Newsroom

बलात्कार विरद्धको राष्ट्रिय अभियान शुरु

बलात्कार विरद्धको राष्ट्रिय अभियान शुरु

National Campaign Against Rape Launched on Sept 22, 2013

महिला अधिकारको क्षेत्रमा क्रियाशिल २८ वटा भन्दा बढि सामाजिक संघ संस्था तथा सञ्जालहरुको अगुवाईमा २०७० असोज ६ गते काठमाण्डौको रत्नपार्क स्थित शान्ति बाटिकामा देशका ७५ वटै जिल्लाबाट आएका १००० जना भन्दा बढि महिला मानव अधिकार रक्षकहरु, मानव अधिकार रक्षकहरु, युवा, महिला, नागरिक समाज र सचेत नेपालीहरुको उपस्थितिमा आयोजित अभियानको समुदघाटन कार्यक्रममा महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष डा. रेणुराजभण्डारी, अतिथिहरु मानव अधिकारकर्मी कृष्ण पहाडी र म्यागासेसे पुरस्कार विजेता शक्ति समुहका अध्यक्ष सुनिता दनुवारबाट सामुहिक रुपमा बलात्कार विरुद्धको ८० दिने राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ ।

अभियानको शुभारम्भ गर्दै निकालिएको र्‍याली असन, ईन्द्रचोक, बसन्तपुर, न्यू रोड, विर अस्पताल हुँदै पुनः शान्ति वाटिकामा आई सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै महिला मानवअधिकारकर्मी डा. रेणु राजभण्डारीले महिनामा ५० भन्दा बढि बलात्कारको घटना सार्वजनिक भई रहँदा पनि सबै चुप किन छौ भन्दै यो अभियानमा सबैको सक्रिय सहभागिताको लागि आव्हान गर्नु भएको थियो । अन्त्यमा अभियानलाई सफल बनाउनका लागि सबैले प्रतिवद्धताका साथ मैनवत्ती प्रज्वलन गरी सभा बिसर्जन गरिएको थियो ।

मिति २०१३ सेप्टेम्बर २२ का दिन शुरु गरी १० डिसेम्बर मा समापन गर्ने गरी थालनी गरिएको यो अभियानको दौरान देशका ७५ वटै जिल्लामा बलात्कार सहनु हुँदैन भन्ने सचेतना अभिवृद्धि गर्न र जिम्मेबार सरोकारवालाहरुको जवाफदेहिता अभिवृद्धि गर्नका लागि निरन्तर रुपमा छलफल, सम्वाद, ध्यानाकर्षणपत्र बुझाउने, मुद्धा दायर गर्ने, पीडित तथा प्रभावितहरुलाई आवश्यक सहयोग गर्ने, अन्तरक्रिया कार्यक्रम लागयतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । महिलाहरुले बलात्कारको भयबाट मुक्त भई सुरक्षाको अनुभूति गर्दै सम्मानपूर्वक बाँच्न पाउने अवस्था सृजना गर्नका निम्ति यो अभियानमा सक्रिया सहभागिता र ऐक्यवद्धता जनाउन सबै सचेत नेपाली नागरिक, संघ संस्था, मानव अधिकार रक्षक, पत्रकार, सञ्चारकर्मी लगायत सबैमा हार्दिक आवहान समेत गरिएको छ ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May