Newsroom

“महिलामाथिको बढदो हिंशा र बलात्कारका घटना नियन्त्रणमा सरोकारवालाहरुको भुमिका र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम

“महिलामाथिको बढदो हिंशा र बलात्कारका घटना नियन्त्रणमा सरोकारवालाहरुको भुमिका र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम

पछिल्लो समय देशमा बढ्दै गइरहेको महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइ जिम्मेवार बनाउन चैत्र १५, २०७४ का दिन महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको आयोजना र ओरेक नेपाल सिरहाको सहयोगमा सप्तरीको राजविराजमा महिला माथि बढ्दो हिंसा र बलात्कारका घटना नियन्त्रण तथा सरोकारवालाको भुमिका र दायित्व बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रमको अध्यक्षता सप्तरी जिल्लाको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष श्री अनिता देवकोटाले गर्नु भएको थियो  भने प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजकी माननीय न्यायधिश श्री बबिता उप्रेती साथै बिशेष अतिथिमा प्रमुख जिल्ला अधिकारी श्री भागीरथ पाण्डे रहनुभएको थियो । यस लगायत कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख, पत्रकार, महिला अधिकारकर्मी , वकिल, सरकारी तथा गैरसरकारी संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधि गरी जम्मा ६३ जनाको सहभागिता रहेको थियो । 
कार्यक्रममा सप्तरी जिल्लामा फागुन महिनामा मात्र अभिलेखीकरण गरिएका ९ वटा बलात्कारका घटनामा प्रभावितले सहज र सुरक्षित रुपमा न्यायलय सम्मको पहुँच नभएको र महिलामाथि भएका जघन्य अपराधका घटनाहरुमा पनि छलफलका माध्यमबाट मिलाउने प्रयास गरिएको भन्दै सरोकारवाला निकायहरुले आफ्नो दायित्व प्रति जिम्मेवार भइ दोषीलाई कारवाही र हिंसा प्रभावितलाई न्याय दिलाउने वातावरण सिर्जनाका लागि संवेदनशील भएर लाग्नुपर्ने भन्दै कार्यक्रमकी अध्यक्षले १० बुँदे कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो । मन्तव्यको क्रममा उपस्थित सम्पूर्ण सरोकार तथा जिम्मेवार निकायहरुले आ आफ्नो स्थानबाट आगामी दिनमा यस्ता घटनाहरु हुन नदिन र दोषीलाई कारवाही गरी प्रभावितलाई न्याय प्राप्तीमा सहज वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s