Newsroom

नवउदारवाद र महिला आन्दोलन

नवउदारवाद र महिला आन्दोलन

नवउदारवाद र महिला आन्दोलन

सुनिता मैनाली

मैनाली मानवअधिकारकर्मी हुन् ।

Highlights

  • महिलावादले नवउदारवादी अर्थतन्त्रद्वारा महिलाका शरीरको वस्तुवादीकरणको विरोध गर्छ र महिलाहरूलाई उपभोगको वस्तुका रूपमा चित्रण गर्ने प्रवृत्तिलाई चुनौती दिन्छ ।

नवउदारवाद एक राजनीतिक र आर्थिक सिद्धान्त हो । यसको विश्वव्यापी रूपमा धेरै चर्चा र आलोचना हुने गरेको छ । नवउदारवाद एक यस्तो सिद्धान्त हो जसले स्वतन्त्र बजार, निजीकरण, सरकारी भूमिका न्यूनीकरण र खुला अन्तर्राष्ट्रिय व्यापारलाई प्राथमिकता दिन्छ ।

यो सिद्धान्त १९८० को दशकदेखि विश्वव्यापी रूपमा प्रभावशाली बनेको हो, विशेष गरी विकसित देशहरूले यसको प्रचार गरेपछि यसले अझ व्यापकता पायो ।

नवउदारवादका बारेमा प्राज्ञिकहरूका विभिन्न दृष्टिकोणहरू छन् । केहीले यसलाई आर्थिक विकासको प्रभावकारी उपकरण मान्छन् । केहीले सामाजिक असमानता र शोषणलाई बढावा दिने सिद्धान्तको रूपमा हेर्छन् । अमेरिकन अर्थशास्त्री मिल्टन फ्राइडम्यानले आफ्नो पुस्तक ‘पुँजीवाद र स्वतन्त्रता’ मा स्वतन्त्र बजार व्यवस्थाले दक्षता, नवीनता र समग्र समृद्धि ल्याउने दाबी गरेका छन् ।

https://ekantipur.com/opinion/2025/02/17/neoliberalism-and-the-womens-movement-02-03.html?fbclid=IwZXh0bgNhZW0CMTAAAR28hfuwDEvQt18j4M2cJhyOgszx3HDDWL57YtREHIzykPgFJzdpgDzmXjA_aem_SmrTUjZ3H0GWNFFNyPFBUA

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May