Newsroom

‘महिलालाई आर्थिकरुपले शसक्त बनाउन उद्यमशीलता जरुरी छ’

‘महिलालाई आर्थिकरुपले शसक्त बनाउन उद्यमशीलता जरुरी छ’

‘महिलालाई आर्थिकरुपले शसक्त बनाउन उद्यमशीलता जरुरी छ’

कैलाली । महिलाहरुलाई आर्थिकरुपले सशक्त बनाउन उद्यम व्यवसाय संचालन गर्न आवश्यक रहेको धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाले बताईन् ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको आयोजनामा महिला कृषक समु्ह र हिंसा प्रभावित महिलालाई उद्यमशिलता तथा सीप विकास तालिम उनले यस्तो बताएका हुन् । पाँच दिने तालिममा धगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको २९ जनाको सहभागीता रहेको थियो ।

तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाको नगर उपप्रमुख रानाले महिलाहरुलाई आर्थिक सशक्तीकरणमा जोड्न आउने बजेटले सम्बोधन गरेको जानकारी दिईन् ।

पहिला पहिला महिलाहरु घरेको काममा मात्रै सिमित हुन्थे, तर आजभोली उद्यमीकोरुपमा अगाडी आउदै गरेको उनले बताईन् । उनले उद्याम शुरुवाट गरेका वा गर्न चहाने महिलाहरुलाई नगरपालिकासंग सहकार्य गर्न अनुरोध समेत गरिन् ।

उनले दहित टेलर्सले थारु सांस्कृतिक पोशाकबाट राम्रो आम्दानी मात्रै होईन पहिचानपनि बचाउदै आएको भन्दै केही नयाँ काम गर्न चाहने महिलालाई नगरपालिकालेपनि प्रोत्सहान गर्ने बताईन ।

कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख टेकबहादुर विष्टले केन्द्र मार्फतपनि धेरै कार्यक्रम भईरहेको जानकारी दिए । दकियामा तरकारी बोकेर विहानै हरेक घरको भान्छसम्म पुग्ने महिलाहरुलाई सम्मान गर्ने योजना बनाएको जानकारी दिए ।

जिल्ला भेटनरी कार्यालयका प्रमुख विनोद कठायतले भेटनरी कार्यालयबाट एकल महिला, दलित र जनजाती महिलाकालागि यो वर्ष ३७ लाख बजेट विनियोजन भएको जानकारी दिए ।

यस्तै कैलाली उद्योग वाणिज्य संघका सदस्य कृष्णा विष्टले कोशेली घरले उद्यमीले तयार पारेको सामाग्रीलाइ बजारीकरण गर्न सहयोग गर्दै आएको बताईन् । उनले व्यवसाय सञ्चालन गरेका महिलाहरुले आफूले उत्पादन गरेको सामाग्री कोशेली घरसम्म पुर्याईनपनि अनुरोध गरिन् । कार्यक्रमको समापन ओेरेक नेपालका सचिव संगीता अधिकारीले गरेका थिईन ।

‘महिलालाई आर्थिकरुपले शसक्त बनाउन उद्यमशीलता जरुरी छ’

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May