Newsroom

दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ  प्रबद्र्धन राष्ट्रिय परामर्श 

दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ  प्रबद्र्धन राष्ट्रिय परामर्श 

ईकोभिलेजको प्रवद्र्धन तथा पर्यावरणीय मैत्री नमुना गाउँ (इकोभिलेज) सञ्चालन गर्दाका सिकाई तथा अनुभवहरुलाई आदान प्रदान गर्न ९ डिसेम्बरमा कृषि विभाग, पुल्चोक, ललितलपुरमा दिगो विकास लक्ष्य प्राप्तीका लागि पर्यावरणीय मैत्री नमुना गाउँ प्रबद्र्धन राष्ट्रिय परामर्श गोष्ठीको आयोजना गरिएको थियो । 
कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय सभाका सदस्य विमला राई पौड्याल र राष्ट्रिय योजना  आयोगका सदस्य मिन बहादुर शाही, रहनुभएको थियो । 
विज्ञको रुपमा डा. नेत्र प्रसाद तिम्सिना र डा. सर्वराज खड्काले ईकोभिलेजको मूल्यांकन तथा अनुगमनको आधारमा इकोभिलेजले दिगो विकासको लक्ष्य प्राप्तीका लागि योगदान पु¥याइरहेको र समुदायस्तरमा यो अवधारणा दिगो र प्रभावकारीरुपमा सञ्चालन भइरहेको प्रष्ट्याउनु भएको थियो । माननिय मिन बहादुर शाहीले यो अवधारणालाई अहिले बन्दै गरेको पन्ध्रौँ पञ्चबर्षीय योजनामा सिफारिस गर्न पहल गर्न सक्ने जानकारी गराउनु भएको थियो भने विमला राई पौड्यालले ओरेकले इको भिलेजको अवधारणालाई समुदाय स्तरमा रहेर प्रभावकारी तवरबाट सञ्चालन गर्दै आएकोमा आगामी दिनमा यसको प्रवद्र्धन र विस्तारका लागि जोड दिनुपर्ने बताउनु भएको थियो । कार्यक्रम पश्चात, सामुदायिक विकासको अवधारणा अनुसार पर्यावरणीय मैत्री नमुना गाउँ कार्यक्रम स्थानीय सरकारले अवलम्बन गर्न पहल गर्दै राष्ट्रिय योजना आयोगलाई निर्माणाधिन पन्धौं पञ्चबर्षीय योजनामा समावेश गर्नको लागि सुभावपत्र समेत पेश गरिएको थियो । उक्त कार्यक्रममा इको भिलेज व्यवस्थापन समिति सदस्य, जनप्रतिनिधि, महिला आयोग, जनसंख्या तथा बातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशु पंक्षी विकास मन्त्रालय र विभाग लगाय राष्ट्रियस्तरका सरोकारवाहरुको उपस्थीति रहेको थियो ।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s