Newsroom

मानवीय सहयातको क्षेत्रमा महिलाले नेतृत्व गरेको संस्थाहरु आफ्नो पहिचान दावी गर्दै

मानवीय सहयातको क्षेत्रमा महिलाले नेतृत्व गरेको संस्थाहरु आफ्नो पहिचान दावी गर्दै

मिति २०८१ असोज १० गते तदनुसार २६ सेप्टेम्बर, २०२४ मा महिला पुनस्र्थापना केन्द्र (ओरेक), नेपाल महिला एकता समाज र केयर नेपालको संयुक्त आयोजनामा “विद्यमान असमान शक्ति सम्बन्ध र मानविय सहायता क्षेत्रको विश्लेषण (Changing Narrative: Shifting Power – Analyzing Humanitarian Response from Women’s Perspective)” विषयक राष्ट्रिय स्तरको संवाद कार्यक्रम महिलाले नेतृत्व गरेको संस्थाको कामको मान्यता र पहिचान स्थापनाका लागि बहस निर्माण गर्ने तथा मानवीय सहायताकर्मीको परम्परागत भाष्यलाई विश्लेषण गर्दै महिलाले नेतृत्व गरेका संस्थामा शक्ति स्थानान्तरण गर्न सरोकारवालाको जवाफदेहीताको बारेमा बहस निर्माण गर्ने उद्देश्यका साथ काठमाण्डौमा सम्पन्न भयो ।

कार्यक्रममा ओरेकले महिलाले नेतृत्व गरेका संस्थाहरुको स्रोत माथिको पहुँचका लागि भएको संरचनात्मक अवरोध सम्बन्धि सर्वेक्षण मार्फत संकलन गरिएको तथ्यांक र नतिजाहरुको प्रस्तुतिकरण र यस विषयमा सरोकार राख्ने निकायका विषय विज्ञहरुसँगको प्यानल छलफल सञ्चालन गरिएको थियो जसमा जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव सन्ध्या सिग्देल, सशक्त आवाज महिला संस्था कैलालीका उपाध्यक्ष कृष्णी चौधरी, यु.एन विमेनका सहायक राष्ट्रिय प्रतिनिधी मेहताप टटर, र केयर नेपालका निभा शाक्य वक्ताको रपमा रहेका थिए ।

Related Posts

राज्यको कमजोर जवाफदेहीताका कारण निम्तिएको नागरिक निराशा प्रति गम्भिर ध्यानाकर्षण

हालैका दिनहरूमा देशभर बढ्दै गएका आत्मदाह र आत्मदाहका प्रयासका घटनाहरूले

बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON) मा भएको बाल यौन दूव्र्यवहार तथा हिंसाको घटनाप्रति गम्भीर ध्यानाकर्षण

बुढानिलकण्ठस्थित भक्ति वेदान्त गुरुकुल (ISKCON_) मा बालबालिकामाथि भएको शारीरिक, मानसिक