Newsroom

वायु प्रदूषण : महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित

वायु प्रदूषण : महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित

वायु प्रदूषण : महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर नै केही दिनयता बढेको वायु प्रदूषणले विशेषगरी महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

संवैधानिकरुपमा व्यवस्था भएको स्वस्थ वातावरण सबैको अधिकार व्यवहारमा सुनिश्चत गर्न सरकारसँग माग गरेका छन् ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले हिजो वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी वायु प्रदूषण नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।

हिजो अधिकारकर्मीहरूको टोलीले वनमन्त्री शाहीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।

काठमाण्डौका अस्पतालहरूमा देखिएको बिरामीको चापले पनि श्वासप्रश्वास सम्बन्धी आपत्कालीन घटनाहरूमा वृद्धिको सङ्केत गरेको उनीहरूको भनाइ छ ।

उनीहरूले वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल न्यूनीकरणका उपायहरू कार्यान्वयन गर्न माग गरेका छन् ।

त्यस्तै, अनुगमन संयन्त्रहरूलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमान्तकृत समुदायहरूमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, र शहरी हरियालीको विस्तार जस्ता दीर्घकालीन, दिगो समाधानहरूमा लगानी गर्नुपर्ने, वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्नुपर्ने तथा मानव अधिकार र पर्यावरणीय न्यायप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May