० भन्दा बढी संघ संस्था, व्यक्ति, समूह, सञ्जाल, सञ्चारकर्मीसहितको संयुक्त आयोजनामा यही जेष्ठ १५ गते अभियानको सुरुवात गरिएको हो । जसको संयोजन डा. रेणु अधिकारीले गरेकी छन् ।

‘हाल विश्वव्यापी रूपमा नै महिला अधिकार विरोधी आन्दोलनहरू मौलाउँदै गइरहको छ। जसले महिलाको प्रजनन् अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लैङ्गिक समानतामाथि आक्रमण भइरहेको छ भने यसले लोकतन्त्रका आधारभूत मान्यताहरूलाई चुनौती दिइरहेको छ। यसको असर नेपालमा पनि परिरहेको छ, जहाँ लोकतान्त्रिक व्यवस्थाको उपलब्धीहरू संस्थागत हुन नपाउँदै यसको विकल्प स्वरूप पुनः सामन्तबादी सोचको प्रभाव देखिन थालेको छ । तसर्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा फैलिएको यो प्रतिगामी प्रभावबाट लोकतान्त्रिक अभ्यास जोगाउनु अहिलेको आवश्यकता हो,’जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति:

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May