Newsroom

मासिक प्रतिवेदन असार–२०७६

मासिक प्रतिवेदन असार–२०७६

असार महिनामा मात्रै १२१ जना महिलामाथि हिंसा
महिलामाथि हुने हिंसाले महिलाको स्वतन्त्रता, मर्यादित र समाजमा आत्मसम्मान सहित बाँच्न पाउने अधिकार, समानताको अधिकार, यातना र भयमुक्त भई जीवन जिउन पाउने अधिकार जस्ता आधारभूत अधिकारहरू कुण्ठित गरेको छ । घरदेखि सार्वजनिक स्थलमा समेत बढिरहेका हिंसाका घटनाका तथ्याङ्कले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मान, परिवार  र अन्तत समाजमा प्रत्यक्ष असर पारेको छ । 

 विषयवस्तु 
ओरेक नेपालले असार महिनामा आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (८०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४१) तथ्याङ्कका आधारमा १२१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन भएको छ ।

क) हिंसाको प्रकार  
                                                                              
ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा असार महिनामा ५७ वटा (४७ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २७ वटा (२२ प्रतिशत) बलात्कार, १४ वटा (१२ प्रतिशत) सामाजिक हिंसाको घटना भएको पाइएको छ । यसरी नै १० वटा (८ प्रतिशत) हत्या, ६ वटा (५ प्रतिशत) यौन दूव्र्यवहार, ३ वटा (२ प्रतिशत) बलात्कारको प्रयास, २ वटा मानव बेचविखनका घटना, १ जना महिलाले लैंगिक विभेदका कारणले आत्महत्याको प्रयास गरेको घटना र १ जनालाई अनलाइन मार्फत हिंसा भएको तथ्याँक संकलन भएको छ ।

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण
      
उमेरको आधारमा विश्लेषण गर्दा असार महिनामा मात्रै सबैभन्दा धेरै ३७ जना (३१ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ३२ जना (२६ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् ।  यसैगरी २९ जना (२४ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, १० जना (८ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु हिंसाबाट प्रभावित रहेका छन् । 
ग) आरोपितको उमेरको आधारमा बर्गीकरण
     
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समुहका ३६ जना (३० प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ३० जना (२५ प्रतिशत) २६ देखि ३५ बर्ष उमेर समुहका  र २२ जना (१८ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरु हिंसामा संलग्न भएको पाइएको छ । 

घ) प्रभावित र आरोपितको सम्बन्ध
 
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ४८ वटा (४० प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने २१ वटा (१७ प्रतिशत) हिंसाका घटना छिमेकीबाट र १९ वटा (१६ प्रतिशत) परिवारका सदस्यवाट भएको पाइएको छ ।

निष्कर्ष 
तथ्याङ्ककलाई आधार मान्दा अघिल्लो महिनामा झँै महिलाहरु आफ्नो घरमा नै बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसैगरी ३५ वर्षभन्दा कम उमेर समुहका बालिका, किशोरी तथा महिलाहरु हिंसा बाट प्रभावित रहेको र १७ देखि ३५ वर्ष उमेर समुहका युवाहरु हिंसाको प्रमुख जिम्मेबार भएको पाइएको छ । यसले समाज परिवर्तनमा लाग्नुपर्ने युवाहरु नै हिंसाको लागि जिम्मेवार भइदिँदा समाज परिवर्तनसंगै देशको विकासमा बाधा पु¥याउने देखिन्छ । त्यसैले यसको प्रमुख कारणको खोजी र समाधानका उपायहरु सहित अगाडी बढ्न जरुरी छ ।

Related Posts

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख महिला

मुख्य विषयवस्तुः “स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र न्याय सुनिश्चित गर्न बहुआयामिक संकटका बेला स्वास्थ्य प्रणाली सुदृढीकरणः विकल्प होइन, अपरिहार्यता” (“Essential, Not Optional: Strengthening Health Systems to Uphold Health Rights and SRHRJ in Times of Polycrisis.”)

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस २०२६प्रेश विज्ञप्ती यौन तथा प्रजनन्