Newsroom

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन बैशाख, २०८०

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन बैशाख, २०८०

मिति : २०८० , बैशाख

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन बैशाख, २०८०

महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यमबाट घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकताका साथ केन्द्र, जिल्ला तथा परियोजना कार्यालयहरुमा तथ्याङ्क व्यवस्थापन गरि काम गर्दै आइरहेको छ । हरेक महिलना झै बैशाखमहिनामा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा समग्र तथ्याङ्कको ५४ प्रतिशत ८२ जनामा सबै भन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । महिलाहरु महिला भएकौ कारणले विभिन्न हिंसा खेप्न वाध्य भएका छन् । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोँच र सोही अनुरुप विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यो तथ्याङ्कबाट महिलाहरु घर परिवार जहाँ महिलाले धेरै सुरक्षा पाउनु पर्ने हो त्यस ठाँउमा नै बढी असुरक्षित भएको देखिएको छ । बैशाख महिनामा मात्र ओरेकले आफ्‌नो कार्यालयमा अभिलेखिकरण गरेका (१२३) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (२९) घटनाका आधारमा १५२ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण गरेको छ ।

क) हिंसाको प्रकार

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा बैशाख महिनामा ८२ वटा (५४ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २५ वटा (१८ प्रतिशत­­­) बलात्कारको तथ्याँक संकलन भएको छ भने १ वटा (१ प्रतिशत) सामुहिक बलात्कार, १ वटा (१ प्रतिशत) बलत्कारको प्रयास, १ वटा (१ प्रतिशत)  वैवाहिक बलात्कार र २ वटा (१ प्रतिशत) यौन दुर्व्यवहार संकलन भएको छ  । त्यसैगरी १४ वटा (९ प्रतिशत) सामाजिक हिंसाको घटना, ८ वटा हत्या ४ वटा हत्याको प्रयास (५,३ प्रतिशत) का घटना संकलन भएका छन् ।  २ वटा (३ प्रतिशत) आत्महत्या, २ (१ प्रतिशत) आत्महत्या प्रयासको र ३ वटा (२ प्रतिशत) साइवर अपराधका घटना संकलन भएको छ ।

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण

उमेरको आधारमा विश्लेषण गर्दा बैशाख महिनामा मात्रै सबैभन्दा धेरै ३९ जना (२६ प्रतिशत) २६ देखि ३५ वर्र्ष उमेर समुहका युवा महिलाहरु रहेका छन् । त्यसैगरी ३८ जना (२५ प्रतिशत) १८ देखि २५ वर्र्ष उमेर समूहका महिलाहरु हिंसामा रहेको पाइएको छ । त्यस्तै २६ जना (१७ प्रतिशत) १८ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, ३१ जना (२० प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, त्यस्तै ८ जना (५ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका महिलाहरु रहेका छन् भने ८ जना (५ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु हिंसामा परेकोे पाइएको छ ।

ग) प्रभावितको पीडकसँगको सम्बन्ध

प्रभावित र पीडकको सम्बन्धलाई बिश्लेषण गर्दा बैशाख महिनामा सबैभन्दा बढी ७१ वटा (४७ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने २४ वटा (१६ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यबाट भएको छ । ९ वटा (६ प्रतिशत) हिंसा छिमेकीबाट भएको छ । त्यस्तै २ वटा (१ प्रतिशत) हिंसा प्रेमिबाट, १४ वटा (९ प्रतिशत) हिंसाको घटना अपरिचित व्यक्तिबाट, १२ वटा (८ प्रतिशत) हिंसा साथिबाट, १० वटा (७ प्रतिशत) हिंसा समुदाय सदस्यबाट, र १—१ वटा (१,१ प्रतिशत) हिंसा अविवाहित तर सँगै बसेका व्यक्ति र सेवा प्रदायकबाट, १ वटा (१ प्रतिशत) हिसां शिक्षक बाट र ५ वटा (३ प्रतिशत)  सामान्य चिनजान व्यक्तिबाट भएको पाईएको छ ।

घ) पीडक र उमेर

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा बैशाख महिनामा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समुहका ४९ जना (२७ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ४८ जना (२७ प्रतिशत) २६ देखि ३५ वर्र्ष उमेर समुहका युवाहरु रहेका छन, ३० जना (१७ प्रतिशत) १८ देखि २५ वर्ष उमेर समुहका पुरुषहरु छन्। त्यस्तै १९ जना (११ प्रतिशत) ४६ देखि ५५ वष उमेर समुहका युवा तथा पुरुषहरु, १५ जना (८ प्रतिशत) ५५ वर्ष भन्दा माथि उमेर समुहका पुरुषहरु छन् र ५ जना (३ प्रतिशत) १८ वर्ष मुनिका किशोरहरु हिंसामा संलग्न भएको र १३ जना (७ प्रतिशत) उमेर समुह थाह नभएका तथ्याङ्क पाइएको छ ।

निश्कर्षः

तथ्याँकको आधारमा विश्लेषण गर्दा महिला हिंसा सबैभन्दा बढी संख्यामा आफ्‌नो घरमा नै बढी जोखिममा रहेको पाईएको छ । जहाँ घरपरिवारका सदस्य, आफ्‌नो श्रीमान्, आफन्त र आफु बस्ने समाजबाट हुने हिंसाले महिलाहरु जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गर्दछ । अर्थात महिलाहरुको लागि सुरक्षित स्थान छैन जहाँ हिंसा खेप्न नपरोस् । यो आफैमा चुनौतीपूर्ण विषय हो । त्यसकारण घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र यसका लागि स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुका साथै मानव अधिकारको सम्मान गर्न दिगो विकास र समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सकार पार्न महिला माथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्नु अत्यन्त आवश्यक छ ।

लुभराज न्यौपाने

कार्यकारी निर्देशक

Related Posts

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”)

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन्